२४ कातिक, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका वडा नं. २० स्थित रुपैठामा हिन्दुहरुले मनाईरहेको छठ पर्वमा मुस्लिमहरुले अवरोध पुरयाएका छन ।
बिगत कैयो बर्षदेखि हिन्दुहरुले सो पोखरीमा छठ पर्व मनाउँदै आएपनि यस बर्ष भने स्थानीय मुस्लिम समुदायका केही ब्यक्तिले पोखरीको डिल नै कब्जा गरी छठ पूजा गर्नमा रोक लगाएको छ ।
स्थानीय छठ पूजा गर्ने ब्यक्तिहरुका अनुसार मुस्लिमहरुले कुनै पनि हालतमा आफुले कब्जा गरेको ठाउँमा छठ गर्न नदिने अडान लिएका छन भने छठ पूजा गर्नेहरु आफुले पोखरीको डिलमा छठ पूजा गर्न पाउनुपर्ने धारणा राखेका छन ।
त्यहाँ हिन्दु मुस्लिम बिच कुनै पनि बेला अप्रिय घटना घटन सक्ने भन्दै स्थानीय प्रशासनले बाक्लो सुरक्षाकर्मी तैनाथ गरेको छ । त्यहाँ बाटोको एकापट्टी मुस्लिमहरु र अर्को पटि पोखरीको डिलमा हिन्दुहरु बसिरहेको र बिच बाटोमा प्रहरीले छेकेर सुरक्षा दिइ रहेको छ । स्थानीय ब्रतालुका अनुसार छठ पूजाको समय नजिकिदै गर्दा समेत प्रहरी मुकदर्शक बनेर बस्न बाहेक केही गर्न सकेको छैन ।

यता, घटनास्थलमा डिएसपी सहितको टोली परिचालन गरिएको भएता पनि कुनै पनि बेला केही अप्रिय घटना हुन सक्ने र दङ्गा भड्किन सक्नेमा स्थानीयमा त्रास उत्पन्न भएको छ ।



यस घटनाको स्थानीय अनलाईन मिडियाले लाईभ समेत गरेको छ ।