प्रकाशित मिति ः २०७८।०४।०७ गते (२२ जुलाई,२०२१)
सेभ द चिल्ड्रेन र सामुदायिक परिवार कल्यांण सघ (CFWA) बर्दिवासको साझेदारीमा महोत्तरी जिल्लाको बर्दिबास र गौशाला नगरपालिकामा समुन्नती कार्यक्रम (Samunatti Program) को लागि १८ बर्ष पुरा भई ४५ बर्ष ननाघेका सम्बन्धित पदमा अनुभवी नेपाली नागरिकहरुबाट सुचना प्रकाशित मितिले ७ दिन भित्र तल उल्लेखित पदमा दरखास्त आव्हान गरिएको छ ।
पद ः कार्यक्रम सुपरभाईजर (Program Supervisor) – १ (एक) जना
योग्यता ः
- स्नातक तह उतिर्ण गरेको वा सो सरह उतिर्ण (शिक्षा संकाय बिषयमा स्नातक गरेकालाई बिशेष प्राथमिकता) ।
अनुभव ः - प्राारम्भिक बाल स्याहार तथा बिकास क्षेत्रमा कम्तिमा २ बर्षको कार्य अनुभव भएको ।
- कार्यक्रमको योजना तर्जुमा, कार्यवन्यन, अनुगमन तथा सुपरिवेक्षण गर्न सक्ने ।
- बालबिकास केन्द्र तथा शिक्षा सरोकारवालाहरुसंग समन्वय गर्न सक्ने ।
- समुदायमा बालबिकास उमेरसमुहका बालबालिकाहरुको आवश्यकता र रुची पहिचान गरि कार्यक्रम संचालन गर्ने क्षमता भएको ।
- समुदाय परिचालन तथा बालबालिकासंग काम गर्न सक्ने अनुभव भएको ।
- कम्प्यूटर (वर्ड, एक्सेल, पावरपवाईन्ट) र ईन्टरनेट सम्बन्धि राम्रो ज्ञान भएको ।
- अंग्रेजी र नेपालीमा बोल्न सक्ने तथा दुवै भाषामा प्रतिवेदन लेख्न सक्ने ।
- स्थानिय भाषाको राम्रो ज्ञान भएको ।
- कार्यालयका बिभिन्न तह तथा बिभागमा समन्वय र सहकार्य गर्न सक्ने ।
- फिल्डमा ७० प्रतिशत समय दिई कार्य सम्पादन गर्न सक्ने ।
- ३० प्रतिशत कार्यालय तथा ७० प्रतिशत फिल्ड (फिल्डमै बसेर काम गर्नुपर्ने ) ।
- मोटरसाईकल चालक अनुमति पत्र प्राप्त गरेको ।
दरखास्त साथ संलग्न गर्नु पर्ने आवश्यक कागजातहरु ः
आवश्यक कागजातहरु ः नेपाली नागरिकताको फोटोकपी, कम्तीमा २ जना सन्दर्भ ब्यक्तिहरुको नाम र सम्पर्क नम्बर सहितको ब्यक्तिगत विवरण Bio-Data, अनुभवको प्रमाणपत्र तथा शैक्षिक योग्यताको प्रमाण पत्रको फोटोकपी सहित प्रष्ट रुपमा पद उल्लेख गरिएको आवेदन ।
नोट ः संस्थाको पदपूर्ति समितिको निर्णय नै अन्तिम निर्णय हुनेछ । प्रारम्भीक छनौटमा परेका उम्मेदवारहरुलाई मात्र लिखित, मौखिक तथा प्रस्तुतिकरणको प्रकृयामा समावेश गराइनेछ । महिला, दलित, जनजाति, मधेशी, सिमान्तीकृत युवाहरु तथा स्थानीयहरुलाई प्राथमिकता दिईनेछ । निवेदक बालसंरक्षण नितिको पालना गर्ने तथा कुनै किसिमको यौन दुव्र्यवहार, हिंसा, शोषण, विभेद, बेवस्ता, बेचविखन आदी कार्यमा दोषी नभएको वा सजाय नभएको इमान्दार, निष्पक्ष र मेहनती व्यति हुनु पर्ने छ । कर्मचारी भर्ना सम्बन्धमा कसैको पक्षमा कुनै प्रकारको हस्तक्षेप वा दबाव आएमा उक्त व्यक्तिले पठाएको निवेदन स्वतःअमान्य हुनेछ ।
दरखास्त दिने अन्तिम मिति ः २०७८।४१।१३ गते (२८ जुलाई २०२१) साँझ ५ः०० बजे सम्म ।
आवेदन दिने ठेगानाः
इमेलः vacancy@cfwa.org.np
सामुदायिक परिवार कल्याण संघ(CFWA)को कार्यालय, बर्दिवास–१४, नवक्षितिज कलेज जाने बाटो ।