साउन ४, जनकपुरधाम । एसएम विद्यालय जनकपुरधाममा जनचेतना जगाउने अभिप्राय तथा बृक्ष प्राणवायु रहेको सन्देश दिन भन्दै बृक्षारोपण गरिएको छ ।

मैथिली विकास कोषका अध्यक्ष जिवनाथ चौधरीको जन्मोत्सवको अवसरमा विद्यालयमा बिभिन्न किसिमका बिरुवाहरु रोपी बृक्षारोपण गरिएको छ । बृक्षारोपण गर्दै अध्यक्ष चौधरीले बोटबिरुवाले प्राणवायु दिने र यसका साथै हरियाली रहने, वातावरण स्वच्छ र सफा रहने भन्दै यसको सँरक्षण र प्रवद्र्धनका निम्ति आफुले प्रत्येक बर्ष यसैगरी बृक्षारोपण गर्ने प्रतिबद्धता जनाएका छन ।
सो अवसरमा चौधरीले जानकी बृद्धाश्रम जनकपुरधाममा खाद्यान्न सामाग्री समेत सहयोग गरेका छन।
बृक्षारोपण कार्यक्रममा बिधालयका संचालक रामचन्द्र ठाकुर , प्र अ दिपक ठाकुर ,बन बिज्ञ गणेश राय, वृक्ष मानव सुरेश शर्मा, डा. सज्जन ठाकुर , वरिष्ठ मैथिलि कलाकार रमेस रन्जन झा , अभियानि दिपक चौधरी , जनकपुर युथ कल्ब्का पुर्व अध्यक्ष चन्दन राय, मनिष झा , लगायतको सहभागिता रहेको थियो ।