भिडियोमा हेर्न यहाँ क्लिक गर्नुहोस् ।
असार २७, जनकपुरधाम । सुजिता हत्या प्रकरणमा निकै प्रयास पछी आज प्रहरीले ठूलो सफलता हात पारेको छ । गाउकै नजिक रहेको पेट्रोल पम्पको छेउमा ससुरा पतिरामकै खेतमा निर्माणाधीन ट्वाइलेटको टंकीमा सुजिताको शव सरेगलेको अवस्था भेटीएको हो ।
प्रदेश प्रहरी , संघिय प्रहरी , जिल्ला प्रहरी र अभियन्ता सरोज रायको संयुक्त मेहनतको प्रतिफलमा यो ठूलो सफलता हाथ पारेको हो ।
प्रदेश प्रहरीका DSP ज्ञान कुमार महतो , संघिय प्रहरीका DSP छेदीलाल कामती ,टेक्निकल सपोर्टमा असई विशंभरनाथ र अभियन्ता रायको संयुक्त प्रयासमा सुजिताको शव खोजि गर्न सफल भएका हुन ।
सुजिताको शवको खोजतलास लगभग एक महिना देखि भइरहदा प्रहरीले असार १३ गते सुजिताको श्रीमानको खेतमा चार फिट गहीरो खाडल खन्दा कपाल , नुन, मलखाद , तन्ना र डोरी फेला पारेको भएपनी पुरै शव भेटाएका थिएन ।
यस अघि महोत्तरी जिल्ला भमरपुरा गाउँमा ससुराली रहेको सुजिता ठाकुरको हत्या जेठ २० गते भएको थियो । सुजिताको हत्या बारे उनकै ५ बर्षीय छोराले खुलाए पछी माइतीपक्ष र समाजिक अभियन्ता सरोज रायको दवावमा प्रहरीले खोज तलास शुरु गरेका थिए ।
त्यही दिन महोत्तरी प्रहरीले सुजिताको श्रीमान र देवर लाई पक्राउ गरेको थियो । बाकी रहेका सुजिताकी सासू ,ससुरा पतिराम र देवरानी रोमा भने अहिले पनि फरार रहेका छन । उनीहरु भारतको विहारमा लुकेर बसेको हुनसक्ने अशंका गरिएको छ ।
भिडियोमा हेर्न यहाँ क्लिक गर्नुहोस् ।