DETAILED JOB DESCRIPTION / REQUIREMENTS:
आवश्यकता सम्बन्धी सूचना
प्रकाशित मितिः २०७८। ०३ ।२३
जी.आई.जेड., जेड एफ. डी. को आर्थिक सहयोगमा यस समग्र जनउत्थान केन्द्र, लहानद्वारा लहान नगरपालिका र धनगढीमाई नगरपालिका अन्तर्गत सञ्चालित सम्वाद परियोजनाका लागि कर्मचारी (Local Professional) को आवश्यकता रहेको हुँदा आवश्यक शैक्षिक योग्यता पुगेका नेपाली नागरिकहरुलाई संस्थाको तल दिएको इमेल ठेगानामा आफ्नो बायोडाटा सहित ५ दिन भित्र निवेदन दिनुहुन अनुरोध गर्दछौं ।
न्यूनतम आवश्यकताहरु
१. स्नातकतह(सामाजिक विज्ञान, राजनैतिकशास्त्र, द्वन्द्वव्यवस्थापन, व्यवस्थापनआदि) वा सो सरह पास गरेको
२. गैर सरकारी संस्थामा कम्तिमा २ बर्षको कार्य अनुभव भएको (शान्तिनिर्माणको क्षेत्रमाकाम गरेकोलाई प्राथमिकता दिइनेछ )
३. परियोजना व्यवस्थापन (परियोजना प्रस्तावना तथा प्रतिवेदन लेखन आदि) मा अनुभव भएको
४. कम्प्यूटर सम्बन्धी ज्ञान, सीप र अनुभव भएको
५. अंग्रेजी लेख्न र बोल्न जान्नेलाई विशेष ग्राह्यता दिइने छ ।
६. स्थानीय, महिला, दलित, अल्पसंख्यक तथा पिछडिएका समुदायकालाई ग्राह्यता दिईनेछ ।
करार अवधिः हाललाई ६ महिना – जुलाईदेखि डिसेम्बरसम्म (पछि थपहुन सक्नेछ ।)
तलव सुविधाः संस्थाको नियमानुसार
दरखास्तको लागि इमेलः samagra.rights@gmail.com