बाबुले गरे छोरी र भतिजको हत्या

४ जेठ, चितवन । गत शुक्रबार बिहान दश बज्नै लागेको थियो । चितवनको भरतपुर महानगरपालिका वडा नं. २५ किसानचोक नजिकैको मदरल्याण्ड बोर्डिङ स्कुलमा बालबालिकाहरु जाने क्रम जारी थियो । त्यही स्कुलमा स्थानीय लिलाराज गिरीकी छोरी प्रभा र उनको दाजु दया गिरीको छोरा सजन पनि पढ्थे ।
विद्यालयबाट झण्डै ३५० मिटर टाढा घर भएका ४२ वर्षीय लिलाराजले हरेक दिनजसो छोरी प्रभा र भतिज सजनलाई स्कुटरमा राखेर स्कुल पुर्‍याउँथे । प्रभा र सजन दिदी–भाइ भएकाले खुब मिल्थे ।
शुक्रबारको दिन पनि सजन दिदीसँगै स्कुल जाने भनेर ड्रेस लगाएर काकाको घर आएका थिए । प्रभा स्कुल जानका लागि ड्रेस लगाउँदै थिइन् ।
तर त्यो दिन लिलाराजलाई के सनक चढ्यो कुन्नि सात वर्षकी छोरी प्रभा र पाँच वर्षका भतिज सजनलाई खुर्पाले घाँटीमा प्रहार गरे ।
स्थानीयका अनुसार सुरुमा लिलाराजले दाजुको छोरा सजनलाई घरको भुईं तलामा खुर्पा प्रहार गरे । बाबुले भाइलाई खुर्पाले आक्रमण गरेपछि प्रभा डरले चिच्चाउँदै रोएकी थिइन् । उनी चिच्याएपछि लिलाराजले लतार्दै माथिल्लो तलामा लगेर छोरी माथि पनि आक्रमण गरेको स्थानीय बताउँछन् । त्यसपछि आत्महत्या गर्ने प्रयासअनुसार उनले आफ्नो घाँटी पनि त्यही खुर्पाले रेटे ।
देवर लिलाराजको घरमा बच्चा चिच्याएको सुनेपछि सजनकी आमा दौडिंदै आएकी थिइन् । त्यतिबेलासम्म लिलाराजले ती अबोध छोराछोरीको ज्यान लिइसकेका थिए । लिलाराज र दयाको घरको दूरी एउटा घडेरीले मात्र छुट्याएको छ ।
त्यो दिन घरमा लिलाराज र छोरी मात्र थिए । लिलाराजकी श्रीमती बिमला ११ वर्षीय छोरा रेशमलालको उपचारका लागि अघिल्लो दिनदेखि भरतपुरको चितवन मेडिकल कलेजमा थिइन् । रेशमलाई बिहीबार नै अस्पताल भर्ना गरिएको थियो ।
शुक्रबार बिहान लिलाराजका दाजु दया गिरी भाइको छोरा रेशमलाई भेट्न अस्पताल आएर फर्किंदै थिए । उनले आफू अस्पतालबाट फर्किन ढिला हुनसक्ने भएकाले भाइ लिलाराजलाई छोरा सजनलाई पनि विद्यालय पुर्‍याइदिन भनेका थिए । दया घर पुग्दा भाइले छोरा सजनको हत्या गरिसकेका थिए । छोरी र आफू गम्भीर घाइते अवस्थामा थिए ।
दयाले आफ्नो एकमात्र छोरा सजन, भाइ लिलाराज र भाइकी छोरी प्रभालाई चितवन मेडिकल कलेजमा लगे । अस्पताल पुर्‍याउँदा सजनको मृत्यु भइसकेको थियो भने छोरी प्रभालाई पनि केहीबेरमै चिकित्सकले मृत घोषणा गरे । घाँटीमा गम्भीर चोट लागेर घाइते भएका लिलाराज भने अस्पतालमै उपचाररत छन् ।
चितवन प्रहरीले यो घटनाको अनुसन्धान जारी राखेको छ । चितवन प्रहरी प्रवक्ता डीएसपी रवीन्द्र खनालका अनुसार लिलाराज नेपाली सेनाका निवृत्त जमदार हुन् । उनले केही वर्षदेखि डिप्रेसनको औषधि खाइरहेको खुल्न आएको छ ।
‘चितवन मेडिकल कलेजमा ल्याइपुर्‍याउँदा लिलाराज बोल्न नसक्ने अवस्थामा तर होसमै थिए’ चितवन प्रहरी स्रोतले भन्यो, ‘उनले प्रहरीकै अगाडि आफू नेपाली सेनाको कर्तव्यनिष्ठ पूर्वजमदार भएको लेखेका थिए ।’
शोकमा विद्यालय बन्द
घर नजिकै रहेको मदरल्याण्ड विद्यालयमा दयाका छोरा सजन एलकेजीमा पढ्थे । उनले नर्सरी पनि त्यही विद्यालयमा पढेका थिए । लिलाराजकी छोरी प्रभा कक्षा एकमा पढ्थिन् । प्रभाका दाजु ११ वर्षका रेशमलाल भने कक्षा ४ मा पढ्छन् ।
विद्यालयका प्रिन्सिपल नवराज भट्टले विद्यालय नजिकै भएको त्रासदीपूर्ण घटनाले स्तब्ध भएको बताए । प्रिन्सिपल भट्टले भने, ‘एउटा बाबुले आफ्ना अवोध सन्तानमाथि यस्तो कसरी गर्न सक्छ ? म त केही सोच्न सकेको छैन ।’
विद्यालयमा प्रार्थना सकेपछि आफूले घटनाबारे थाहा पाएको उनले बताए । विद्यालय नजिकै भएकाले दौडिएर गएर हेर्दा आफ्नै स्कुलका बालबालिकालाई रगतको आहालमा देख्दा अति नै कष्ट भएको प्रिन्सिपल भट्ट बताउँछन् । ‘विद्यालयका शिक्षक/शिक्षिकाहरू सबै जना रोइरहनुभएको छ, आफूले पढाएका, काखमा खेलाएका बच्चाको हत्या भएको सुन्दा कस्तो भएको होला ?’ प्रिन्सिपल भट्ट भन्छन् ‘हिजोसम्म स्कुलमा नाचेका, खेलेका बच्चाहरु आज छैनन् भन्दा सम्हालिन सक्ने अवस्था रहेन । विद्यालयका बालबालिका, अभिभावक र शिक्षकहरु सबैलाई यसले ठूलो आघात पारेको छ ।’
उनले हत्या गरिएका दुई विद्यार्थीहरूको शोकमा आइतबार विद्यालय बन्द गरिएको जानकारी दिए ।
दया र लिला दुई दाजुभाइबीच झैझगडा वा मनमुटाव आफूले थाहा नपाएको प्रिन्सिपल भट्टले बताए । बिरामी भएर अस्पताल भर्ना भएका लिलाको छोरा रेशमलाई भेट्न दाजु दया जानु र भाइलाई आफ्नो छोरा सजनलाई पनि विद्यालय पुर्‍याइदिन भन्नुले पनि उनीहरूको सम्बन्ध ठिकै रहेको बुझिने प्रिन्सिपल भट्टको भनाइ छ । ‘केही भए पनि साना अवोध छोराछोरी माथि रिस पोख्ने कुरा सोच्न पनि सकिंदैन,’ भट्ट भन्छन् ।
अस्पतालमा छैनन् लिलाराजका कुरुवा
लिलाराज गिरी अस्पतालमा ।
आफ्नी छोरी र दाजुको छोराको हत्यापछि आत्महत्या प्रयास गरेका लिलाराजको चितवन मेडिकल कलेजको आईसीयूमा राखेर उपचार जारी छ ।
लिलाले दाजुको छोरा र आफ्नो छोरी दुवैलाई आफूले मारेको स्वीकार गरेको प्रहरीका एक अनुसन्धान अधिकृतले बताए । साथै उनले आफू पनि बाँच्न नचाहेको चिकित्सकहरुलाई बताउने गरेका छन् ।
उनको शुक्रबारै एउटा अप्रेसन गरिएको थियो । तर, उनको कुरुवा कोही पनि छैनन् ।
अस्पतालका सूचना अधिकारी पारस अधिकारीले आफन्तहरु कोही नहुँदा पनि प्रहरी र अस्पतालले नै उपचारमा सघाइरहेको बताए । ‘आफन्तहरू त अब यसलाई किन कुर्नुपर्‍यो भन्दै फर्किए । रगतको स्याम्पल पुर्‍याउन जानेदेखि सबै औषधि, औजारलगायतका सामान लिन जानेसम्म प्रहरी र अस्पतालले नै गर्दै आएको छ’, सूचना अधिकारी पारसले भने, ‘अस्पताल आएपछि उपचार गर्ने र बचाउने हाम्रो दायित्व हो, त्यो हामी गर्छौं ।’

Related posts:

लक्ष्मीनियामा एकल महिला सशक्तिकरण ¥याली सम्पन्न

सर्लाहीमा भुस बोकेको ट्रकबाट काजु बरामद

अमेरिकाको टेक्सासमा विनाशकारी बाढी : उद्धार कार्य जारी

खोलामा डुबेर दुई बालकको मृत्यु

धनुषामा ६ जना प्रहरी घाइते, ४ राउण्ड हवाई फायर

बारामा श्रीमतीको हत्या, श्रीमान् पक्राउ

पत्रकार पाठकविरुद्ध साइबर मुद्दा, असार २२ गते पेसी

लगातारको वर्षापछि धनगढी क्षेत्र जलमग्न

चिकित्सकको लापरबाहीले बालकको मृत्यु भएको भन्दै सिरहा अस्पताल तनाव

यी प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना

भारतको उत्तराखण्डमा पहिरोमा परी ९ जना मजदूर बेपत्ता

एसईई प्रदेशबाट गर्न सरकारको प्रस्ताव

जग्गामा महिलाको स्वामित्व बढ्दै

माओवादीको लडाइँ कर्मचारीतन्त्र र दलाल पुँजीवादविरुद्ध : प्रचण्ड

सेफ्टीट्यांकीमा डुबेर दुई बालबालिकाको मृत्यु

रवि लामिछानेलाई अन्याय नहोस् भनेर प्रयास गरिरहेको छु : प्रचण्ड

चर्चित कलाकार की श्रीमती आफ्नै घरमा मृत अवस्थामा

मधेश प्रदेशका एकल महिलाहरूको सशक्तिकरण परियोजना अन्तर्गत सर्वेक्षण रिपोर्ट साझा कार्यक्रम सम्पन्न ।

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

इरानमा रहेका तीन आणविक केन्द्रमा अमेरिकी आक्रमण

मध्यराति बाढीमा फसेको बसबाट यात्रुको सकुशल उद्धार

नेपालको ग्यास खबरले भारतीय मिडियामा हलचल : 'नेपाल मालामाल' हुने दाबी

सशक्त र परिणाममुखी भएर काम गर्छु: प्रमुख पाण्डे

डोनाल्ड ट्रम्पले गरे इरानमाथि आक्रमण गर्ने योजना स्वीकृत

त्रिदेशीय टी-२० आई शृंखला : नेपाल र नेदरल्याण्डस् आज खेल्दै

१ किलो सुनसहित भारतीय नागरिक पक्राउ

उच्चस्तरीय सुशासन आयोगको बैठक बस्दै

रवीन्द्र मिश्रलाई ३ लाख धरौटीमा छाड्न आदेश

मेयरको निर्देशनमा उपप्रमुखलाई कार्यालय पस्न अवरोध

थप ३६ देशका नागरिकलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउने राष्ट्रपति ट्रम्पको तयारी

कोशी,कमला र सप्तरीको खान्दो खोलाले सतर्कता तह पार गर्‍याे

विश्व टेस्ट च्याम्पियनशिपको ऐतिहासिक उपाधि दक्षिण अफ्रिकालाई

ठाउँठाउँमा पहिरो जाँदा राप्ती राजमार्ग अवरुद्ध

बालबालिका अझै श्रममा

अहमदाबादमा दुर्घटनाग्रस्त एयर इन्डियाको जहाजमा थिए २४२ यात्रु

तीनकुने घटना : थुनछेक बहस आज पनि जारी

आमाका नामबाट मात्र पनि नागरिकता दिइने

बदली र वर्षासँगै देशभर गर्मी कम हुँदै

दुर्गा प्रसाईंलाई थुनाबाहिरै राख्न इजलासमा भीमार्जुनसहित ६ वकिलको माग

पोखरामा युवकको शव फेला, घटना रहस्यमय

देशभरका कर्मचारी कालोपट्टी बाँधेर अनिश्चितकालीन आन्दोलनमा

पोखरीमा डुबेर २ जना बालकको ज्यान गयो

डेंगु संक्रमण फैलिँदै, अबका चार महिना अति जोखिमपूर्ण

माओवादी पदाधिकारी बैठक प्रचण्ड निवासमा

पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियारकी बुहारी पक्राउ

Leave a Reply

Your email address will not be published. Required fields are marked *