बदलिंदो जीवनशैली र खानपानका कारण अहिले बालबालिकादेखि वृद्धसम्मलाई उच्च रक्तचापको समस्याले सताइरहेको छ । उच्च रक्तचापले हृदयघात र स्ट्रोक निम्त्याउन सक्छ ।

यसलाई नियन्त्रण गर्न औषधिको सेवन गर्ने सल्लाह चिकित्सकले दिने गर्छन् । तर के औषधिबिना पनि रक्तचाप नियन्त्रण गर्न सकिन्छ ?

सामान्य अवस्थामा माथिको सिस्टोलिक ब्लड प्रेसर १२० र तलको डायस्टोनिक ब्लडप्रेसर ८० हुनुपर्छ । तर माथिको प्रेसर १३० वा १४० र तलको प्रेसर ९० पुगेको छ भने त्यो प्रेसर बढेको भयो । यस्तो अवस्थामा उच्च रक्तचापले कुनै अंगलाई असर गरेको छ कि छैन भनेर हेरिन्छ । मुख्यतया मुटु, मिर्गौला र आँखामा असर गरेको छ कि छैन भनेर हेरिन्छ ।

उच्च रक्तचापले कुनै अंगलाई असर गरेको छैन र खराब जीवनशैली तथा मोटोपनको कारण समस्या देखा परेको छ भने औषधिबिना पनि नियन्त्रण गर्न सकिन्छ ।

औषधिबिना पनि उच्च रक्तचाप नियन्त्रण गर्न सकिन्छ

सबैभन्दा पहिले त प्रेसर बढ्नुको कारण पत्ता लगाएर त्यसको उपचार गरेपछि यो नियन्त्रण हुनसक्छ । जस्तो मोटोपनको कारण रक्तचाप बढेको छ भने त्यसलाई नियन्त्रण गर्नुपर्‍यो । कुनै पेन किलर वा अन्य औषधिको कारण प्रेसर बढेको हो भने त्यसलाई परिवर्तन गरेर प्रेसर नियन्त्रण गर्न सकिन्छ ।

कसैलाई घुर्ने समस्याका कारण प्रेसर बढेको छ भने त्यसको उपचार गर्नुपर्‍यो । तनावले प्रेसर बढेको हो भने तनावलाई नियन्त्रण गर्नुपर्छ । कुनै महिलालाई पीसीओडीको कारण रक्तचाप बढेको हो भने त्यसको उपचार गरेर पनि नियन्त्रण हुनसक्छ ।

यदि उच्च रक्तचापका कारण मुटु, मिर्गौला, आँखा लगायत अंगहरुमा असर पुगेको छ र माथिको प्रेसर १५० वा १६० भन्दा माथि छ, तलको १०० भन्दा माथि छ भने त्यस्तो अवस्थामा भने औषधिबिना नियन्त्रण नहुन पनि सक्छ । यस्तो अवस्थामा औषधि खानैपर्छ ।

प्राकृतिक तरिकाबाट नियन्त्रणमा राख्न सकिन्छ उच्च रक्तचाप

उच्च रक्तचापको औषधि सेवन गरिरहेका व्यक्तिको केही कुरामा ध्यान दिएर प्रेसरलाई नियन्त्रणमा राख्ने र औषधिको डोज कम गर्न र छोड्न पनि सक्छन् ।

रक्तचाप नियन्त्रणमा राख्न आफ्नो तौललाई नियन्त्रणमा राख्नुपर्छ । जति जति तौल बढ्छ, उत्ति नै मुटुलाई रगत पम्प गर्न गाह्रो हुन्छ । यसको सोझो नतिजा रक्तचापको रुपमा देखापर्छ । आफ्नो उचाईअनुसार सही तौल हुनुपर्छ । त्यस्तोमा केही मात्रामा प्रेसर बढ्दैमा प्रेसरको औषधि सुरु गरिहाल्नुपर्दैन ।

रक्तचाप नियन्त्रण गर्न खानपानमा पनि विशेष ध्यान दिनुपर्छ । जंकफुड, फास्टफुडको सेवन कम गर्नुपर्छ । धेरै गुलियो खानाबाट बच्नुपर्छ र खानामा नुनको मात्रा कम हुनुपर्छ । घरमै बनाइएको स्वस्थकर खानेकुरा खानुपर्छ । खानामा सम्पूर्ण अन्न, फलफूल, सागसब्जी, कम बोसोयुक्त दुग्धजन्य पदार्थ, मासु, माछा र नट समावेश गर्नुपर्छ ।

हरेक दिन आधादेखि एक घण्टासम्म व्यायामले उच्च रक्तचाप कम गर्न मद्दत गर्छ । शारीरिक गतिविधि मुटुको स्वास्थ्यका लागि राम्रो मानिन्छ । व्यायामले समग्र स्वास्थ्यलाई फाइदा पुर्‍याएर गम्भीर रोगको जोखिम कम गर्छ ।

उच्च रक्तचाप नियन्त्रण गर्न रक्सी र चुरोटको सेवन पनि गर्नु हुँदैन । चुरोटले उच्च रक्तचापबाट पीडित व्यक्तिमा हृदयघात र स्ट्रोकको जोखिम बढाउँछ । धुम्रपान र मद्यपान त्याग्दा रक्तचाप नियन्त्रण गर्न सकिन्छ ।

समय-समयमा रक्तचाप जाँच गर्नु पनि धेरै महत्त्वपूर्ण छ । यसले औषधि र जीवनशैली परिवर्तनले सही प्रभाव पारिरहेको छ कि छैन भनी देखाउँछ ।

उच्च रक्तचापको औषधि सेवन गरिरहेकाले छोड्न मिल्छ ?

उच्च रक्तचापको औषधि सेवन गरिरहेकाहरुले जीवनभर औषधि खानैपर्छ ? भन्ने प्रश्न धेरैको मनमा हुन्छ । यदि उच्च रक्तचापको कारण मुटु, मिर्गौला र आँखा लगायतका अंगमा असर गरेको छैन, औषधि सेवन गरिरहँदा प्रेसर माथि १२० र तल ८० भन्दा कम भइरहेको छ भने बिस्तारै औषधिको डोज कम गर्दै चिकित्सकको निगरानीमा औषधि छोड्न पनि सकिन्छ ।

औषधि छोडपछि पनि बेलाबेलामा प्रेसर जाँच गर्नुपर्छ र चिकित्सकको निगरानीमा बस्नुपर्छ । औषधि बन्द गरेर चिकित्सकको निगरानीमा नबस्दा समस्या फेरि बढ्न सक्छ ।

Related posts:

चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड, सुनको भाउ १४ सय बढ्यो

एकल महिलाको अधिकारका लागी सहयोग परियोजनाको सफल सम्पन्नता र हस्तान्तरण

मिर्गौला बेच्ने गिरोहका नाइके पक्राउ

पत्ता लागेन अहिलेसम्म वीरगन्जमा हैजाको कारण

डा. केसीद्वारा गेटा मेडिकल कलेजमा सत्याग्रह शुरू

सीमानाकामा हुने अवैध चोरीपैठारी रोक्न गृहमन्त्रीकाे निर्देशन

वीरगन्जमा हैजाको संक्रमण , ७१ जनामा पुष्टि

एकल महिलाहरु द्वारा सामाजिक अधिकारको माग गर्दै रैली

जिल्ला प्रशासन कार्यालय अगाडि पत्रकारहरुको धर्ना

दलान नेपालको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

२० वर्षमुनिको महिला एशियन कप छनोटमा नेपाल र साउदी अरब खेल्दै

नेपाली युवालाई भारत पुर्‍याई मिर्गौला निकाल्ने गिरोहका ४ जना पक्राउ

जीवित रहन सके, एकचोटि फेरि नयाँ विद्रोह गर्छु: दाहाल

वैदेशिक रोजगारीमा गएका १५ सयले ज्यान गुमाए

भारतमा बस र ट्रक आपसमा ठोक्किँदा १८ बोलबम तीर्थयात्रीको मृत्यु

रुसमा यात्रुवाहक विमान सम्पर्कविहीन

धनुषामा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर किसानको मृत्यु

देशका ५ वटा सडक पूर्ण अवरुद्ध (सूचीसहित)

धनुषाको तुलसी केन्द्रमा ७५ मिलिमिटर वर्षा मापन

बिहीबारदेखि धरहरा दैनिक १२ घण्टा खुल्ने

सुनसरीमा मध्यरातमा किशोरीको गोली हानी हत्या

मधेश प्रदेशमा खडेरी करीब ३४ प्रतिशत मात्रै धान रोपाइँ

लक्ष्मीनियामा एकल महिला सशक्तिकरण ¥याली सम्पन्न

सर्लाहीमा भुस बोकेको ट्रकबाट काजु बरामद

अमेरिकाको टेक्सासमा विनाशकारी बाढी : उद्धार कार्य जारी

खोलामा डुबेर दुई बालकको मृत्यु

धनुषामा ६ जना प्रहरी घाइते, ४ राउण्ड हवाई फायर

बारामा श्रीमतीको हत्या, श्रीमान् पक्राउ

पत्रकार पाठकविरुद्ध साइबर मुद्दा, असार २२ गते पेसी

लगातारको वर्षापछि धनगढी क्षेत्र जलमग्न

चिकित्सकको लापरबाहीले बालकको मृत्यु भएको भन्दै सिरहा अस्पताल तनाव

यी प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना

भारतको उत्तराखण्डमा पहिरोमा परी ९ जना मजदूर बेपत्ता

एसईई प्रदेशबाट गर्न सरकारको प्रस्ताव

जग्गामा महिलाको स्वामित्व बढ्दै

माओवादीको लडाइँ कर्मचारीतन्त्र र दलाल पुँजीवादविरुद्ध : प्रचण्ड

सेफ्टीट्यांकीमा डुबेर दुई बालबालिकाको मृत्यु

रवि लामिछानेलाई अन्याय नहोस् भनेर प्रयास गरिरहेको छु : प्रचण्ड

चर्चित कलाकार की श्रीमती आफ्नै घरमा मृत अवस्थामा

मधेश प्रदेशका एकल महिलाहरूको सशक्तिकरण परियोजना अन्तर्गत सर्वेक्षण रिपोर्ट साझा कार्यक्रम सम्पन्न ।

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

इरानमा रहेका तीन आणविक केन्द्रमा अमेरिकी आक्रमण

मध्यराति बाढीमा फसेको बसबाट यात्रुको सकुशल उद्धार

नेपालको ग्यास खबरले भारतीय मिडियामा हलचल : 'नेपाल मालामाल' हुने दाबी

सशक्त र परिणाममुखी भएर काम गर्छु: प्रमुख पाण्डे

Leave a Reply