१५ असोज, जनकपुरधाम । सप्तरीको मलेठमा ५ जनाको हत्या भएको घटनाको ६ बर्षपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सप्तरीमा भव्य स्वागत गरिएको छ ।
शनिबार जिल्लाको कंचनरुप नगरपालिकामा आयोजना गरिएको आमसभालाई सम्बोधन गर्न ओली यहाँ आएका हुन् ।
यसअघि २३ फागुन २०७३ मा एमालेको मेची महाकाली अभियान अन्तर्गतको कार्यक्रमका लागि ओली सप्तरी आएका थिए । मलेठस्थित औद्योगिक क्षेत्रमा एमालेले अभियानको कार्यक्रम गर्न खोज्दा तत्कालिन मधेशी मोर्चाले अवरोध गरेको थियो ।
मोर्चाको अवरोधकाबीच एमालेले कार्यक्रम गरेको थियो । एमाले र मधेशी मोर्चाका कार्यकर्ताबीचको सम्भावित झडप रोक्न खटिएको प्रहरीले संयमित भएर सुरक्षा दिन नसक्दा गोली चलाउँदा ५ जनाको मृत्यु भएको थियो ।
कुर्ता पाइजामा लगाएर आएका ओलीले घाँटीमा गमछा बेरेर मधेशीको रुप धारण गरेको देखिएको थियो । आमसभामा बिभिन्न पार्टीका नेताहरु प्रवेश गर्ने कार्यक्रम समेत रहेको एमाले, सप्तरीले जनाएको छ ।