ज्ञानु नामले चिर परिचित ज्ञानेन्द्र झा अहिले युवा राजनीतिमा संघर्षशिल युवाहरुको माझ लोकप्रिय युवा नेताको रुपमा स्थापित भएका एक सच्चा सिपाहीको रुपमा चिनिन्छन । महोत्तरीको औरही नगरपलिका –४ कबिलासामा एक किसान परिवारमा उनको जन्म भएको हो । बि.सं. २०४० सालमा बुवा बिन्देशवर झा र आमा लालदाइ देवीको कोखबाट जन्मिएका ज्ञानु सात सन्तान मध्येका कान्छा छोरा हुन । उनको पाँच भाइ मध्ये दुई जना दाई शिक्षण र एक दाई गाउँमै किसान पेशा सङ्ग आबद्ध छन् । बाल्यकाल देखि नै सेवाभाव माथि बिश्वास गर्ने उनी आफ्ना अग्रजहरुलाई सधै सम्मानको व्यवहार गर्ने गर्छन । सानै उमेर देखि युवाहरुको माझ आफुलाई एक असल नेतृत्वदायी भुमिकामा अगाडि बढाउदै आएका छन ।

विधालय स्तरको शिक्षा स्थानिय मावि बाट सफलता पुर्वक उतिर्ण गरी उच्च शिक्षा हासिल गर्न जनकपुरधाम आएका ज्ञानुको औैपचारिक रुपमा राजनीतिको शुरुवात पनि यहीबाटै थालनी भएको थियो । जनकपुरधामको प्रतिष्ठित क्याम्पस रा रा ब मा अध्ययनको क्रममा बिद्यार्थीको माझ अत्यन्तै लोकप्रिय मानिन्थे । बिद्यार्थी हकहितको लागि सधै तल्लिन रहने ज्ञानु प्रखर वक्ताको रुपमा स्थापित हुन थाले । व्यवस्थापन संकायमा स्नातकोत्तर सम्मको शिक्षा हासिल गरेका उनी जनकपुरधाममा बिधमान शिक्षा माफियाको विरुद्धमा ठुलै अभियान चलाए र यसै क्रममा पट्क पट्क पक्राउ परे । यसरी तात्कालिन समयमा युवा बिद्यार्थीको माझमा आफ्नो अलग छाप छोडन सफल भए ।

२०६२–६३ को जन आन्दोलन र तत्पश्चात भएको मधेश आन्दोलनहरुमा युवा बिधार्थीको साथ लिइ आन्दोलनमा अग्रणी भुमिका निर्वाह गरेका थिए । यसरी उनमा देखिएको नेतृत्व क्षमताबाट प्रभावित भइ तात्कालिन समयमा अनेकौ पार्टी र केन्द्रिय नेत्री स्तर बाट आफ्नो पार्टीमा ल्याउन अथक प्रयास गरेपनि उनी मधेसबाद बाट प्रभावित रहेको हुँदा सरदसिह भण्डारीको साथ रोजे र राष्ट्रिय बिद्यार्थी संघको केन्द्रीय अध्यक्ष बन्न पुगे । सरदसिह भण्डारी आफैमा स्वच्छ छविको नेता भएका कारण पनि ज्ञानुलाई भण्डारी प्रतिको आकर्षण भएको बुझाई छ । तात्कालिन समयमा राजपाको केन्द्रिय सदस्य रहेका उनी धनुषाको जिल्ला अध्यक्ष हुँदै जसपाको केन्द्रीय सदस्य र हाल लोसपा नेपालको केन्द्रिय सदस्यको रुपमा राजनीतिमा आफ्नो स्थान बनाउँदै लगे । कुनै पार्टी सङ्ग बैर नभएका ज्ञानुलाइ हरेक राजनितीज्ञ सङ्ग त्यतिकै नजिक मानिन्छन तर मधेसका मुद्धा र भ्रष्टाचार संगै समाजको हकहित विरुद्ध कसै सङ्ग सम्झौता नगर्ने अठोट लिएका छन ।

कुनै राजनितिक पदको अवसर नपाए पनि समाजसेवा र हकहितको भावना बोकेर ज्ञानुले पटक पटक स्वास्थ शिविर र कोरोना कालमा पनि जनता बिच रहेर सक्दो सहयोग गरेका थिए ।

ज्ञानु बिगतको मधेस आन्दोलनको लागि संघर्ष गर्दै आएका र सक्रिय भुमिकामा रहेकाले जनताको लोकप्रिय र मन मस्तिष्कमा रहन सफल भएका छन । ज्ञानुको इमानदारिता, लगनशीलता र मधेसको राजनीतिक मुहार फेर्न सक्ने क्षमतावान व्यक्तित्वको रुपमा चिनिएकै कारण उनी जनता सामु लोकप्रिय छन । उनी राजनीतिलाई सेवाको रुपमा लिएर जनताको सेवा नै सर्वोपरि हुन भन्ने बिचार राख्ने गरेका छन् । समाजको बिकृती र कुरिती लाई सधैको लागि अन्त्य गरी एउटा असल र शिक्षित सामाजको निर्माण गर्ने भनी प्रष्ट्याउने गरेका छन् । मधेसीको अधिकार पुर्ण रुपमा प्राप्त नहुन्जेल सम्म आफू जीवनभर लडाइ जारी राख्ने स्पष्ट कुरा राख्ने मधेसको सच्चा सिपाहीको रुपमा चिनिन्छन ज्ञानु ।

यसरी युवा वर्गमा अलग पहिचान बनाउन सफल मधेस आन्दोलनका अगुवा युवा राजनितीमा आफ्नो नेतृत्वकारी भुमिका निर्वाह गर्दै आएका क्रान्तिकारी योद्धा ज्ञानेन्द्र झा “ज्ञानु“ लाई लोसपा नेपालको तर्फबाट महोत्तरी –४ (क) बाट प्रत्यक्ष तर्फ प्रदेश सभाको लागि नाम सिफारिस गरिएको छ । यसरी उक्त क्षेत्रबाट नाम सिफारिस गरिएका मध्ये ज्ञानु सबै भन्दा अवल मानिएको लोसपा नेपालका स्थानीय नेता तथा कार्यकर्ताहरुले बताउने गरेका छन । उनी प्रत्यक्ष निर्वाचनबाट निर्वाचित भएर आए मधेस तथा स्थानिय क्षेत्रको स्वरुप फेर्न सक्ने आँटिलो र सक्षम व्यक्तिको रुपमा रहेका छन । भ्रष्टाचार लाई न्युनिकरण गरी मधेस प्रदेशको बिकासमा अहम योगदान दिने अठोट लिएको बताउने गरेका छन ।
