Post Views: 484
११ साउन, चितवन । भरतपुर महानगरपालिकाका किशोरीलाई मङ्गलबारदेखि एचभीपी खोप लगाउन सुरु गरिएको छ ।
पाठेघरको मुखको क्यान्सरविरुद्ध लगाइने ह्युमन प्यापिलोमा भाइरस (एचभीपी) खोप ११ देखि १३ वर्ष उमेर समूहका किशोरीलाई लगाइन्छ ।
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा एक कार्यक्रमको आयोजना गरी वडा नं ७ बाट खोपको शुभारम्भ गरिएको छ । यो खोप क्यान्सर अस्पतालमै लगाइनेछ ।
कार्यक्रमको उद्घाटन गर्दै भरतपुर–७ का अध्यक्ष राजेन्द्रमणि काफ्लेले यो खोप लगाउनु पाउनु नै ठूलो कुरा भएको बताए । धेरै प्रयासपछि खोप ल्याइएको भन्दै उहाँले यो उमेर समूहका सबैले खोप लगाउन आग्रह गरे ।
कार्यक्रममा अस्पतालका निमित्त कार्यकारी निर्देशक डा कृष्णसागर शर्माले पहिलो चरणमा माडी नगरपालिकाका ६९९ किशोरीलाई यो खोप लगाइएको जानकारी दिए।
अस्पतालले १२ हजार खोप ल्याएको जानकारी दिँदै उनले वडा नं ७ का किशोरीलाई लगाइसकेपछि जिल्लाभरका सरकारी विद्यालयका किशोरीलाई अभियानका रुपमा लगाइने बताए । उनका अनुसार साउन २७ देखि ३१ गतेसम्म जिल्लाभर खोप अभियान सञ्चालन गरिनेछ ।
क्यान्सर अस्पतालले जिल्लाका ११ देखि १३ वर्ष उमेर समूहका छ हजार किशोरीलाई यो खोप लगाउँदैछ । डा शर्माले १२ हजार खोप आएको जानकारी दिँदै एक जनालाई छ महिनाको फरकमा दुई पटक खोप दिनुपर्ने बताए ।
यो एचभीपी खोप लगाएपछि भाइरसको संक्रमणबाट बचाउँछ । यो खोपले पाठेघरको मुखको क्यान्सरको मात्र नभई यौनीको क्यान्सर, मलद्वारको क्यान्सर, मुखको क्यान्सरबाट समेत बचाउँछ ।
विश्वका धेरै देशमा लगाइएको यो खोपको खासै साइड इफेक्ट छैन । कसैकसैलाई यो खोप लगाएपछि ज्वरो आउने, टाउको दुख्ने, एलर्जी हुने लक्षण देखा पर्नसक्ने चिकित्सकले बताएका छन् ।
धेरै जनासँग असुरक्षित यौन सम्पर्क गरेमा, सानै उमेरमा विवाह भएमा वा सानै उमेरदेखि यौनजन्य क्रियामा सहभागी भएमा, सानै उमेरमा बच्चा जन्माएमा, धेरै बच्चा जन्माएमा, पटकपटक गर्भपतन गराएमा, धुमपान गरेमा, लामो समयसम्म हर्मोनयुक्त परिवार नियोजनका साधन प्रयोग गरेमा पाठेघरको मुखको क्यान्सर हुनसक्ने विज्ञले बताएका छन् ।
एक अध्ययनले पाठेघरको मुखको क्यान्सर एचभीपी खोप लगाउँदा ९० प्रतिशत जतिले घटाउने देखाएको छ । यो क्यान्सर विश्वभरका महिलामा धेरै लाग्नेमा चौथो नम्बरमा पर्छ र यसले हरेक वर्ष तीन लाख महिलाको ज्यान जाने गरेको छ ।
Related posts:
थप ३६ देशका नागरिकलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउने राष्ट्रपति ट्रम्पको तयारी
कोशी,कमला र सप्तरीको खान्दो खोलाले सतर्कता तह पार गर्याे
विश्व टेस्ट च्याम्पियनशिपको ऐतिहासिक उपाधि दक्षिण अफ्रिकालाई
ठाउँठाउँमा पहिरो जाँदा राप्ती राजमार्ग अवरुद्ध
अहमदाबादमा दुर्घटनाग्रस्त एयर इन्डियाको जहाजमा थिए २४२ यात्रु
तीनकुने घटना : थुनछेक बहस आज पनि जारी
आमाका नामबाट मात्र पनि नागरिकता दिइने
बदली र वर्षासँगै देशभर गर्मी कम हुँदै
दुर्गा प्रसाईंलाई थुनाबाहिरै राख्न इजलासमा भीमार्जुनसहित ६ वकिलको माग
पोखरामा युवकको शव फेला, घटना रहस्यमय
देशभरका कर्मचारी कालोपट्टी बाँधेर अनिश्चितकालीन आन्दोलनमा
पोखरीमा डुबेर २ जना बालकको ज्यान गयो
डेंगु संक्रमण फैलिँदै, अबका चार महिना अति जोखिमपूर्ण
माओवादी पदाधिकारी बैठक प्रचण्ड निवासमा
पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियारकी बुहारी पक्राउ
राजावादीहरुको आन्दोलन रोकिए नेताहरुको अंगरक्षक पुनः खटाइनेछ
महानगरमा शक्तिहीन बने बालेनः न कार्यपालिका साथमा, न नगर प्रहरी हातमा
सदनको अवरोध हटाउन सभामुख छलफलमा
पुल बेचेको आरोपमा रोशी गाउँपालिका-७ का वडाअध्यक्ष पक्राउ
यातायात बन्द गराएको आरोपमा १४ जना पक्राउ
नक्सालमा राजावादी र प्रहरीबिच धकेलाधकेल
कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राय पक्राउ
आज विश्व धूमपानरहित दिवस क्यान्सरको जोखिमबाट जोगिन सल्लाह
संसद्को अवरोध विषयमा सभामुखले बोलाए सचेतकहरूको बैठक
खुँडा र ढालसहित एमालेको प्रदर्शन
भारतमा कोरोनाबाट १२ जनाको मृत्यु, ४ नयाँ भेरियन्ट पुष्टि
तीनवटा मोबाइल चलाउँथे भट्टराई , एउटा मोबाइल सेटिङमा मात्रै प्रयोग
सामान्य प्रशासन मन्त्रालयमा कर्मचारीको धर्ना
दुई करोड रुपैयाँको तरबुजा बिक्री
रामेछापमा एम्बुलेन्स दुर्घटना : तीनजना घाइते, दुई गम्भीर
गाजामा भोकमरीले ज्यान गुमाउँदै हजारौं शिशुहरू
नवनियुक्त गभर्नर पौडेलद्वारा शपथ एवम पदभार ग्रहण
प्रधानमन्त्रीलाई भाग्न बाध्य पार्ने गरी आन्दोलन चर्काउने लिङ्देनको भनाइ
कोशी प्रदेशका ४ सांसद चढेको गाडी दुर्घटना
बाबुले गरे छोरी र भतिजको हत्या
मर्निङवाकमा निस्किएका दुई महिलाको कारको ठक्करबाट मृत्यु
मरेको खसीको मासु बेचेको आरोपमा पोखराबाट २ जना पक्राउ
उमेरहदमा अड्कियो निजामती विधेयक
उपत्यका विकास प्राधिकरणका सब-इन्जिनियरविरुद्ध साढे ३ करोड भ्रष्टाचार मुद्दा
कर्पोरेसनले भन्यो- चाहिनेजति तेल छ, नआत्तिनू
निजी स्कुलको बसमा आगलागी, विद्यार्थी सकुशल
गुड्दा गुड्दै जमिनमुनि गाडी गायब, भूगर्भविद्ले थाले अध्ययन
रौतहटको सुधार केन्द्रमा एक व्यक्तिमाथि निर्घात कुटपिट, प्रहरीले थाल्यो अनुसन्धान