धोकापूर्ण सहमति भएको भन्दै विद्यालय कर्मचारी परिषद्ले गर्‍यो नयाँ आन्दोलन घोषणा

१९ वैशाख, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र नेपाल शिक्षक महासङ्घबीच भएको ९ बुँदे सहमतिप्रति असन्तुष्टि जनाउँदै नेपाल विद्यालय कर्मचारी परिषद्ले आन्दोलनको घोषणा गरेको छ ।
काठमाडौंमा २७ दिनदेखि जारी आन्दोलनपछि शिक्षा मन्त्रालय र महासङ्घका पदाधिकारी वैशाख १७ गते ९ बुँदे सहमति भएसँगै आन्दोलन स्थगित गरिएको छ । तर विद्यालय कर्मचारी परिषद्ले विभिन्न शिक्षक संस्थाका अध्यक्षहरूलाई मुकदर्शक बनाएर गरिएको धोकापूर्ण वार्ता गरिएको भन्दै विरोध जनाएको छ ।
परिषद्ले महासङ्घ र सरकारलाई बुझाएको संस्थागत धारणाको मर्मअनुरूप विपरीत हुनेगरी तथा विद्यालय कर्मचारीको अल्पमतलाई पूर्णरूपमा बेवास्ता गर्दे एकलौटी गरेको आरोप लगाएको छ ।
पत्रकार सम्मेलनमा नेपाल विद्यालय कर्मचारी परिषद्का महासचिव शान्तिनाथ योगीले परिषद्ले महासङ्घको नेतृत्वले विद्यालय कर्मचारीलाई सडकमै बिना सूचना छाडिदिएको भन्दै आपत्ति जनाए ।
निजामती सरहको ग्रेड मिलान, स्थायी र सबै प्रकारका शिक्षकहरूका लागि दुर्गम भत्ता प्राप्त गर्ने, मर्यादाक्रममा शिक्षकलाई राख्ने, निमावि प्रथम श्रेणीका शिक्षकको तलब ग्रेड मावि द्वितीय श्रेणीको शिक्षक सरह हुने लगायतका सेवा सुविधाजन्य गतिविधिमा समस्या रहेको परिषद्ले जनाएको छ ।
विद्यालय कर्मचारी परिषद्ले शिक्षक कर्मचारीबीचको विभेद अन्त्य गर्नुपर्ने, हालसम्मका सहमतिहरू कार्यान्वयन गर्नुपर्ने, विद्यालय कर्मचारीको बिरामी बिदा सञ्चित गराउनुपर्ने, तलबमान कायम गराउनुपर्ने, विद्यालय कर्मचारीलाई पनि दुर्गम भत्ता उपलब्ध गराउनुपर्ने, तोकिएको समयमै शिक्षा ऐन जारी गराउनुपर्ने र सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्नुपर्ने माग राखेको छ ।
विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गंगाराम तिवारीले शिक्षक महासङ्घले विद्यालय कर्मचारीको सेवा सुविधालाई बेवास्ता गरेर आफ्ना ग्रेड समायोजन र दुर्गम भत्ताको कुरा ल्याएको बताए । उनले सरकार र महासङ्घबीच भएको एकलौटी सहमतिलाई कदापि स्वीकार नगर्ने चेतावनी दिए ।
‘उहाँहरूले एक लाख तलब पाउनुस्, हामीलाई आपत्ति छैन । हाम्रो सेवा सुविधालाई लात हानेर आफ्ना ग्रेड समायोजन गर्ने, दुर्गम भत्ताका कुरा ल्याउने, त्यो पनि कहीँ हुन्छ । यो हामी कदापि मान्दैनौँ,’ उनले भने ।
उनले विगतका दिनमा ३९ दिन माइतीघरमा बसेर सरकारसँग सहमति गरेको स्मरण गर्दै सरकार र महासङ्घलाई विद्यालय कर्मचारीको तागत देखाइसकेको जिकिर गरे ।
उनले भने, ‘हामीले विगतका दिनमा सरकार र महासङ्घका देखाइसकेका छौँ, नेपाल विद्यालय कर्मचारी परिषद् पनि शक्तिशाली छ भनेर, जब कि ३९ दिन माइतीघरमा बसेर सरकारसँग सहमति गरेका छौँ ।’
परिषद्ले आन्दोलनको लागि बब्बन मिश्राको संयोजकत्वमा १५ सदस्यीय आन्दोलन परिचालन समिति गठन गरेको छ ।
यस्तै वैशाख २१ गतेदेखि जेठ तीन गतेसम्म कालोपट्टी बाँधेर कार्यक्षेत्रमा काम गर्ने, जेठ ४ गते ७ सय ५३ वटै स्थानीय तहमा ध्यानाकर्षण पत्र बुझाएर आन्दोलनको बारेमा जानकारी गराउने, जेठ ५ गते जिल्लागत आन्दोलन परिचालन समिति गठन गर्ने उने आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ ।
त्यस्तै, जेठ ६ गते ७७ वटै शिक्षा विकास तथा समन्वय इकाईमा आन्दोलनको जानकारीसहित ध्यानाकर्षण पत्र बुझाउने निर्णय गरेको छ ।
त्यस्तै जेठ ७ गते ७ वटै प्रदेशमा आन्दोलनको जानकारी गराउने र ध्यानाकर्षण सहित सामाजिक विकास मन्त्रालयमा पत्र बुझाउने र जेठ १० गतेदेखि काठमाडौंस्थित माईतीघर मण्डलामा सडक आन्दोलन शुरु गर्ने विद्यालय कर्मचारी परिषद्ले जनाएको छ ।

Related posts:

कोशी प्रदेशका ४ सांसद चढेको गाडी दुर्घटना

बाबुले गरे छोरी र भतिजको हत्या

मर्निङवाकमा निस्किएका दुई महिलाको कारको ठक्करबाट मृत्यु

एकैदिन ३५ सय घट्यो सुन

मरेको खसीको मासु बेचेको आरोपमा पोखराबाट २ जना पक्राउ

उमेरहदमा अड्कियो निजामती विधेयक

उपत्यका विकास प्राधिकरणका सब-इन्जिनियरविरुद्ध साढे ३ करोड भ्रष्टाचार मुद्दा

कर्पोरेसनले भन्यो- चाहिनेजति तेल छ, नआत्तिनू

निजी स्कुलको बसमा आगलागी, विद्यार्थी सकुशल

गुड्दा गुड्दै जमिनमुनि गाडी गायब, भूगर्भविद्‍ले थाले अध्ययन

रौतहटको सुधार केन्द्रमा एक व्यक्तिमाथि निर्घात कुटपिट, प्रहरीले थाल्यो अनुसन्धान

पाटन दरबार क्षेत्रमा सवा करोडमा बन्यो पर्यटक लक्षित ‘कलात्मक अत्याधुनिक शौचालय

अब सवारी लाइसेन्सको अवधि १० वर्ष हुने

इनारमा गाडी खस्दा १२ जनाको मृत्यु

ससुराको हत्या गरी भारतमा लुक्ने ब्यक्ति १५ बर्षपछि प्रहरीकै पोल्ट्रीफार्मबाट पक्राउ

माओवादीबाट निर्वाचित मेयर-उपमेयर नै संलग्न, बागमतीका मेयर थापाविरुद्ध डेढ अर्बको भ्रष्टाचार मुद्दा

१२१ डीएसपीको सरुवा, को कहाँ ? (सूचीसहित)

एकैदिन तोलाको ७५ सय घट्यो सुन

कक्षा १२ को परीक्षा नरोक्ने राष्ट्रिय परीक्षा बोर्डको निर्णय

आज सुन प्रतितोला १ लाख ९१ हजार रुपैयाँ

राजेन्द्र लिङ्देन सिंहदरबारबाट प्रहरी नियन्त्रणमा

पालिकाले गरेको पाठ्यपुस्तक एकरुपतामा केही समुह सक्रिय भई भ्रम फैलाउँदै

उपमहानगरपालिकाको पाठ्यपुस्तक एकरुपताका गर्ने निर्णय स्वागतयोग्य रहेको अभिभावक संघको ठहर

भारतमा नक्सलवादीविरुद्ध सरकारको लडाइँ तीव्र, घाइते सुरक्षाकर्मीको संख्या ३०० प्रतिशतले वृद्धि

अझै बढ्यो सुनको भाउ, तोलाको कति ?

अमेरिकाको हडसन नदीमा हेलिकोप्टर दुर्घटना, ६ जनाको मृत्यु

विद्यालय शिक्षा विधेयकमा ३८ वटा दफामा दफावार छलफल सकियो

सुनको भाउ फेरि उकालो, बढ्यो २ हजार

तिनकुने घटनामा पक्राउ पर्नेको संख्या १४० पुग्यो, पुनः ६ जना पक्राउ

राप्रपाको सभा बल्खुमा हुने

शिक्षक महासंघद्वारा आम शैक्षिक हड्ताल घोषणा

मधेश प्रदेश सभामा २६ गते प्रधानमन्त्रीले सम्बोधन गर्ने

जनकपुर पालिका भित्रका सम्पुर्ण निजी स्कुलले पाठ्यपुस्तकमा एकरुपता गर्ने निर्णय

राजसंस्था पुनःस्थापनाका लागि देशभर संयुक्त आन्दोलन परिचालन समिति गठन गरिने

३ सय किलो गाँजासहित कार चालक पक्राउ

तने बोडीमा देखियो ९२ प्रतिशत विषादी

पियोर इनर्जीको आईपीओ २८ गतेदेखि खुल्ने, कस्तो छ कम्पनी ?

पूर्वराजा ज्ञानेन्द्र अघोषित नजरबन्दमा

तीनकुने घटनामा पक्राउ परेकाहरूलाई आज म्याद थप गरिंदै

परीक्षाको बेला आन्दोलनै आन्दोलन, जिम्मेवार हुन शिक्षा मन्त्रालयको अनुरोध

ओली, देउवा र प्रचण्ड एउटै मञ्चमा

ऊर्जा मन्त्रालयले कुलमानलाई पठायो तीनपन्ने पत्र, लेख्यो पदबाट हटाउनुका १० कारण

विराटनगरको यातायात कार्यालयबाट १२ जना पक्राउ

संस्थागत बिद्यालयहरुलाई पाठ्यपुस्तकको नामावली पेश गर्न ७ दिनको समय थप

राष्ट्रपति पौडेललाई भेट्न शीतल निवास पुगे प्रचण्ड

Leave a Reply

Your email address will not be published. Required fields are marked *