भारतमा नक्सलवादीविरुद्ध सरकारको लडाइँ तीव्र, घाइते सुरक्षाकर्मीको संख्या ३०० प्रतिशतले वृद्धि

२ वैशाख, काठमाडौं । भारतको छत्तीसगढमा नक्सलवादीविरुद्ध सरकारको लडाइँ तीव्र हुँदै गएको छ । यसबीच नक्सलविरोधी अभियानसँग सम्बन्धित चकित पार्ने तथ्यांकहरू सार्वजनिक भएका छन् ।

पश्चिम बंगाल प्रदेशमा आईईडी (विस्फोटक उपकरण) आक्रमणमा घाइते हुने सुरक्षाकर्मीहरूको संख्या २०२५ को पहिलो त्रैमासिकमा लगभग ३०० प्रतिशतले वृद्धि भएको छ, जसका कारण मार्च २०२६ सम्म भारतबाट नक्सलवादीहरूको अन्त्य गर्ने केन्द्र सरकारको समयसीमा पुरा गर्नु सुरक्षाबलहरूका लागि कठिन चुनौती बन्ने ठानिएको छ ।

गर्मी बढ्दै जाँदा, भारतको मध्य भागमा पर्ने यस राज्यमा ‘नक्सलवादीहरूको अन्तिम गढ’मा कारबाही गर्न सुरक्षाबलहरू परिचालित छन् । उनीहरु सडक र गोरेटाहरूमा ‘सावधानीपूर्वक’ अगाडि बढिरहेका छन्,ं ताकि आईईडी विस्फोटको चपेटामा नपरियोस् । दुई दशकभन्दा बढी समयदेखि जारी विद्रोहमा सयौं सुरक्षाकर्मी मारिइसकेका छन् र धेरै अपाङ्ग भएका छन् ।

को हुन् नक्सलवादी ?

‘नक्सलवादी’ भन्ने शब्दको उत्पत्ति भारतको पश्चिम बंगाल राज्यको ‘नक्सलबाडी’ भन्ने ठाउँबाट भएको हो । नक्सलबाडीमा सन् १९६७ मा किसान आन्दोलन भएको थियो । यो आन्दोलन चिनियाँ नेता माओत्सेतुङका विचारबाट प्रेरित थियो ।

त्यसैले नक्सलवादीलाई भारतीय सन्दर्भमा माओवादी पनि भनिन्छ, तर ‘नक्सलवादी’ शब्द प्रायः भारतभित्रैका विद्रोही आन्दोलन जनाउन प्रयोग गरिन्छ ।

भारत सरकारले नक्सलवादलाई देशको आन्तरिक सुरक्षाको सबैभन्दा ठूलो चुनौती भन्ने गरेको छ ।

भारत सरकारले १९६७ पछि नै नक्सलवादीहरूविरुद्ध कारबाही सुरु गरेको थियो, तर २००० को दशकपछि योजनाबद्ध, तीव्र र सैन्य रूपमा अभियानहरू चलाइएको थियो ।

हाल आधुनिक प्रविधि, ड्रोन, निगरानी उपकरण र बडी क्यामेराजस्ता साधनको प्रयोग बढाएर माओवादीहरूलाई कमजोर पारिएको दाबी भारतका सरकारी अधिकारीहरुको छ ।

यद्यपि, अझै पनि केही दुर्गम ग्रामीण क्षेत्रमा माओवादी गतिविधि जारी छ ।

तथ्यांकले उठाएका प्रश्नहरू

सरकारी तथ्यांक अनुसार, २०२५ को पहिलो त्रैमासिक (जनवरी–मार्च) मा परिष्कृत विस्फोटक उपकरण (आईईडी) का २३ वटा आक्रमण भएका थिए, जसमा केन्द्रीय रिजर्भ पुलिस बल (सीआरपीएफ) र छत्तीसगढ प्रहरीसहित अन्य सुरक्षाबलका २३ जना घाइते भएका थिए र पाँच सय किलोग्रामभन्दा बढी तौल भएका २०१ वटा बम बरामद गरिएका थिए ।

गत वर्षको यही अवधिको तुलनात्मक तथ्यांक अनुसार, छत्तीसगढमा ९ वटा आईईडी आक्रमण भएका थिए, जसमा ६ जना जवान घाइते भएका थिए र २५७ किलो बराबर तौल भएका ८५ वटा बम बरामद गरिएका थिए ।

यस वर्षको पहिलो तीन महिनामा आक्रमण बढ्दा सुरक्षाकर्मीहरू घाइते हुने संख्या चार गुणा बढेको छ । सन् २०२४ मा आईईडी आक्रमणका ४३ वटा घटना भएका थिए भने २९२ आईईडी बरामद गरिएका थिए । ३३ जना सुरक्षाकर्मी घाइते भएका थिए, जसमा सीआरपीएफका ९ जना थिए ।

सीआरपीएफले वामपन्थी उग्रवाद प्रभावित राज्यहरूमा माओवादी विरोधी अभियानमा अग्रणी भूमिका निर्वाह गरिरहेको छ ।

आईईडी आक्रमणमा वृद्धि

राज्यको बस्तर क्षेत्रमा तैनाथ एक वरिष्ठ सुरक्षा अधिकारीले बताए अनुसार, ‘छत्तीसगढमा यस वर्ष आईईडी आक्रमणमा करिब २.५ गुणा वृद्धि भएको छ भने सुरक्षाकर्मीहरू घाइते हुने संख्यामा वृद्धि भएको छ । यस्तो हुनुको कारण हो, नक्सलवादीहरू अब आमने–सामनेको लडाइँ गरिरहेका छैनन् । उनीहरूसँग हतियार, गोलीगठ्ठा, कार्यकर्ता र मनोबल घटेको छ, त्यसैले आईईडी उनीहरूको रोजाइको हतियार बनेको छ ।’

उनले भने, ‘सुरक्षाबलहरूलाई अपरेसनका क्रममा सवारीसाधनको सट्टा हिँडेर जाने पुरानो तरिका अपनाउन र पक्की सडकबाट जोगिन निर्देशन दिइएको छ ।

यस वर्ष २३ मार्चमा, छत्तीसगढ प्रहरीले प्रयोग गरेका दुईवटा सवारीमा सवार विशेष कार्य बल (एसटीएफ) का जवानहरू बीजापुर जिल्लामा यस्तै एक हमलामा घाइते भएका थिए । १८ वटा सवारी साधनको एक समूह ‘रोड ओपनिङ पार्टी’ (आरओपी) का जवानहरूको मद्दतमा बेसतर्फ फर्किने क्रममा आक्रमणमा परेका थिए ।

आईईडी सुरक्षाबलका लागि गम्भीर खतरा

दिल्लीमा रहेका एक अधिकारीका अनुसार आईईडी सुरक्षाबलका लागि अहिलेको समयमा सबैभन्दा गम्भीर खतरा बनेको छ, किनकि त्यसको पहिचानका लागि कुनै ठोस प्रविधि छैन ।

उनले बताए अनुसार, आईईडी आक्रमणका अधिकांश घटनामा गस्तीमा खटिएका जवान परेका छन् । त्यतिबेला कुनै व्यक्ति हिँड्ने बेला गल्तीले विष्फोट हुने उपकरणमाथि पाइला राख्छन् र त्यसपछि विस्फोट हुन्छ ।

छत्तीसगढमा सीआरपीएफ र कोबरा (सीआरपीएफको विशेष टुकडी) का करिब २५–२७ इकाइहरूलाई आईईडी पहिचान गर्ने केही उपकरणहरू र विशेष तालिमप्राप्त कुकुरहरू उपलब्ध गराइएको छ ।

सुरक्षा अधिकारीहरुका अनुसार विस्फोटक सामग्रीहरूको बरामद एवम् आईईडी विस्फोटमा वृद्धि पछि मार्च महिनामा छत्तीसगढ र झारखण्डमा सतर्कता अपनाइएको छ ।

Related posts:

कोशी प्रदेशका ४ सांसद चढेको गाडी दुर्घटना

बाबुले गरे छोरी र भतिजको हत्या

मर्निङवाकमा निस्किएका दुई महिलाको कारको ठक्करबाट मृत्यु

एकैदिन ३५ सय घट्यो सुन

मरेको खसीको मासु बेचेको आरोपमा पोखराबाट २ जना पक्राउ

उमेरहदमा अड्कियो निजामती विधेयक

उपत्यका विकास प्राधिकरणका सब-इन्जिनियरविरुद्ध साढे ३ करोड भ्रष्टाचार मुद्दा

कर्पोरेसनले भन्यो- चाहिनेजति तेल छ, नआत्तिनू

निजी स्कुलको बसमा आगलागी, विद्यार्थी सकुशल

गुड्दा गुड्दै जमिनमुनि गाडी गायब, भूगर्भविद्‍ले थाले अध्ययन

रौतहटको सुधार केन्द्रमा एक व्यक्तिमाथि निर्घात कुटपिट, प्रहरीले थाल्यो अनुसन्धान

पाटन दरबार क्षेत्रमा सवा करोडमा बन्यो पर्यटक लक्षित ‘कलात्मक अत्याधुनिक शौचालय

धोकापूर्ण सहमति भएको भन्दै विद्यालय कर्मचारी परिषद्ले गर्‍यो नयाँ आन्दोलन घोषणा

अब सवारी लाइसेन्सको अवधि १० वर्ष हुने

इनारमा गाडी खस्दा १२ जनाको मृत्यु

ससुराको हत्या गरी भारतमा लुक्ने ब्यक्ति १५ बर्षपछि प्रहरीकै पोल्ट्रीफार्मबाट पक्राउ

माओवादीबाट निर्वाचित मेयर-उपमेयर नै संलग्न, बागमतीका मेयर थापाविरुद्ध डेढ अर्बको भ्रष्टाचार मुद्दा

१२१ डीएसपीको सरुवा, को कहाँ ? (सूचीसहित)

एकैदिन तोलाको ७५ सय घट्यो सुन

कक्षा १२ को परीक्षा नरोक्ने राष्ट्रिय परीक्षा बोर्डको निर्णय

आज सुन प्रतितोला १ लाख ९१ हजार रुपैयाँ

राजेन्द्र लिङ्देन सिंहदरबारबाट प्रहरी नियन्त्रणमा

पालिकाले गरेको पाठ्यपुस्तक एकरुपतामा केही समुह सक्रिय भई भ्रम फैलाउँदै

उपमहानगरपालिकाको पाठ्यपुस्तक एकरुपताका गर्ने निर्णय स्वागतयोग्य रहेको अभिभावक संघको ठहर

अझै बढ्यो सुनको भाउ, तोलाको कति ?

अमेरिकाको हडसन नदीमा हेलिकोप्टर दुर्घटना, ६ जनाको मृत्यु

विद्यालय शिक्षा विधेयकमा ३८ वटा दफामा दफावार छलफल सकियो

सुनको भाउ फेरि उकालो, बढ्यो २ हजार

तिनकुने घटनामा पक्राउ पर्नेको संख्या १४० पुग्यो, पुनः ६ जना पक्राउ

राप्रपाको सभा बल्खुमा हुने

शिक्षक महासंघद्वारा आम शैक्षिक हड्ताल घोषणा

मधेश प्रदेश सभामा २६ गते प्रधानमन्त्रीले सम्बोधन गर्ने

जनकपुर पालिका भित्रका सम्पुर्ण निजी स्कुलले पाठ्यपुस्तकमा एकरुपता गर्ने निर्णय

राजसंस्था पुनःस्थापनाका लागि देशभर संयुक्त आन्दोलन परिचालन समिति गठन गरिने

३ सय किलो गाँजासहित कार चालक पक्राउ

तने बोडीमा देखियो ९२ प्रतिशत विषादी

पियोर इनर्जीको आईपीओ २८ गतेदेखि खुल्ने, कस्तो छ कम्पनी ?

पूर्वराजा ज्ञानेन्द्र अघोषित नजरबन्दमा

तीनकुने घटनामा पक्राउ परेकाहरूलाई आज म्याद थप गरिंदै

परीक्षाको बेला आन्दोलनै आन्दोलन, जिम्मेवार हुन शिक्षा मन्त्रालयको अनुरोध

ओली, देउवा र प्रचण्ड एउटै मञ्चमा

ऊर्जा मन्त्रालयले कुलमानलाई पठायो तीनपन्ने पत्र, लेख्यो पदबाट हटाउनुका १० कारण

विराटनगरको यातायात कार्यालयबाट १२ जना पक्राउ

संस्थागत बिद्यालयहरुलाई पाठ्यपुस्तकको नामावली पेश गर्न ७ दिनको समय थप

राष्ट्रपति पौडेललाई भेट्न शीतल निवास पुगे प्रचण्ड

Leave a Reply

Your email address will not be published. Required fields are marked *