२७ चैत, काठमाडौं । सुनको मूल्य फेरि उकालो लागेको छ । अघिल्लो दिन प्रतितोला ४ सय घटेको सुन आज २ हजार बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि भाउ प्रतितोला १ लाख ७५ हजार ४ सय रुपैयाँ निर्धारण गरेको छ । अघिल्लो दिन १ लाख ७३ हजार ४ सय रुपैयाँ थियो ।
चाँदीको भाउ तोलामा ५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १८३० मा कारोबार भएको चाँदी आज १८३५ रुपैयाँ कायम भएको छ ।