२१ चैत्र, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका भित्र संचालित सम्पुर्ण निजी बिद्यालयहरुले सबै बिद्यालयको पाठ्यपुस्तकमा एकरुपता गर्ने निर्णय गरेको छ ।
बिद्यालयहरुको छाता संगठन प्याबसन, एन प्याबसन, मधेश प्याबसन र नेपाल प्याबसनले आगमी शैक्षिक शत्रका लागि पाठ्यपुस्तकहरुमा एकरुपता गर्ने निर्णय गरेको हो । साथै आईतबार चैत्र २४ गते पाठ्यपुस्तकहरुको नामावली जनकपुरधाम उपमहानगरपालिकालाई बुझाउने निर्णय भएको निजी बिद्यालयका संगठनले जनाएका छन ।
यस अघि जनकपुरधाम उपमहानगरपालिकामा संचालित निजी बिद्यालयहरुलाई पालिकाले सुचना नै जारी गरी आगामी शैक्षिक शत्रदेखि लागु हुने पाठ्यपुस्तकको नामावली बुझाउन आग्रह गरेको थियो ।