९ चैत्र, जनकपुरधाम । आधारभ्ुत तह अन्तर्गतको कक्षा ८ को परीक्षा जनकपुरधाम उपमहानगरपालिकाको बिभिन्न परीक्षा केन्द्रहरुमा शान्तिपुर्ण रुपमा संचालन भईरहेको छ ।
कक्षा ८ का लागि जनकपुरधाम उपमहानगरपालिकाले १४ स्थानमा परीक्षा केन्द्रहरु तोकी परीक्षा लिदै आएको र सो स्थानहरुमा परीक्षा मर्यादित र शान्तिपुर्ण रुपमा संचालन भईरहेको नगर शिक्षा समितिका सदस्य दिपक ठाकुरले जानकारी दिएका छन ।
उनका अनुसार चैत्र ८ देखि संचालनमा रहेको परीक्षामा कुल ४८०९ परीक्षार्थी सहभागी भएपनि ४७१५ जना उपस्थित र ९४ जना अनुपस्थित रहेको पाईएको छ । प्रत्येक दिन दिउँसो १ बजेर ३० मिनेटमा शुरु हुँदै आएको परीक्षा चैत्र १५ गतेसम्म संचालन हुने बताईएको छ ।
परीक्षार्थीहरुले नेपाली, अंग्रेजी, गणित, बिज्ञान, साामजिक, स्वास्थ्य शारीरिक लगायत एच्छिकका रुपमा गणित, कम्प्युटर, अंग्रेजी, मैथिली र लेखा बिषय मध्येबाट कुनै एक बिषयमा परीक्षा दिनेछन ।
पालिकाले तोकेको बिद्यालय र केन्द्राध्यक्षहरुको बिवरणः
१) जानकी माबि जनकपुरधाम – केन्द्राध्यक्ष, जगदिश साह
२) यज्ञवल्क्य नमुना मावि ज्ञानकुप – केन्द्राध्यक्ष, संजय कुमार झा
३) संकटमोचन मावि जनकपुरधाम – केन्द्राध्यक्ष, बलराम यादब
४) कन्टिर झा मावि बभनगम्मा – केन्द्राध्यक्ष, शैलेन्द्र मल्लिक
५) सकल भवन कन्या मावि जनकपुर – केन्द्राध्यक्ष, उमाकृष्ण लाल कर्ण
६) मावि कुवारामपुर – केन्द्राध्यक्ष, मोद नारायण राउत
७) गोगल प्रसाद मावि बसहिया – केन्द्राध्यक्ष, महाबिर दास
८) जानकी बोर्डिङ स्कुल जनकपुर – केन्द्राध्यक्ष, नरेश प्रसाई
९) नोवेल ईग्लिस बोर्डिङ स्कुल जनकपुर – केन्द्राध्यक्ष, लटु यादव
१०) चिल्ड्रेन होली प्लेस बोर्डिङ स्कुल जनकपुर – केन्द्राध्यक्ष,……. पाण्डे
११) राष्ट्रिय मावि रुपैठा बेल्ही – केन्द्राध्यक्ष, धिरेन्द्र चौधरी
१२) शिव शारदा बोर्डिङ स्कुल जनकपुर – केन्द्राध्यक्ष, सुजित मिश्र
१३) असर्फी साह आवासिय बिद्यालय जनकपुर – केन्द्राध्यक्ष, राम दुलार पण्डित
१४) पारागन ई. बो. स्कुल जनकपुर – केन्द्राध्यक्ष, मनोज मौवार