५ चैत्र, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका भित्र संचालित सम्पुर्ण संस्थागत बिद्यालयहरुलाई शैक्षिक सत्र २०८२ मा लागु गर्ने शुल्कको बिवरण पेश गर्न पालिकाले आग्रह गरेको छ ।
केही समय यता शिक्षालाई केन्द्रित गर्दै शिक्षा तथा शैक्षिक गतिबिधीहरुमा सुधार गर्दै शैक्षिक संस्थाहरुलाई ब्यवस्थित गर्ने मनसायका साथ पालिकाले उक्त कदम चालेको हो ।
पालिकाले पालिका भित्रका सम्पुर्ण संस्थागत बिद्यालयहरुलाई परिपत्र गर्दै शैक्षिक सत्र २०८२ मा बिद्यालयहरुमा लागु गर्ने शुल्कको प्रस्ताव बिद्यालय ब्यवस्थापन समितिबाट निर्णय गराई १५ दिन भित्र पालिकाको कार्यालयमा प्रस्ताव पेश गर्न आग्रह गरेको छ ।
बिगत केही समय यता पालिकाले संस्थागत बिद्यालयहरुमाथि चासो राख्दै बिभिन्न किसिमका निर्णयहरु गर्दै आएको छ । केही दिन अघि मात्रै फाल्गुण २९ मा पालिकाले संस्थागत बिद्यालयहरुलाई परिपत्र गर्दै अभिभावकहरुलाई कुनै पनि बिद्यालयले बिद्यालय वा बिद्यालयले तोकेको अन्य स्थानबाट पोशाक अथवा पुस्तक किन्न बाध्य नपार्न आग्रह गरेको थियो ।
पालिकाको यस्तो कदमको चौतर्फी प्रशंसा हुँदै आएको छ ।