२९ फाल्गुण, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाले पालिका भित्रका सम्पुर्ण संस्थागत बिद्यालयहरुलाई नयाँ शैक्षिक सत्रमा पाठ्यपुस्तक तथा पोशाक खरीद गर्न तोकिएको स्थानबाट लिन बाध्य नगर्न अनुरोध गरेको छ ।
पालिकाले एक परिपत्र जारी गर्दै धनुषाका सम्पुर्ण संस्थागत बिद्यालयहरुलाई बिद्यालय बाट नै पोशाक खरीद गर्न वा पाठ्यपुस्तक खरीद गर्न वा बिद्यालय बाहिर पनि बिद्यालयले तोकेको स्थानबाट खरीद गर्न बाध्य पारेमा कानुन बमोजिम आवश्यक कारबाही हुने चेतावनी दिएको छ ।
अभिभावकहरुलाई उल्लेखित पाठ्यपुस्तक तथा पोशाक खरीद गर्न बाध्य पारेको गुनासो आएपछि नेपाल पुस्तक तथा स्टेशनरी ब्यबसायी महासंघ धनुषाबाट प्राप्त उजुरीका आधारमा पालिकाले यस्तो परिपत्र गरेको हो । साथै उक्त परिपत्रमा सम्बन्धित सबै संस्थागत बिद्यालयहरुलाई बिद्यालयमा लागु हुने पाठ्यपुस्तकको नामावली ७ दिन भित्र पेश गर्न आग्रह समेत गरेको छ ।