२८ फागुन, काठिमाडौं । टिपरको बालुवा अनलोड गर्ने क्रममा करेन्ट लागेर काठमाडौंको मूलपानीमा एक जनाको मृत्यु भएको छ ।
कागेश्वरी मनोहरा नगरपालिका–७ मूलपानी लाहुरेटोल बस्ने रामेछाप मन्थली नगरपालिका–७ घर भएका १५ वर्षीय सुमन खड्काको करेन्ट लागेर मंगलबार राति मृत्यु भएको हो ।
सोही नगरपालिका–७ मूलपानीबाट अमरसिंह थापा चोक जाने सडकमा बागमती प्र. ०३–००१ ख १३३८ नम्बरको टिपरको बालुवा अनलोड गर्ने क्रममा बिजुलीको पोलको तार सर्ट भएर करेन्ट लागेको थियो ।
करेन्ट लागेर गम्भीर घाइते भएका टिपरका सहचालक खड्कालाई उपचारका लागि शंखरापुर अस्पताल नारायणटारतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
प्रहरीले टिपर चालकलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान अघि बढाएको छ ।