यो वर्ष एसईईमा ५ लाख २२ हजार परीक्षार्थी सहभागी हुने

२२ फागुन, काठमाडौं । आगामी ७ चैतदेखि हुने माध्यामिक शिक्षा परीक्षा (एसईई)मा लागि ५ लाख २२ हजार विद्यार्थी सहभागी हुने भएका छन् । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० का अनुसार २०८१ को एसईईका लागि नियमिततर्फ ४ लाख ६८ हजार, ग्रेड वृद्धिका लागि ५० हजार (२०८०) र पुराना ग्रेड वृद्धिकै लागि ४ हजार (२०७८–०७९) ले फारम भरेका छन् ।
निमित्त परीक्षा नियन्त्रक विष्णुप्रसाद ज्ञवालीका अनुसार परीक्षा केन्द्र २१ सय ३१ वटा तोकिएको छ । ‘परीक्षा केन्द्र केही थपघट हुनसक्छ,’ ज्ञवालीले भने ।
धमाधम प्रश्नपत्र छपाइ, जिल्ला-जिल्लामा पठाइँदै
विद्यार्थीले भरेको फारमको आधारमा प्रश्नपत्र छपाइको काम धमाधम भइरहेको छ । निमित्त परीक्षा नियन्त्रक ज्ञवालीका अनुसार जनक शिक्षा सामग्री केन्द्रमा प्रश्नपत्र छपाइको काम भइरहेको छ ।
प्रश्नपत्रको गोपनीयताको लागि परीक्षा नियन्त्रक नन्दलाल पौडेल प्रश्नपत्र छपाइस्थलमै बसिरहेका छन् । ‘प्रश्नपत्रको सुरक्षा र गोपनीयताको लागि नन्दलाल सर छपाइस्थलमै बस्नु भएको हो,’ निमित्त नियन्त्रक ज्ञवालीले भने ।
प्रदेश-प्रदेशमा कार्यशाला गरेर ल्याइएको प्रश्नलाई छनोट गरेर प्रश्नपत्र बनाइएको छ । नियन्त्रक ज्ञवालीका अनुसार केन्द्रले प्रश्नपत्र मात्र छपाइ गर्ने र बाँकी व्यवस्थापनको काम प्रदेश र जिल्लाले गर्ने छ । ‘केन्द्रबाट प्रश्नपत्र छपाइको काम मात्र हो । परीक्षा केन्द्र जिल्ला स्थित परीक्षा समन्वय समितिले गर्ने छ,’ उनले भने । समन्वय समितको अध्यक्ष प्रमुख जिल्ला अधिकारी, सदस्य सचिवमा जिल्ला शिक्षा इकाइका प्रमुख र सदस्यमा सुरक्षा निकायका प्रमुख रहने छन् ।
प्रश्नपत्र छपाइसँगै जिल्ला जिल्लामा प्रश्नप्रत्र पुर्‍याउने काम भइरहेको छ । सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशमा प्रश्नपत्र पुगिसकेकेको छ । प्रदेशबाट जिल्ला जिल्लामा प्रश्नपत्र पुर्‍याइने छ । उत्तरपुस्तिका भने सम्बन्धित प्रदेशले नै छपाइ गरेर परीक्षा केन्द्रमा पठाउने छ । ‘२७-२८ गतेसम्म सबै जिल्ला जिल्लामा प्रश्नपत्र पुगिसक्छ,’ निमित्त परीक्षा नियन्त्रक ज्ञवालीले भने,’ उत्तरपुस्तिका र परीक्षा केन्द्रको खर्चको व्यवस्थापन प्रदेशले गर्ने हो ।’
परीक्षा केन्द्रको सुरक्षाको व्यवस्था गृहमार्फत जिल्लास्थित सुरक्षा निकायबाट हुने निमित्त नियन्त्रक ज्ञावालीले बताए । परीक्षाको समयमा हुल बनाएर अनुगनम जान भने रोक लगाइएको छ । आवश्यकताको आधारमा जिल्लास्थिति परीक्षा समन्वय समितिले व्यवस्थापन गर्ने छ ।
जापानबाट पनि एसईई दिंदै
परीक्षा नियन्त्रण कार्यालयका अनुसार यसपपटक पनि जापानबाट ३७ जना परीक्षार्थी सहभागी हुँदै छन् । ‘प्रश्नपत्र र उत्तरपुस्तिका पठाउने तयारी गरेका छौं,’ निमित्त नियन्त्रक ज्ञवालीले भने । उनका अनुसार परीक्षा सकिएपछि उत्तरपुस्तिका परीक्षण गर्न नेपालमै ल्याइने छ । ‘नेपालमै उत्तरपुस्तिका परीक्षण गरेर नतिजा निकाल्छौं,’ ज्ञवालीले भने ।
वैदेशिक रोजगारीमा रहेका नेपालीका छोराछोरीहरुले जापानबाटै परीक्षा दिन लागेका हुन् । जापान सरकारको अनुमति लिएर नेपाली पाठ्यक्रम पढाइरहेका विद्यालयका विद्यार्थीहरुले परीक्षा दिन लागेका हुन् ।
मुख्यगरी जापानको टोकियो रहेको एभरेस्ट इन्टरनेसनल स्कुलमा नेपाली कोर्स पढाइ हुने गरेको छ । नेपाली पाठ्यक्रम अनुसार नै नेपाली भाषा, नेपाली पाठ्यपुस्तक, नेपाली संस्कृति पढाइ हुन्छ ।
रोजगार र अध्ययनको सिलसिलामा जापान पुगेका नेपालीहरूले सन् २०१३ मा टोकियो सहरमा नेपाली विद्यालय खोल्ने निर्णय गरेका हुन् । जापानस्थित नेपाली दूतावासको पहलमा विद्यालय खोलिएको हो । उक्त विद्यालयमा १० कक्षासम्म नेपालबाट नै सम्बन्धन लिएर सञ्चालन गरिएको छ ।

Related posts:

ज्ञानेन्द्र शाह संवैधानिक राजा हुन पनि लायक छैनन् : देउवा

जनकपुरधाम उपमहानगरपालिकामा कक्षा ८ को परीक्षा शान्तिपुर्ण रुपमा हुँदै

२०८४ सम्म जनताकै साथमा रहन्छु, प्रधानमन्त्री बन्दिनँ : प्रचण्ड

जनकपुरमा एकघण्टा नबित्दै अंग्रेजीको प्रश्नपत्र आउट

ज्ञानेन्द्र शाह गोरखा जाने, गोरखनाथ र मनकामना दर्शन गर्ने

संस्थागत बिद्यालयहरुमा लागु गर्ने शुल्कको बिवरण पेश गर्न पालिकाको आग्रह

सुनको भाउ अहिले सम्मकै उच्च, कति छ आज ?

२५ करोड नगदसहित काठमाडौंबाट एक जना पक्राउ

आज सुनको मुल्य कति ?

डा. मिश्रालाई स्वास्थ्य सचिव नियुक्त नगरिएकोमा सर्वाेच्चले माग्यो कारण

स्थान तोकी पाठ्यपुस्तक तथा पोशाक खरीद गर्न बाध्य नपार्न पालिकाको अनुरोध

मिथिला माध्यमिकी परिक्रमा आज जनकपुरधाम फर्किंदै

करेन्ट लागेर मूलपानीमा एक जनाको मृत्यु

लोकतन्त्रको विकल्प राजतन्त्र होइन : कमल थापा

एक करोड बीमा गरेर आफैंले पसलमा आगो लगाउने ब्यक्ति पक्राउ

ज्ञानेन्द्र शाहको स्वागतमा को-को उत्रिंदैछन् ? कहाँ-कहाँबाट निकालिंदै छ र्‍याली ?

महोत्तरीमा बस पल्टिँदा १५ जना घाइते

स्वरोजगार लघुवित्तको एफपीओमा ९६ गुणा आवेदन

ग्यासको भाउ सिलिन्डरमा १२ रुपैयाँ ७५ पैसा बढाउने सहमति, उद्योगीको आन्दोलन फिर्ता

सप्तरीमा बाघको आक्रमणबाट २ जना घाईते

इजरायलले ४२ दिन थप्यो युद्धविरामको अवधि

सुनसरीमा बर्डफ्लुपछि भेटियो स्वाइनफ्लु

मिथिलाको १५ दिने माध्यमिकी ‘परिक्रमा’ आजदेखि सुरु

वडा भित्रका बिद्यालयहरुको तथ्यांक पठाउन जनकपुरधाम उपमहानगरपालिकाको ताकेता

कोशी प्रदेशको सात वर्षमा ९ सरकार, ६ मुख्यमन्त्री, ७५ कानुन निर्माण

मधेशका मन्त्रालयहरुको बजेट रोक्का गर्ने तयारी

जनकपुरधाममा संचालित निजि अस्पतालको अनुगमनलाई मुख्यमन्त्रीबाट निरन्तरता

सुनको भाउ हालसम्मकै उच्च

तोलामा १४ सय बढ्यो सुन

जनकपुरको मुस्कान अस्पतालमा ताल्चा

७५ इन्सपेक्टर डीएसपी बढुवा सिफारिस, को-को परे ? (सूचीसहित)

गृहमन्त्रीलाई कारबाही माग गर्दै कांग्रेस कार्यालयमा प्रदर्शन

नेपाल–भारतमा अपराधिक गतिविधि गर्ने ४ जना पक्राउ

सुनको भाउमा नयाँ किर्तिमान

विपद् जोखिम न्यूनीकरण सम्बन्धी अभिमुखिकरण तथा प्रयोगात्मक अभ्यास

एकैदिन सुनको भाउ तोलामा २३ सय रुपैयाँले बृद्धि, कति पुग्यो सुनको भाउ?

सुनको भाउमा समान्य गिरावट

COC कक्षाका सहभागीहरुलाइ ट्रयाकशूट वितरण

आगोमा जलेर एक जनाको मृत्यु

चिकित्सक लाइसेन्स परीक्षामा ६८ प्रतिशत फेल

चितवनमा युवकलाई कुट्ने प्रहरीमाथि छानबिन गर्न समिति गठन

काठमाण्डौबाट जनकपुर आउँदै गरेको माईक्रो दुर्घटना, १ का्े मृत्यु, १२ घाईते

बीमा रकम हत्याउन भारतीयसँग मिलेर श्रीमानको हत्या

घुर सल्किएर आगलागी हुँदा २ दर्जन जति खसीबीख्रा मरे

माघमा १८ बैंकको ब्याजदर स्थिर, दुईको हेरफेर

Leave a Reply

Your email address will not be published. Required fields are marked *