१७ पुस, काठमाडौं । कीर्तिपुर नगरपालिका-६ पाण्डे छापस्थित चोभार स्वास्थ्य चौकीमा चोरी भएको छ ।
उक्त स्वास्थ्य चौकीमा भएका तीन थान कम्युटर सेट र एक थान प्रिन्टर चोरी भएको छ । कम्युटर र प्रिन्टर गरी करिब एक लाख २५ हजार रुपैयाँ बराबरका सामान सोमबार राति चोरी भएका हुन् ।
स्वास्थ्य चौकी कै कम्युटर र प्रिन्टर चोरीको उजुरी अहिले प्रहरी वृत्त कीर्तिपुरमा परेका छन् । स्वास्थ्य चौकीबाट सामान चोरी भएको भन्दै उजुरी आएपछि प्रहरीले अनुसन्धान अघि बढाएको छ ।