अयोध्याबाट नेपाल आइपुगे ५०० जन्ती, आज धनुषयज्ञ (भिडियो सहित)

१८ मंसिर, महोत्तरी । जनकपुरधाममा हुने रामजानकी विवाह महोत्सवमा सरिक हुन भारतको अयोध्याबाट ५०० जन्ती नेपाल आइपुगेका छन् । ती जन्तीलाई गएराति महोत्तरी मटिहानीमा स्वागत गरिएको छ ।
मटिहानीका नगरप्रमुख हरिप्रसाद मण्डलसहितका जनप्रतिनिधि, जिल्लाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारी र नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका जिल्लास्थित प्रमुखहरूसहित मटिहानी नगरवासीले जन्तीको स्वागत गरेका हुन् । स्वागतमा मटिहानीस्थित लक्ष्मीनारायण मठका मानमहन्थ, सामाजिक सङ्घसंस्थाका अगुवा, मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापिठका आचार्य र राजकीय संस्कृत माध्यमिक विद्यालय (मटिहानी गुरुकूल)का शिक्षक, वटुकहरू र महोत्तरी उद्योग वाणिज्य सङ्घका पदाधिकारी पनि सहभागी थिए ।
यसपटकको रामजानकी महोत्सवमा सरिक हुन अयोध्यास्थित श्रीराम ट्रष्टका उच्च पदाधिकारी र साधुसन्तसहितको ५०० जनाको जन्ती टोली मटिहानी आइपुगेको मटिहानीका नगरप्रमुख हरिप्रसाद मण्डलले जानकारी दिए ।
सप्ताहव्यापी रामजानकी विवाह महोत्सवमा प्रत्येक पाँचौँ वर्ष अयोध्याबाट जन्ती सजिएर आउने परम्परा छ । नेपाल प्रवेश गरेपछि मटिहानी पहिलो दिनको रात्रिविश्राम गरेर जनकपुर प्रस्थान गर्ने परम्पराअनुसार नै जन्ती सोमबार राति नै मटिहानी आइपुगेका हुन् ।
मटिहानी राम–सीताको विवाहमा वेदी बनाउन माटो खनिएको ठाउँका रुपमा परिचित छ । राम–सीताको विवाहमा एउटा महत्त्वपूर्ण पाटो जोडिएको हुँदा आफ्नो ठाउँ विवाह महोत्सवको महत्त्वपूर्ण कडी रहँदै आएको नगरप्रमुख मण्डल बताउँछन् ।
अयोध्याबाट आएका अतिथिलाई मिथिला भोजन (दालभात, सब्जी, चटनी, पापरतिलौरी, तरुवा र दही) गराइएको नगरप्रमुख मण्डलले बताए । सोमबार रात्रिविश्राम मटिहानीमा गरेका जन्ती आज बिहान जलेश्वर, पिपरा हुँदै जनकपुरधाम जाने जनाइएको छ ।
जानकी मिथिलापुत्री भएकी हुँदा यहाँका बासिन्दा उहाँका माइती र मिथिलावासीका कुटुम्ब मानिन्छन् । मिथिलामा दुलही पक्षका परिवारजनले जन्तीसँग ठट्टा मजाक, हासपरिहास गर्ने स्थापित चलन छ । यसअनुसार मटिहानीवासीले अयोध्याबाट आएका जन्तीसँग दिल खोलेर ठट्टामजाक र हासपरिहास गरेका छन् ।
जन्तीको तालिका
आज मटिहानीबाट जन्ती जलेश्वर जानेछन् । जलेश्वर नगरवासीको स्वागत ग्रहण गरी जलेश्वरनाथ महादेवको दर्शन गरेर जन्तीलाई आज महोत्तरीकै पिपरामा दिवाभोजन गर्ने तालिका छ । मटिहानीजस्तै जलेश्वर नगरपालिका र पिपरा गाउँपालिकाले पनि जन्तीको स्वागत तयारी गरेका छन् ।
जन्ती आज नै साँझ जनकपुरधाम पुग्ने जनाइएको छ । त्यहाँ पुगेपछि जन्ती जानकी मन्दिर व्यवस्थापनको अतिथिका रूपमा महोत्सव अवधिभर रहनेछन् ।
सप्ताहव्यापी विवाह महोत्सव जनकपुरधाममा आइतबार नै ‘जनकपुर नगर दर्शन’ कार्यक्रमबाट सुरु भइसकेको छ । महोत्सवको दोस्रो दिन सोमबार ‘फूलबारी लीला’ सम्पन्न भएको छ । ‘जनकपुर नगर दर्शन’ र ‘फूलबारी लीला’ क्रमशः राम–लक्ष्मण गुरु विश्वामित्रसाथ जनकपुर पुग्नुभएको र बगैँचामा रामको सीताजीसँग देखादेख भएको रामकथासँग सम्बन्धित छन् ।
यसैगरी तेस्रो दिन धनुषयज्ञ आयोजना हुँदैछ । आज श्रीरामले शिवजीको धनुष ताँदो चढाउने क्रममा भाँचिएको लीला आयोजना गरिएको छ ।
यसैगरी चौथो दिन तिलकोत्सव (दुलहीका पिताबाट वरपूजन र वस्त्रआभूषण प्रदान गरिने विधि), पाँचौँ दिन मटकोर (विवाहका लागि यज्ञवेदी बनाइने र कूल देवीदेवताको पूजा गर्ने विधि), छैटौँ दिन शुभविवाह र अन्तिम अर्थात् सातौँ दिन रामकलेवा विधिका कार्यक्रम सम्पन्न गरिनेछन् ।
रामकलेवा जन्ती बिदाइ गरिने विधि हो । यस विधिमा सम्धी, दुलहाका विशिष्ट नातासम्बन्धका व्यक्ति र जन्तीलाई वस्त्रआभूषण र नगद दक्षिणा दिई बिदा गर्ने मैथिल परम्परा छ । अघि त्रेतायुगमा श्रीराम र जानकीको विवाह मंसिर शुक्लपक्ष पञ्चमी तिथिमा भएको विश्वासमा मिथिलामा यो महोत्सव परम्परा चल्दै आएको हो ।

Related posts:

चितवनमा युवकलाई कुट्ने प्रहरीमाथि छानबिन गर्न समिति गठन

काठमाण्डौबाट जनकपुर आउँदै गरेको माईक्रो दुर्घटना, १ का्े मृत्यु, १२ घाईते

बीमा रकम हत्याउन भारतीयसँग मिलेर श्रीमानको हत्या

घुर सल्किएर आगलागी हुँदा २ दर्जन जति खसीबीख्रा मरे

माघमा १८ बैंकको ब्याजदर स्थिर, दुईको हेरफेर

लक्ष्मिनिया गाउँपालिकामा एकल महिलाहरुका लागि एक विशेष परियोजना सञ्चालन

मन्त्रालयको स्पष्टीकरण पछि कुलमानले बुझाए कार्यसम्पादन विवरण

पूर्वपश्चिम राजमार्ग विस्तारका क्रममा भेटियो चार वटा सिलिन्डर बम

चीनमा भूकम्पबाट १२६ जनाको मृत्यु

आज बिहानको भूकम्पमा परी चीनमा ३२ जनाको मृत्यु, ३८ जना घाइते

मधेशको कृषि मन्त्रालयका तत्कालीन सचिवसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

पाँचदिन अघि बेपत्ता भएका इँटा व्यवसायीको शव गाडेको अवस्थामा फेला

सशस्त्र प्रहरीमा एक हजार भन्दा धेरै जनाका लागि भर्ना खुल्यो

विद्यार्थीले घरमा गरेको कामको मूल्याङ्न गरेर नम्बर दिने निर्णय

स्वास्थ्य चौकीबाट ३ सेट कम्युटर र प्रिन्टर चोरी

एमालेबाट निष्कासनमा परेका नेता भीम रावलले पार्टी घोषणा गर्ने

आज बिहान भएको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ६४ पुग्यो

कर्मचारी सचेत नहुँदा अधिकांश पालिकाका वेबसाइट ह्याक

एन प्याबसनको आग्रहमा संस्थागत बिद्यालयहरुले आज तुलसी पूजन दिवस मनाउँदै

गोली चल्दा २ पत्रकारसहित ३ जनाको मृत्यु

एन प्याबसन जनकपुरले भोली बिद्यालयहरुमा बिबिध कार्यक्रम गरी तुलसी पूजन मनाउने

ललितपुरमा एक किशोरको हत्या, ३ जना पक्राउ

नक्कली बुवा बनेर बहुविवाह गराएको आरोपमा एक जना पक्राउ

टिकटक बनाउने क्रममा लडेर शिक्षिका र विद्यार्थीको मृत्यु

सुदूरपश्चिमले जनकपुरलाई दियो १८५ रनको लक्ष्य

विद्युत प्राधिकरणमा खुल्यो १ हजार ८३ जनालाई रोजगारी

दुर्गामन्दिर परिसरमा अन्दाजी ६० वर्षीय पुरुषको शव फेला

डुंगा दुर्घटना हुँदा १३ जनाको मृत्यु

स्रोत नखुलेको ६८ लाख नगदसहित ४ जना पक्राउ

नेपालमा बैंक लुटपाटमा संलग्न भारतीय लुटेरा पक्राउ

सुदूरपश्चिम र जनकपुरले क्वालिफायर खेल्ने, कर्णाली र चितवनले एलिमिनेटर खेल्ने

लैङ्गिक हिंसा विरुद्धको अभियान अन्तर्गत बिदेह र जनकनन्दनीमा सडक नाटक प्रदर्शन

विराटनगरले काठमान्डुलाई दियो ११८ रनको लक्ष्य

सुदूरपश्चिम द्धारा जनकपुर सामु १२४ रनको लक्ष्य प्रस्तुत

स्कारपियो दुर्घटना हुँदा ८ जनाको मृत्यु

झ्यालमा बाँधिएको अवस्थामा एक कर्मचारीको शव फेला

दलान नेपालद्धारा लक्ष्मीनिया गाउँपालिकामा १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान

विवाहपञ्चमी महोत्सवको दोस्रो दिन आज फूलबारी लिला मनाइँदै (भिडियो सहित)

जनकपुरमा विवाहपञ्चमी महोत्सव सुरु, आज नगरदर्शन

विराटनगर किंग्सलाई ८ विकेटले हराउँदै जनकपुर बोल्ट्सको विजयी सुरुवात

कुशवाहाको हत्याका मुख्य आरोपी नेपाली सेनाका भगौडा

तिस दिनभित्र माग सम्बोधन हुने शर्तमा भोलीदेखि निजी बिद्यालयहरु खुल्ने

सुनको मूल्य करीब १६ हजारले घट्यो

पालिकाको आग्रहलाई बेवास्ता गर्दै संस्थागत बिद्यालयहरु बन्द राख्ने निर्णय, खोलाईदिन जनकपुरवासीसँग अपि...

बिद्यालय नखोले कारबाही गर्ने पालिकाको चेतावनी, बन्द यथाबत राख्ने संगठनको अडान कायमै

यात्रुबाहक बसमा आक्रमण हुँदा ४१ जनाको मृत्यु

आईपीओ निष्कासन नहुँदा ७७ कम्पनी पाइपलाइनमा (कम्पनीको नाम र शेयर संख्या सहित)

अधिकांश सिमेन्ट उद्योगहरू संकटमा, नेपालमा ६० सिमेन्ट उद्योग रहेकामा ४५ वटाले उत्पादन रोके

बिहिबार देखि धनुषाभरिका बिद्यालय बन्द गर्नेछौः एनप्याबसन

चेक बाउन्स मुद्दामा २ वर्ष कैद सजाय पाएका फरार गुन्डा नाइके लामा पक्राउ

भोली सोमबारदेखि सम्पुर्ण संस्थागत बिद्यालयहरु अनिश्चितकालका लागि बन्द गरिने

दक्ष युवा परियोजनाको डोनर्स भिजिट सफलतापूर्वक सम्पन्न

विश्वकै छैटौं प्रदूषित सहर काठमाडौं

मधेश प्रदेशका सम्पुर्ण निजी बिद्यालय संघर्षको बाटो रोज्न बाध्य हुने एनप्याबसनको चेतावनी

ट्यांकरको टायर पड्किएर एक जनाको मृत्यु, ५ घाइते

सम्पुर्ण संस्थागत बिद्यालयहरु अनिश्चितकालका लागि बन्द गर्ने निजी बिद्यालयका संघ संगठनको चेतावनी

सुनको मुल्य ओरालो लाग्दै

उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न

छात्रबृति पाएका बिद्यार्थीहरुबाट लिईएको शुल्क कुनै पनि हालतमा फिर्ता गर्दैनौः निजी बिद्यालय

काठमाण्डौ विमानस्थलबाट ५ किलो सुनसहित ३ जना पक्राउ

अमेरिकामा राष्ट्रपति छनौटका लागि आज मतदान हुँदै

काठमाडौंमा बिहानैदेखि वर्षा, हवाइ उडान पनि प्रभावित

अहिलेसम्म मन्त्रीहरुले सम्पत्ति विवरण सार्वजनिक गर्न बेवास्ता गर्दै

यस्तो छ भाईटिकाको शुभ साईत

साफ वुमन्स च्याम्पियनसिपमा भारतलाई ट्राइब्रेकरमा हराउँदै नेपाल फाइनलमा प्रवेश

धारिलो हतियार प्रहारबाट एक जनाको हत्या

१७ जिल्लाको सीडीओ हेरफेर (सूचीसहित)

रवि लामिछानेलाई अनुसन्धानका लागि ७ दिन म्याद थप

पोखरा पुगेर घुमघामको फोटो नहाल्न रास्वपाको कार्यकर्तालाई चेतावनी

मितेरी सहकारी प्रकरणमा प्रहरीले ईन्टरपोलको सहयोग लिने

Leave a Reply

Your email address will not be published. Required fields are marked *