पाठेघरको मुखको क्यान्सरको जोखिम कम गर्न १६ लाख बालिकालाई ‘एचपीभी’ खोप दिइँदै

२१ भदौ, काठमाडौं । सरकारले पाठेघरको मुखको क्यान्सर न्यूनीकरण गर्ने उद्देश्यले बालबालिकालाई ह्युमन प्यामिलोमा भाइरस (एचपीभी) विरुद्धको खोप निशुल्क दिने भएको छ ।
‘ग्लोबल एलायन्स फर भ्याक्सिन एन्ड इमुनाइजेसन’ (गाभी)को सहयोगमा देशभरका १० देखि १४ वर्षसम्मका बालबालिकाई ह्युमन प्यामिलोमा भाइरसविरुद्धको खोप दिन लागिएको हो ।
स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तर्गतको खोप शाखाका प्रमुख डा. अभियान गौतमका अनुसार पुससम्ममा खोप आइसक्ने छ । उनका अनुसार करिब देशभर १० देखि १४ वर्षसम्मका १६ लाख ८८ हजार बालिका छन् ।
‘एचपीभीविरुद्धको खोप पुससम्ममा आइसक्ने गरी गाभीसँग सम्झौता भइसकेको छ । माघदेखि विद्यालय तहमा गएर बालिका दिने योजना बनाएका छौं,’ डा. गौतमले भने, ‘खोप दुई पटक दिनुपर्ने र केही खोप खेर जाने हुँदा करिब ३४ लाख डोज आवश्यक पर्ने देखिन्छ ।’
तर यो अभियान यस वर्षको मात्र होइन । हामी यसलाई नियमित खोपको कार्यक्रममा समावेश गरी १० वर्षको बालिकालाई मात्रै दिने सरकारको योजना छ । ‘अर्को वर्षदेखि यो खोप नियमित खोप कार्यक्रममा समावेश गरिनेछ । जसले गर्दा हरेक वर्ष १० वर्ष उमेरका करिब ३ लाख २० हजार बालिकाहरुले खोप पाउँछन्,’ गौतमले भने, ‘यसवर्ष गाभी सहयोगमा प्राप्त भएको हो । तर नियमित खोप सञ्चालन गरेरपछि सरकारले नै खरिद गर्नुपर्ने हुन्छ ।’
गत वर्ष नै सरकारले एचपीभीविरुद्धको खोप अभियान सञ्चालन गरेको थियो । जसमा सातै प्रदेशका अस्पतालहरुबाट १४ वर्ष उमेरका करिब १० हजार बालिकाहरुलाई खोप दिइएको थियो ।
अब आउने खोप अभियान भने विद्यालय केन्द्रित हुनेछ । ‘हामी विद्यालयहरुमा नै खोप केन्द्र स्थापना गर्नेछौं । यसले गर्दा खोप वितरण प्रक्रिया सहज र प्रभावकारी हुनेछ,’ डा. गौतमले भने ।
यो खोप चीनको इनोभ्याक्स कम्पनीले उत्पादन गरेको सिकोलिन ब्रान्डको हो, जसले विश्व स्वास्थ्य संगठनको मान्यता प्राप्त गरेको छ । यद्यपि यो अभियान मुख्यतया गाभीको सहयोगमा सञ्चालन हुँदैछ ।
चिकित्सकहरूका अनुसार महिलामा हुने क्यान्सरमध्ये पाठेघर मुखको क्यान्सर पहिलो नम्बरमा पर्छ । ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) विरुद्धको खोप लगाए वा समयमै परीक्षण गराए क्यान्सर हुने सम्भावना वा जटिलता एकदमै न्यून हुन्छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को तथ्यांक अनुसार नेपालमा एक लाख महिलामध्ये १४ जनाभन्दा बढीलाई पाठेघर मुखको क्यान्सर हुन्छ । र, वार्षिक २ हजारको मृत्यु हुने गरेको छ ।
नेपालले दक्षिण पूर्वी एसियाको रणनीति अनुसार पाठेघर मुखको क्यान्सरलाई २०३० सम्म जनस्वास्थ्यको समस्याका रूपमा रहन नदिने भन्ने नीति लिएको कारण सरकारले नियमित खोप सञ्चालन गर्ने योजना बनाएको हो ।
चिकित्सकका अनुसार ९ देखि १४ वर्ष भ्याक्सिन लगाउने उपयुक्त उमेर हो । सानो उमेरमा लगाएको खोप बढी प्रभावकारी हुन्छ । किनकि यो उमेरमा बालिका यौनजन्य क्रियाकलापमा सक्रिय भएका हुँदैनन् ।
महिला र पुरुषहरू एचपीभी भाइरससँग सम्पर्कमा आउनुअघि नै खोप पाउन सके त्यसले सबभन्दा राम्रो परिणाम दिन्छ । किनभने खोपले संक्रमण हुनबाट बचाउँछ । तर, शरीरमा पहिला नै भाइरस बसिसकेको भए संक्रमणमुक्त भने बनाउन सक्दैन । सानो उमेरमा लगाएको भ्याक्सिन बढी प्रभावकारी हुने स्त्री रोग विशेषज्ञ डा. कीर्तिपाल सुवेदी बताउँछन् ।
‘सामान्यतया १४ वर्षभन्दा मुनिका बालिकामा यौन सम्पर्क भएको हुँदैन । बालिकाको शरीरमा एचपीभी भाइरसको प्रवेश भएको हुँदैन,’ सुवेदी भन्छन्, ‘भाइरसको प्रवेश गर्नुभन्दा अगाडि नै खोप लगाउन सक्दा बढी प्रभावकारी हुन्छ ।’
मेडिकल अन्कोलोजिस्ट डा. अरुण शाहीका अनुसार, नेपालमा क्यान्सरबाट हुने मृत्युमा पाठेघरको क्यान्सर प्रमुख कारण बन्दै गएको छ । ‘यो एक भयावह स्थिति हो । हामीले २५/३० वर्षका युवा महिलाहरुलाई यस रोगका कारण गुमाइरहेका छौं’, डा. शाही भन्छन् ।
डा. शाहीका अनुसार, ९५ प्रतिशत पाठेघरको मुखको क्यान्सर ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) को कारण हुन्छ । यो भाइरस मुख्यतया यौन सम्पर्कबाट सर्छ । ‘ग्रामीण क्षेत्रका महिलाहरु यस रोगबाट बढी प्रभावित छन् । परिवार नियोजनका साधनहरुको कम प्रयोग र नियमित स्वास्थ्य जाँचको अभावले गर्दा दुर्गम क्षेत्रका महिलाहरु बढी जोखिममा छन्,’ डा. शाही भन्छन् ।
चिकित्सकका अनुसार भाइरसको संक्रमणको प्रमुख कारण कलिलो उमेरमा विवाह गर्ने, कलिलो उमेरमै बच्चा जन्माउने, धेरै बच्चा पाउने, छोटो अन्तरालमा लगातार बच्चा पाउने र धेरै जनासँग यौन सम्बन्ध बनाउने, असुरिक्षत यौन सम्पर्क गर्ने, धेरै धुमपान तथा मद्यपान गर्ने र यौनांगको सरसफाइमा ध्यान नदिनु रहेका छन् ।
एचपीभी खोप केवल पाठेघरको मुखको क्यान्सर मात्र होइन, एचपीभीबाट हुन सक्ने अन्य समस्याहरुबाट पनि बचाउँछ । एचपीभी विरुद्धको खोपले पाठेघर मुखको क्यान्सर, गुदद्वारको क्यान्सर, घाँटी र जनेन्द्रीयहरूको क्यान्सरबाट पनि बचाउँछ ।
‘तर खोप मात्र पर्याप्त छैन । नियमित स्वास्थ्य जाँच पनि उत्तिकै महत्वपूर्ण छ । सुरुआती चरणमा लक्षण नदेखिनसक्छ । त्यसैले नियमित स्क्रिनिङ गराउनु जरुरी छ,’ डा. शाही भन्छन् ।
चिकित्सकका अनुसार स्क्रिनिङको माध्यमबाट पनि सम्भावित संक्रमणबारे थाहा पाउन सकिन्छ । त्यसका लागि भीआईएलाई टेष्ट, प्याप स्मेयर र एचपीबी डीएनए परीक्षण गर्न सकिन्छ ।
पाठेघरको मुखको क्यान्सर सबभन्दा बढी नेपाली महिलामा देखिने स्वास्थ्य सम्बन्धी समस्यामध्ये एक भएकाले सरकारले यो खोपबारे जनचेतना फैलाउनुका साथै सर्वसुलभ रूपमा उपलब्ध गराउनुपर्ने विज्ञ बताउँछन् ।
चिकित्सकका अनुसार पाठेघर मुखको क्यान्सर निको हुने सम्भावना धेरै हुन्छ । पाठेघरको मुखको क्यान्सर पहिलो स्टेज र दोस्रो स्टेजको ‘ए’ स्टेजसम्म छ भने अप्रेसन गर्नुपर्छ । अप्रेसन गर्दा पाठेघर निकालेर फालिन्छ । दोस्रो स्टेजको ‘बी’ देखि लिएर तेस्रो स्टेजमा पुगेपछि किमोथेरापी र रेडियोथेरापी सँगसँगै दिएर उपचार गरिन्छ । चौथो स्टेजमा भने रोग फैलिसकेको हुन्छ ।

Related posts:

उपत्यका विकास प्राधिकरणका सब-इन्जिनियरविरुद्ध साढे ३ करोड भ्रष्टाचार मुद्दा

कर्पोरेसनले भन्यो- चाहिनेजति तेल छ, नआत्तिनू

निजी स्कुलको बसमा आगलागी, विद्यार्थी सकुशल

गुड्दा गुड्दै जमिनमुनि गाडी गायब, भूगर्भविद्‍ले थाले अध्ययन

रौतहटको सुधार केन्द्रमा एक व्यक्तिमाथि निर्घात कुटपिट, प्रहरीले थाल्यो अनुसन्धान

पाटन दरबार क्षेत्रमा सवा करोडमा बन्यो पर्यटक लक्षित ‘कलात्मक अत्याधुनिक शौचालय

धोकापूर्ण सहमति भएको भन्दै विद्यालय कर्मचारी परिषद्ले गर्‍यो नयाँ आन्दोलन घोषणा

अब सवारी लाइसेन्सको अवधि १० वर्ष हुने

इनारमा गाडी खस्दा १२ जनाको मृत्यु

ससुराको हत्या गरी भारतमा लुक्ने ब्यक्ति १५ बर्षपछि प्रहरीकै पोल्ट्रीफार्मबाट पक्राउ

माओवादीबाट निर्वाचित मेयर-उपमेयर नै संलग्न, बागमतीका मेयर थापाविरुद्ध डेढ अर्बको भ्रष्टाचार मुद्दा

१२१ डीएसपीको सरुवा, को कहाँ ? (सूचीसहित)

एकैदिन तोलाको ७५ सय घट्यो सुन

कक्षा १२ को परीक्षा नरोक्ने राष्ट्रिय परीक्षा बोर्डको निर्णय

आज सुन प्रतितोला १ लाख ९१ हजार रुपैयाँ

राजेन्द्र लिङ्देन सिंहदरबारबाट प्रहरी नियन्त्रणमा

पालिकाले गरेको पाठ्यपुस्तक एकरुपतामा केही समुह सक्रिय भई भ्रम फैलाउँदै

उपमहानगरपालिकाको पाठ्यपुस्तक एकरुपताका गर्ने निर्णय स्वागतयोग्य रहेको अभिभावक संघको ठहर

भारतमा नक्सलवादीविरुद्ध सरकारको लडाइँ तीव्र, घाइते सुरक्षाकर्मीको संख्या ३०० प्रतिशतले वृद्धि

अझै बढ्यो सुनको भाउ, तोलाको कति ?

अमेरिकाको हडसन नदीमा हेलिकोप्टर दुर्घटना, ६ जनाको मृत्यु

विद्यालय शिक्षा विधेयकमा ३८ वटा दफामा दफावार छलफल सकियो

सुनको भाउ फेरि उकालो, बढ्यो २ हजार

तिनकुने घटनामा पक्राउ पर्नेको संख्या १४० पुग्यो, पुनः ६ जना पक्राउ

राप्रपाको सभा बल्खुमा हुने

शिक्षक महासंघद्वारा आम शैक्षिक हड्ताल घोषणा

मधेश प्रदेश सभामा २६ गते प्रधानमन्त्रीले सम्बोधन गर्ने

जनकपुर पालिका भित्रका सम्पुर्ण निजी स्कुलले पाठ्यपुस्तकमा एकरुपता गर्ने निर्णय

राजसंस्था पुनःस्थापनाका लागि देशभर संयुक्त आन्दोलन परिचालन समिति गठन गरिने

३ सय किलो गाँजासहित कार चालक पक्राउ

तने बोडीमा देखियो ९२ प्रतिशत विषादी

पियोर इनर्जीको आईपीओ २८ गतेदेखि खुल्ने, कस्तो छ कम्पनी ?

पूर्वराजा ज्ञानेन्द्र अघोषित नजरबन्दमा

तीनकुने घटनामा पक्राउ परेकाहरूलाई आज म्याद थप गरिंदै

परीक्षाको बेला आन्दोलनै आन्दोलन, जिम्मेवार हुन शिक्षा मन्त्रालयको अनुरोध

ओली, देउवा र प्रचण्ड एउटै मञ्चमा

ऊर्जा मन्त्रालयले कुलमानलाई पठायो तीनपन्ने पत्र, लेख्यो पदबाट हटाउनुका १० कारण

विराटनगरको यातायात कार्यालयबाट १२ जना पक्राउ

संस्थागत बिद्यालयहरुलाई पाठ्यपुस्तकको नामावली पेश गर्न ७ दिनको समय थप

राष्ट्रपति पौडेललाई भेट्न शीतल निवास पुगे प्रचण्ड

ज्ञानेन्द्र शाह संवैधानिक राजा हुन पनि लायक छैनन् : देउवा

जनकपुरधाम उपमहानगरपालिकामा कक्षा ८ को परीक्षा शान्तिपुर्ण रुपमा हुँदै

२०८४ सम्म जनताकै साथमा रहन्छु, प्रधानमन्त्री बन्दिनँ : प्रचण्ड

जनकपुरमा एकघण्टा नबित्दै अंग्रेजीको प्रश्नपत्र आउट

ज्ञानेन्द्र शाह गोरखा जाने, गोरखनाथ र मनकामना दर्शन गर्ने

Leave a Reply

Your email address will not be published. Required fields are marked *