अपडेटः त्रिशूली नदीमा खसेको २ वटा बस मध्ये केही यात्रुहरुको नाम खुल्यो

२८ असार, चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदो सहितको पहिरोमा परेका दुवै बस त्रिशूली नदीमा खसेको आशंका प्रहरीले गरेको छ । ती बसमा चालकसहित करिब ६५ यात्रु रहेको अनुमान छ ।
घटनास्थलमा पुगेका चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार आज बिहान करिब साढे तीन बजेतिर वीरगञ्जबाट काठमाडौंतर्फ आइरहेको बागमती प्रदेश १५१६ नम्बरको एन्जल डिलक्स लेखेको बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको नम्बर नखुलेको गणपति डिलक्स लेखेको बस भरतपुर महानगरपालिका वडा नम्बर २९ सिमताल भन्ने स्थानमा पहिरोमा परेका थिए ।
यादवका अनुसार गौर जाँदै गरेको बसमा ४१ र काठमाडौं आउँदै गरेको बसमा २४ जना यात्रु रहेको अनुमान छ ।
चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको सिमलताल भन्ने स्थानमा पुरिएको गणपति डिलक्सको बसमा चालक र सहचालकसहित ३१ यात्रु रहेको खुलेको छ ।
काठमाडौंस्थित टिकट बुकिङ इञ्चार्ज दीपु कुमारका अनुसार काठमाडौंको नयाँबसपार्कबाट गौर प्रस्थान गरेको ०००१ ख २४९५ नम्बरको बसमा चालक, सहचालक र २७ यात्रु गरी जम्मा २९ जना थिए । दुई जना बीच बाटोबाट चढेका थिए । बस किशोर कुमार चौधरीले चलाएका थिए ।
सो बसका यात्रुहरुको विवरणमा पूरा नाम र ठेगाना भने लेखिएको छैन । नन्दन दास, राज पटेल, प्रिन्स जैशवाल र ओकिल खाँको नाम मात्र पूरा लेखेको देखिन्छ ।
यसैगरी नन्दु, अमिता, हरिचन्द्र, शम्भु, नवीन, ओम, राजकिशोर, शैलेन्द्र लगायतको नामबाट सिट बुक भएको छ ।
नन्दुको नामबाट ५ जनाको सिट बुक भएको देखिन्छ । यसैगरी शन्तु र नवीनको नामबाट ४ जनाको सिट बुक भएको छ । जोरपाटी काउन्टरका लागि ५ सिट छुट्याइएको छ । जोरपाटीबाट चढेका यात्रुहरुको नाम पनि उल्लेख छैन ।
काठमाडौंबाट गौरका लागि छुटेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौंतर्फ गइरहेको एन्जल डिलक्सका दुईवटा बसलाई आज बिहान करिब साढे तीन बजे चितवनको भरतपुर महानगरपालिका–२९ सिमताल भन्ने स्थानमा लेदो माटोसहितको पहिरोले पुरेको थियो ।
काठमाडौंबाट गौर जाँदै गरेको बसका तीन जना यात्रुहरु भने हामफालेर ज्यान जोगाउन सफल भएका छन् । अन्य यात्रुहरुको अवस्था अज्ञात छ । घटनास्थलमा खोजी र उद्धार कार्य जारी छ ।
गएराति चितवन पहिरोमा परेर बेपत्ता बनेको एन्जल डिलक्स बस वीरगञ्चबाट चालकसहित २४ जना यात्रु लिएर काठमाडौ‌का लागि छुटेको खुलेको छ । त्यसमा केही यात्रु भारतीय पनि थिए ।
प्रदेश ०३००६ ख १५१६ नं. को सो बसमा बीच बाटोमा यात्रु चढेका थिए वा थिएनन् भन्ने एकीन भइसकेको छैन । सो बस आज बिहान चितवनको सिमतालमा पहिरोमा परेको थियो ।
चालक जवाहिर महतोले हाँकेको उक्त बस वीरगञ्जबाट बिहीबार साँझ ८ बजे काठमाडौंका लागि छुटेको थियो ।
एञ्जल डिलक्सको बा प्र ०३००६ ख १५१६ नम्बरको बसमा सवार चालक दल तथा यात्रुको नाम प्राप्त भएको छ । वीरगंजको प्रतिमाचोकबाट छुट्दा बसले दिएको यात्रुको विवरणमा गाडी साहु, चालक, सहचालकबाहेक २१ यात्रु रहेको बताइएको छ । तीमध्ये ७ भारतीय पनि थिए ।
बस पर्साको रंगपुरबाट काठमाडौँ चल्ने गरेको बताइएको छ । गाडीमा सवारहरुको प्रारम्भिक नाम यस्तो छः
१. बससाहुः राजेन्द्र केसी
२. चालकः नगवाका जवाहिर महतो
३. सहचालक, चौधरी थरका
यात्रुहरु २१ जना
१.अन्सारीजी
२. अरविन्द दुवे
३. सन्तोष (मकालु सैलुन)
४. सुरेन्द्र साह (फलफूल)
५. आवीन्दजी
६. हरिन्द्र पण्डित
७. सुनिल
८. शेहनबाज आलम
९. प्रकाश (पिप्रा)
१०. प्रमानन्द
११. हृदय नारायण राउतसहित ३ जना
१२. सलिम मिया र उनका पत्न्नी जैनबर खातुन (काठमाडौँमा उपचारका लागि हिँडेका)
१३. रैजुल आलमसहित २ जना
बसमा मुसर्वाबाट ७ भारतीय चढेको पनि उल्लेख छ ।

Related posts:

उपत्यका विकास प्राधिकरणका सब-इन्जिनियरविरुद्ध साढे ३ करोड भ्रष्टाचार मुद्दा

कर्पोरेसनले भन्यो- चाहिनेजति तेल छ, नआत्तिनू

निजी स्कुलको बसमा आगलागी, विद्यार्थी सकुशल

गुड्दा गुड्दै जमिनमुनि गाडी गायब, भूगर्भविद्‍ले थाले अध्ययन

रौतहटको सुधार केन्द्रमा एक व्यक्तिमाथि निर्घात कुटपिट, प्रहरीले थाल्यो अनुसन्धान

पाटन दरबार क्षेत्रमा सवा करोडमा बन्यो पर्यटक लक्षित ‘कलात्मक अत्याधुनिक शौचालय

धोकापूर्ण सहमति भएको भन्दै विद्यालय कर्मचारी परिषद्ले गर्‍यो नयाँ आन्दोलन घोषणा

अब सवारी लाइसेन्सको अवधि १० वर्ष हुने

इनारमा गाडी खस्दा १२ जनाको मृत्यु

ससुराको हत्या गरी भारतमा लुक्ने ब्यक्ति १५ बर्षपछि प्रहरीकै पोल्ट्रीफार्मबाट पक्राउ

माओवादीबाट निर्वाचित मेयर-उपमेयर नै संलग्न, बागमतीका मेयर थापाविरुद्ध डेढ अर्बको भ्रष्टाचार मुद्दा

१२१ डीएसपीको सरुवा, को कहाँ ? (सूचीसहित)

एकैदिन तोलाको ७५ सय घट्यो सुन

कक्षा १२ को परीक्षा नरोक्ने राष्ट्रिय परीक्षा बोर्डको निर्णय

आज सुन प्रतितोला १ लाख ९१ हजार रुपैयाँ

राजेन्द्र लिङ्देन सिंहदरबारबाट प्रहरी नियन्त्रणमा

पालिकाले गरेको पाठ्यपुस्तक एकरुपतामा केही समुह सक्रिय भई भ्रम फैलाउँदै

उपमहानगरपालिकाको पाठ्यपुस्तक एकरुपताका गर्ने निर्णय स्वागतयोग्य रहेको अभिभावक संघको ठहर

भारतमा नक्सलवादीविरुद्ध सरकारको लडाइँ तीव्र, घाइते सुरक्षाकर्मीको संख्या ३०० प्रतिशतले वृद्धि

अझै बढ्यो सुनको भाउ, तोलाको कति ?

अमेरिकाको हडसन नदीमा हेलिकोप्टर दुर्घटना, ६ जनाको मृत्यु

विद्यालय शिक्षा विधेयकमा ३८ वटा दफामा दफावार छलफल सकियो

सुनको भाउ फेरि उकालो, बढ्यो २ हजार

तिनकुने घटनामा पक्राउ पर्नेको संख्या १४० पुग्यो, पुनः ६ जना पक्राउ

राप्रपाको सभा बल्खुमा हुने

शिक्षक महासंघद्वारा आम शैक्षिक हड्ताल घोषणा

मधेश प्रदेश सभामा २६ गते प्रधानमन्त्रीले सम्बोधन गर्ने

जनकपुर पालिका भित्रका सम्पुर्ण निजी स्कुलले पाठ्यपुस्तकमा एकरुपता गर्ने निर्णय

राजसंस्था पुनःस्थापनाका लागि देशभर संयुक्त आन्दोलन परिचालन समिति गठन गरिने

३ सय किलो गाँजासहित कार चालक पक्राउ

तने बोडीमा देखियो ९२ प्रतिशत विषादी

पियोर इनर्जीको आईपीओ २८ गतेदेखि खुल्ने, कस्तो छ कम्पनी ?

पूर्वराजा ज्ञानेन्द्र अघोषित नजरबन्दमा

तीनकुने घटनामा पक्राउ परेकाहरूलाई आज म्याद थप गरिंदै

परीक्षाको बेला आन्दोलनै आन्दोलन, जिम्मेवार हुन शिक्षा मन्त्रालयको अनुरोध

ओली, देउवा र प्रचण्ड एउटै मञ्चमा

ऊर्जा मन्त्रालयले कुलमानलाई पठायो तीनपन्ने पत्र, लेख्यो पदबाट हटाउनुका १० कारण

विराटनगरको यातायात कार्यालयबाट १२ जना पक्राउ

संस्थागत बिद्यालयहरुलाई पाठ्यपुस्तकको नामावली पेश गर्न ७ दिनको समय थप

राष्ट्रपति पौडेललाई भेट्न शीतल निवास पुगे प्रचण्ड

ज्ञानेन्द्र शाह संवैधानिक राजा हुन पनि लायक छैनन् : देउवा

जनकपुरधाम उपमहानगरपालिकामा कक्षा ८ को परीक्षा शान्तिपुर्ण रुपमा हुँदै

२०८४ सम्म जनताकै साथमा रहन्छु, प्रधानमन्त्री बन्दिनँ : प्रचण्ड

जनकपुरमा एकघण्टा नबित्दै अंग्रेजीको प्रश्नपत्र आउट

ज्ञानेन्द्र शाह गोरखा जाने, गोरखनाथ र मनकामना दर्शन गर्ने

Leave a Reply

Your email address will not be published. Required fields are marked *