प्रचण्ड नेतृत्वको सरकार संकटमा

१८ असार, काठमाडौं । कांग्रेस र एमालेबीच गएराति राष्ट्रिय सहमतिको सरकार बनाउने समझदारीसँगै १८ महिना अघि गठन भएको प्रचण्ड नेतृत्वको सरकार संकटमा परेको छ । सत्तारुढ एमाले वा कुनै दलले सरकारको समर्थन फिर्ता लिएपछि अब अर्को सरकार गठनको संवैधानिक प्रक्रिया शुरु हुने देखिन्छ ।
गएरातिको सहमतिसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिएमा राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनको प्रक्रिया शुरु गर्नुपर्ने हुन्छ । तर उनले तत्काल राजीनामा नदिएमा भने सत्तारुढ दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मात्रै नयाँ सरकार गठनको प्रक्रिया शुरु हुनेछ ।
अब नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउन एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने र आफ्ना मन्त्रीहरुलाई राजीनामा दिन लगाएर फिर्ता बोलाउने सम्भावना रहन्छ । नेपालको संविधानको धारा १०० मा प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।
एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएमा प्रधानमन्त्री दाहालले तत्काल राजीनामा दिन सक्नेछन् । राजीनामा नदिएमा विश्वासको मत लिने अधिकतम अवधिसम्म उनी सरकारमा रहने संवैधानिक आधार कायम हुनेछ । उनले राजीनामा नदिए बढीमा १८ साउनसम्म प्रचण्ड सरकार कायम हुने सम्भावना रहन्छ ।
प्रधानमन्त्री दाहालले राजीनामा दिएमा वा प्रतिनिधिसभामा विश्वासको मत नपाएर उनी पदमुक्त भएमा राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनको आह्वान गर्नुपर्ने हुन्छ । संविधानको धारा ७६(१) मा प्रतिनिधिसभामा बहुमतप्राप्त पार्टीको संसदीय दलको नेता प्रधानमन्त्री हुने व्यवस्था छ ।
अहिले प्रतिनिधिसभामा कसैको पनि स्पष्ट बहुमत नभएकाले धारा ७६(२) अनुसार सरकार गठनको प्रक्रिया अघि बढाउनुपर्ने हुन्छ । संविधानको धारा ७६(२) मा दुई वा त्यो भन्दा बढी पार्टीको समर्थन पाउने दलको नेता प्रधानमन्त्री हुने व्यवस्था छ ।
कतिपयले भने अब संविधानको धारा ७६(३)को सरकार गठन प्रक्रिया अघि बढ्ने जिकिर गरेका छन् । संविधानको धारा ७६(३)मा दुई वा बढी दलले संयुक्त सरकार बनाउन नसकेमा प्रतिनिधिसभामा सबैभन्दा बढी सिट भएको दलको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्नसक्ने व्यवस्था छ ।
१० पुस, २०७९ मा पुष्पकमल दाहाल प्रचण्ड संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री बनेका थिए । प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिएमा अनि प्रतिनिधिसभामा विश्वासको मत लिन नसकेमा धारा ७६(३) अनुसारको प्रक्रिया अनुसार शेरबहादुर देउवा स्वतः प्रधानमन्त्री हुने कतिपयको तर्क छ ।
प्रतिनिधिसभा विघटन र प्रदेश सरकार गठनका केही विवादमा सर्वोच्च अदालतले विश्वासको मत पाएको प्रधानमन्त्रीले राजीनामा दिएमा वा पदमुक्त भएमा फेरि शुरुदेखि नै सरकार गठनको प्रक्रिया शुरु गर्नुपर्ने भनी व्याख्या गरेको थियो ।
मनमोहन अधिकारीको पालामा भएको प्रतिनिधिसभा विघटनदेखि शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिँदा सर्वोच्च अदालतले अर्को सरकार गठन हुने विकल्प भएसम्म मध्यावधि निर्वाचनमा जान नहुने व्याख्या गरेको थियो ।
प्रतिनिधिसभाको प्रमुख काम नै सरकार बनाउने भएकाले सरकार दिन नसकेमा मात्रै विघटनमा जाने मान्यता स्थापित भएको थियो । पछिल्लो पटक कोशीको फैसलामा समेत त्यसले निरन्तरता पायो ।
२०७७ पुसमा भएको पहिलो प्रतिनिधिसभा विघटनमा सर्वोच्च अदालतले संक्षिप्त आदेशमार्फत यही व्याख्या गरेको थियो । त्यतिबेला सर्वोच्च अदालतले भनेको थियो, ‘धारा ७६ को १ देखि ७ को समग्र बनोट हेर्दा एकपछि अर्को प्रक्रियागत अभ्यासको रुपमा प्रधानमन्त्री नियुक्त हुन नसकेमा वा विश्वासको मत प्राप्त गर्न नसकेमा तत्काल बहाल प्रधानमन्त्रीको सिफािरसमा विघटन हुने संवैधानिक व्यवस्था देखिन्छ ।’
११ साउन, २०८० मा कोशी सरकार गठनको विषयमा पनि सर्वोच्च अदालतको यस्तै व्याख्या थियो । त्यतिबेला संविधानको धारा १६८(५) बमोजिमको सरकार बनेर विश्वासको मत पाइसकेपछि कथंकदाचित सरकार ढलेमा फेरि शुरुदेखि प्रक्रिया अघि बढ्नुपर्ने ब्याख्या भएको थियो ।
‘संसद विघटनको सन्दर्भमा उठेका विवादहरुमा यस अदालतले रविराज भण्डारीदेखि शेरबहादुर देउवासम्म संसदभित्र विकल्प रहेसम्म संसदभित्रबाटै सरकार गठनको प्रक्रिया गरिनुपर्छ भन्ने मान्यता राखी आदेशहरु जारी गरेको अवस्था छ’ फैसलामा भनिएको थियो, ‘संविधानको धारा १६८(२)(३) लगायत संवैधानिक अभ्यासको दृष्टिले हेर्दा पनि सरकार गठनका लागि उक्त धारा १६८(२)बमोजिमको विकल्प रहेसम्म सो विकल्प अपनाउनु नै मनासिव हुन्छ ।’
कानुनका जानकार के भन्छन् ?
अधिवक्ता ओमप्रकाश अर्याल, प्रचण्ड नेतृत्वको सरकार जसरी ढले पनि संविधानको धारा ७६ अनुसार शुरुवाती प्रक्रियाबाट अघि बढ्ने बताउँछन् ।
उनका अनुसार, प्रधानमन्त्रीले राजीनामा दिएमा वा विश्वासको मत नपाए पदमुक्त भएमा समेत शुरुबाट नै सरकार गठनको प्रक्रिया अघि बढ्नुपर्ने व्याख्या भएको छ ।
‘प्रतिनिधिसभा विघटन र प्रदेश सरकार गठनका कैयौ विवादमा सर्वोच्च अदालतले वैकल्पिक सरकार गठनका अधिकतम उपाय अभ्यास गर्नु भनेको छ । पछिल्लो कोशी सरकार गठनको विवादमा पनि यस्तै फैसला छ’ संवैधानिक कानून व्यवसायी मञ्चका अध्यक्ष समेत रहेका अर्याल भन्छन्, ‘सरकार गठन हुनासाथ ३० दिनमा विश्वासको मत नपाएको भए अगाडिको प्रक्रियामा जान्थ्यो । अहिले त्यो परिस्थिति होइन ।’

Related posts:

घुर सल्किएर आगलागी हुँदा २ दर्जन जति खसीबीख्रा मरे

माघमा १८ बैंकको ब्याजदर स्थिर, दुईको हेरफेर

लक्ष्मिनिया गाउँपालिकामा एकल महिलाहरुका लागि एक विशेष परियोजना सञ्चालन

मन्त्रालयको स्पष्टीकरण पछि कुलमानले बुझाए कार्यसम्पादन विवरण

पूर्वपश्चिम राजमार्ग विस्तारका क्रममा भेटियो चार वटा सिलिन्डर बम

चीनमा भूकम्पबाट १२६ जनाको मृत्यु

आज बिहानको भूकम्पमा परी चीनमा ३२ जनाको मृत्यु, ३८ जना घाइते

मधेशको कृषि मन्त्रालयका तत्कालीन सचिवसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

पाँचदिन अघि बेपत्ता भएका इँटा व्यवसायीको शव गाडेको अवस्थामा फेला

सशस्त्र प्रहरीमा एक हजार भन्दा धेरै जनाका लागि भर्ना खुल्यो

विद्यार्थीले घरमा गरेको कामको मूल्याङ्न गरेर नम्बर दिने निर्णय

स्वास्थ्य चौकीबाट ३ सेट कम्युटर र प्रिन्टर चोरी

एमालेबाट निष्कासनमा परेका नेता भीम रावलले पार्टी घोषणा गर्ने

आज बिहान भएको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ६४ पुग्यो

कर्मचारी सचेत नहुँदा अधिकांश पालिकाका वेबसाइट ह्याक

एन प्याबसनको आग्रहमा संस्थागत बिद्यालयहरुले आज तुलसी पूजन दिवस मनाउँदै

गोली चल्दा २ पत्रकारसहित ३ जनाको मृत्यु

एन प्याबसन जनकपुरले भोली बिद्यालयहरुमा बिबिध कार्यक्रम गरी तुलसी पूजन मनाउने

ललितपुरमा एक किशोरको हत्या, ३ जना पक्राउ

नक्कली बुवा बनेर बहुविवाह गराएको आरोपमा एक जना पक्राउ

टिकटक बनाउने क्रममा लडेर शिक्षिका र विद्यार्थीको मृत्यु

सुदूरपश्चिमले जनकपुरलाई दियो १८५ रनको लक्ष्य

विद्युत प्राधिकरणमा खुल्यो १ हजार ८३ जनालाई रोजगारी

दुर्गामन्दिर परिसरमा अन्दाजी ६० वर्षीय पुरुषको शव फेला

डुंगा दुर्घटना हुँदा १३ जनाको मृत्यु

स्रोत नखुलेको ६८ लाख नगदसहित ४ जना पक्राउ

नेपालमा बैंक लुटपाटमा संलग्न भारतीय लुटेरा पक्राउ

सुदूरपश्चिम र जनकपुरले क्वालिफायर खेल्ने, कर्णाली र चितवनले एलिमिनेटर खेल्ने

विराटनगरले काठमान्डुलाई दियो ११८ रनको लक्ष्य

सुदूरपश्चिम द्धारा जनकपुर सामु १२४ रनको लक्ष्य प्रस्तुत

स्कारपियो दुर्घटना हुँदा ८ जनाको मृत्यु

झ्यालमा बाँधिएको अवस्थामा एक कर्मचारीको शव फेला

दलान नेपालद्धारा लक्ष्मीनिया गाउँपालिकामा १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान

अयोध्याबाट नेपाल आइपुगे ५०० जन्ती, आज धनुषयज्ञ (भिडियो सहित)

विवाहपञ्चमी महोत्सवको दोस्रो दिन आज फूलबारी लिला मनाइँदै (भिडियो सहित)

जनकपुरमा विवाहपञ्चमी महोत्सव सुरु, आज नगरदर्शन

विराटनगर किंग्सलाई ८ विकेटले हराउँदै जनकपुर बोल्ट्सको विजयी सुरुवात

कुशवाहाको हत्याका मुख्य आरोपी नेपाली सेनाका भगौडा

तिस दिनभित्र माग सम्बोधन हुने शर्तमा भोलीदेखि निजी बिद्यालयहरु खुल्ने

सुनको मूल्य करीब १६ हजारले घट्यो

पालिकाको आग्रहलाई बेवास्ता गर्दै संस्थागत बिद्यालयहरु बन्द राख्ने निर्णय, खोलाईदिन जनकपुरवासीसँग अपि...

बिद्यालय नखोले कारबाही गर्ने पालिकाको चेतावनी, बन्द यथाबत राख्ने संगठनको अडान कायमै

यात्रुबाहक बसमा आक्रमण हुँदा ४१ जनाको मृत्यु

आईपीओ निष्कासन नहुँदा ७७ कम्पनी पाइपलाइनमा (कम्पनीको नाम र शेयर संख्या सहित)

अधिकांश सिमेन्ट उद्योगहरू संकटमा, नेपालमा ६० सिमेन्ट उद्योग रहेकामा ४५ वटाले उत्पादन रोके

बिहिबार देखि धनुषाभरिका बिद्यालय बन्द गर्नेछौः एनप्याबसन

चेक बाउन्स मुद्दामा २ वर्ष कैद सजाय पाएका फरार गुन्डा नाइके लामा पक्राउ

भोली सोमबारदेखि सम्पुर्ण संस्थागत बिद्यालयहरु अनिश्चितकालका लागि बन्द गरिने

दक्ष युवा परियोजनाको डोनर्स भिजिट सफलतापूर्वक सम्पन्न

विश्वकै छैटौं प्रदूषित सहर काठमाडौं

मधेश प्रदेशका सम्पुर्ण निजी बिद्यालय संघर्षको बाटो रोज्न बाध्य हुने एनप्याबसनको चेतावनी

ट्यांकरको टायर पड्किएर एक जनाको मृत्यु, ५ घाइते

सम्पुर्ण संस्थागत बिद्यालयहरु अनिश्चितकालका लागि बन्द गर्ने निजी बिद्यालयका संघ संगठनको चेतावनी

सुनको मुल्य ओरालो लाग्दै

उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न

छात्रबृति पाएका बिद्यार्थीहरुबाट लिईएको शुल्क कुनै पनि हालतमा फिर्ता गर्दैनौः निजी बिद्यालय

काठमाण्डौ विमानस्थलबाट ५ किलो सुनसहित ३ जना पक्राउ

अमेरिकामा राष्ट्रपति छनौटका लागि आज मतदान हुँदै

काठमाडौंमा बिहानैदेखि वर्षा, हवाइ उडान पनि प्रभावित

अहिलेसम्म मन्त्रीहरुले सम्पत्ति विवरण सार्वजनिक गर्न बेवास्ता गर्दै

यस्तो छ भाईटिकाको शुभ साईत

साफ वुमन्स च्याम्पियनसिपमा भारतलाई ट्राइब्रेकरमा हराउँदै नेपाल फाइनलमा प्रवेश

धारिलो हतियार प्रहारबाट एक जनाको हत्या

१७ जिल्लाको सीडीओ हेरफेर (सूचीसहित)

रवि लामिछानेलाई अनुसन्धानका लागि ७ दिन म्याद थप

पोखरा पुगेर घुमघामको फोटो नहाल्न रास्वपाको कार्यकर्तालाई चेतावनी

मितेरी सहकारी प्रकरणमा प्रहरीले ईन्टरपोलको सहयोग लिने

केटी साथीलाई भेट्न नदिएको भन्दै आफ्नै साथीको हत्या

रवि लामिछानेलाई अदालत उपस्थित गराउनु अघि पोखराको सुरक्षा व्यवस्था कडा

दिनदिनै नयाँ कीर्तिमान बनाउँदै सुन, शुक्रबार तोलामै २ हजार बढ्यो

Leave a Reply

Your email address will not be published. Required fields are marked *