१७ असार, जनकपुरधाम । धनुषामा जन्ती बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । सर्लाहीबाट जन्ती लिएर लहान जाँदै गरेको ना ४ ख ४४९२ नम्बरको बस पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाको गणेशमान चारनाथ नगरपालिका ८ पोर्ताहामा सडक छेउमा पल्टेर दुर्घटना भएको हो ।
राति ९ बजेतिर भएको बस दुर्घटनामा १५ जना घाइते भएको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ । प्रहरीका अनुसार घाइते मध्ये एकजना मध्यम र अन्य सबै समान्य रहेका छन् ।
धनुषामा भएको बस दुर्घटनामा घाइते भएकाहरुको नामावली :
सर्लाहीको कौडेना गाउँपालिका ६ का ६० वर्षीय जयन्दर राय, ३२ वर्षीय मनोज कुमार यादव, ५४ वर्षीय ससुखन यादव, विरेन्द्र रायका ७ वर्षीय छोरा निगम राय, ६५ वर्षीय केबट बैठा रहेका छन्। यस्तै सर्लाही विष्णुपुर गाउँपालिका ८ का ३७ वर्षीय राधेश्याम प्रसाद यादव, ६० वर्षीय टेकन राय, ६५ वर्षीय दिप नारायण यादव, ६२ वर्षीय बिन्देश्वर राय, ७० वर्षीय लाल बाबु राय, २८ वर्षीय विजय कुमार साह रहेका छन्। त्यसैगरी ६० वर्षीय जगदिश राय, ६० वर्षीय कपिलेश्वर राय पनि घाइते भएका छन्। घाइते मध्ये प्रायःको अवस्था सामान्य रहेको छ भने जयन्दर रायको अवस्था मध्यम रहेको छ। उनीहरुको गोदार स्थित रिया पोलिक्लिनिकमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटना पश्चात बस चालक फरार रहेको र उनको खोजी कार्य भइरहेको छ ।