शैक्षिक सुधारका बिषयमा पालिकाको चासो, सम्बन्धित पक्षसँग छलफल

९ जेठ, जनकपुरधाम । शैक्षिक सुधारका लागि जनकपुर उपमहानगरपालिकाले नीजि विद्यालयका प्रधानाध्यापक, सञ्चालक तथा सम्बन्धित पक्षहरुसँग छलफल गरेको छ ।

जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोजकुमार साह तथा प्रमुख प्रशासकिय अधिकृत टेकराज पन्थी लगायतको उपस्थितिमा विद्यालयको गुणस्तरीयता कायम राख्न अपनाउन सकिने उपायका विषयमा छलफल भएको छ । प्याब्सन, एनप्याब्सन तथा मधेस प्याब्सन सम्बद्ध विद्यालयका प्रधानाध्यापक तथा सञ्चालकहरु सहितको उपस्थितिमा भएको सो छलफल कार्यक्रममा नगरप्रमुख साहले नगरभित्रका विद्यालयहरुमा शैक्षिक गतिविधि सुधार, अवैध विद्यालयमाथी निगरानी, परिक्षा प्रणालीमा सुधार लगायतका विषयमा कदम चाल्न उपमहानगर सदैव तयार रहने प्रतिवद्धता व्यक्त गरे । उनले बिना इजाजत संचालित विद्यालयलाई कारवाही गर्न तयार रहेपनि संघिय शिक्षा ऐनको अभावमा कतिपय कदम चाल्न अप्ठ्यारो भईरहेको ईंिकत गरे ।

२०२८ को शिक्षा ऐनलाई टेकेर उपमहानगरले स्थानीय शिक्षा ऐन निर्माण गरेको बताउँदै उनले उपमहानगरको शैक्षिक स्तर सुधारका लागि हरसम्भव प्रयास गरिने प्रतिबद्धता जनाए ।

छलफलमा सहभागी एनप्याब्सनका जनकपुरधाम नगर अध्यक्ष दिपक ठाकुरले दर्ताबिनाका विद्यालयहरुलाई अबिलम्ब बन्द गर्नुपर्ने सुझाव दिएका थिए । उनले भने, ‘दर्ताबिनाका विद्यालयहरुलाई या त बन्द गर्नुपर्छ नभए प्रक्रिया पुर्याएर वैधता प्रदान गर्नुपर्छ । त्यसपछि हाम्रो कुनै आपत्ति रहने छैन ।’

उनले उपमहानगरले यहाँका अवैध विद्यालयहरुलार्ई तत्कालै विद्यालय बन्द गर्न र दर्ताको प्रक्रियामा आउन आह्वान गर्दै चिठ्ठीसमेत काटिसक्दा पनि बेवास्ता गर्नु दुःखद रहेको सुनाए ।

ठाकुरले पाठ्यक्रममा मैथिली समावेश गर्न उपमहानगरसँग माग गर्दै परीक्षा प्रणालीमा सुधार हुनुपर्ने र पुरानै पाठ्यक्रम अध्यापन गराइरहेका केही विद्यालयहरुमाथि कारवाही गर्नसमेत माग गरे । उनले उपमहानगरले शैक्षिक सुधारका लागि चाँडै केही पहल नगरे प्याब्सन र एनप्याब्सनले कुनै सहकार्य नगर्ने चेतावनी समेत दिए ।

उपमहानगरले यसअघि समुदायिक विद्यालयका प्रधानाध्यापकहरुसँग पनि सम्वाद गरिसकेको छ ।

 

Related posts:

उपत्यका विकास प्राधिकरणका सब-इन्जिनियरविरुद्ध साढे ३ करोड भ्रष्टाचार मुद्दा

कर्पोरेसनले भन्यो- चाहिनेजति तेल छ, नआत्तिनू

निजी स्कुलको बसमा आगलागी, विद्यार्थी सकुशल

गुड्दा गुड्दै जमिनमुनि गाडी गायब, भूगर्भविद्‍ले थाले अध्ययन

रौतहटको सुधार केन्द्रमा एक व्यक्तिमाथि निर्घात कुटपिट, प्रहरीले थाल्यो अनुसन्धान

पाटन दरबार क्षेत्रमा सवा करोडमा बन्यो पर्यटक लक्षित ‘कलात्मक अत्याधुनिक शौचालय

धोकापूर्ण सहमति भएको भन्दै विद्यालय कर्मचारी परिषद्ले गर्‍यो नयाँ आन्दोलन घोषणा

अब सवारी लाइसेन्सको अवधि १० वर्ष हुने

इनारमा गाडी खस्दा १२ जनाको मृत्यु

ससुराको हत्या गरी भारतमा लुक्ने ब्यक्ति १५ बर्षपछि प्रहरीकै पोल्ट्रीफार्मबाट पक्राउ

माओवादीबाट निर्वाचित मेयर-उपमेयर नै संलग्न, बागमतीका मेयर थापाविरुद्ध डेढ अर्बको भ्रष्टाचार मुद्दा

१२१ डीएसपीको सरुवा, को कहाँ ? (सूचीसहित)

एकैदिन तोलाको ७५ सय घट्यो सुन

कक्षा १२ को परीक्षा नरोक्ने राष्ट्रिय परीक्षा बोर्डको निर्णय

आज सुन प्रतितोला १ लाख ९१ हजार रुपैयाँ

राजेन्द्र लिङ्देन सिंहदरबारबाट प्रहरी नियन्त्रणमा

पालिकाले गरेको पाठ्यपुस्तक एकरुपतामा केही समुह सक्रिय भई भ्रम फैलाउँदै

उपमहानगरपालिकाको पाठ्यपुस्तक एकरुपताका गर्ने निर्णय स्वागतयोग्य रहेको अभिभावक संघको ठहर

भारतमा नक्सलवादीविरुद्ध सरकारको लडाइँ तीव्र, घाइते सुरक्षाकर्मीको संख्या ३०० प्रतिशतले वृद्धि

अझै बढ्यो सुनको भाउ, तोलाको कति ?

अमेरिकाको हडसन नदीमा हेलिकोप्टर दुर्घटना, ६ जनाको मृत्यु

विद्यालय शिक्षा विधेयकमा ३८ वटा दफामा दफावार छलफल सकियो

सुनको भाउ फेरि उकालो, बढ्यो २ हजार

तिनकुने घटनामा पक्राउ पर्नेको संख्या १४० पुग्यो, पुनः ६ जना पक्राउ

राप्रपाको सभा बल्खुमा हुने

शिक्षक महासंघद्वारा आम शैक्षिक हड्ताल घोषणा

मधेश प्रदेश सभामा २६ गते प्रधानमन्त्रीले सम्बोधन गर्ने

जनकपुर पालिका भित्रका सम्पुर्ण निजी स्कुलले पाठ्यपुस्तकमा एकरुपता गर्ने निर्णय

राजसंस्था पुनःस्थापनाका लागि देशभर संयुक्त आन्दोलन परिचालन समिति गठन गरिने

३ सय किलो गाँजासहित कार चालक पक्राउ

तने बोडीमा देखियो ९२ प्रतिशत विषादी

पियोर इनर्जीको आईपीओ २८ गतेदेखि खुल्ने, कस्तो छ कम्पनी ?

पूर्वराजा ज्ञानेन्द्र अघोषित नजरबन्दमा

तीनकुने घटनामा पक्राउ परेकाहरूलाई आज म्याद थप गरिंदै

परीक्षाको बेला आन्दोलनै आन्दोलन, जिम्मेवार हुन शिक्षा मन्त्रालयको अनुरोध

ओली, देउवा र प्रचण्ड एउटै मञ्चमा

ऊर्जा मन्त्रालयले कुलमानलाई पठायो तीनपन्ने पत्र, लेख्यो पदबाट हटाउनुका १० कारण

विराटनगरको यातायात कार्यालयबाट १२ जना पक्राउ

संस्थागत बिद्यालयहरुलाई पाठ्यपुस्तकको नामावली पेश गर्न ७ दिनको समय थप

राष्ट्रपति पौडेललाई भेट्न शीतल निवास पुगे प्रचण्ड

ज्ञानेन्द्र शाह संवैधानिक राजा हुन पनि लायक छैनन् : देउवा

जनकपुरधाम उपमहानगरपालिकामा कक्षा ८ को परीक्षा शान्तिपुर्ण रुपमा हुँदै

२०८४ सम्म जनताकै साथमा रहन्छु, प्रधानमन्त्री बन्दिनँ : प्रचण्ड

जनकपुरमा एकघण्टा नबित्दै अंग्रेजीको प्रश्नपत्र आउट

ज्ञानेन्द्र शाह गोरखा जाने, गोरखनाथ र मनकामना दर्शन गर्ने

Leave a Reply

Your email address will not be published. Required fields are marked *