२५ हजार भन्दा बढी शिक्षकको जागिर गुम्यो, ब्याजसहित तलब फिर्ता गर्नुपर्ने

१७ वैशाख, काठमाडौं । भारतको कलकत्ता उच्च अदालतले पश्चिम बंगाल राज्यका २५ हजार ७५३ शिक्षकको नियुक्ति खारेज गरिदिएपछि करिब १३ हजार सरकारी स्कुलको पढाइ प्रभावित भएको छ ।

पढाइ प्रभावित भएपछि पश्चिम बंगाल सरकार र अभिभावकहरु सर्वोच्च अदालत पुगेका छन् । सो मुद्दामा सोमबार (आज) पेशी तोकिएको छ ।

उच्च अदालतले सन् २०१६ मा स्कुल सेवा आयोगले शिक्षक भर्नाका लागि लिएको परीक्षामा अनियमितता भएको ठहर गर्दै उक्त परीक्षा पास गरी नियुक्त भएका सबै शिक्षकहरुको नियुक्ति खारेज हुने फैसला गत सोमबार गरेको थियो ।

साथै ती शिक्षकहरुले सात वर्षको अवधिमा खाइपाइ आएको तलब चार हप्ताभित्र १२ प्रतिशत ब्याजसहित सरकारलाई फिर्ता गर्न पनि अदालतले आदेश दिएको थियो । जागिर पनि गुम्ने र तलबभत्ता पनि ब्याजसहित फिर्ता गर्नुपर्ने उच्च अदालतको फैसलाबाट शिक्षकहरु तनावमा छन् ।

उनीहरु मंगलबारदेखि नै कलकत्ताको शहीद मिनार मैदानमा धर्ना जारी राखेका छन् । साथै सर्वोच्च अदालतमा पनि मुद्दा दायर गरेका छन् ।

पश्चिम बंगाल राज्यमा सन् २०१६ मा स्कुल सेवा आयोगको परीक्षा हुँदा करिब ४–५ हजार जनाले अवैध ढंगले जागिर खाएको भन्दै आरोप थियो । उनीहरुले उत्तरपुस्तिकामा केही पनि नलेखी बुझाएको तर परीक्षामा पास भएको नतिजा सार्वजनिक भएको आरोप छ । त्यही मुद्दामा अदालत पुगेको थियो ।

सन् २०१४ को परीक्षामा पनि प्रश्न

सन् २०१६ को परीक्षामामात्र नभई सन् २०१४ को परीक्षामा पनि अनियमितता भएको भन्दै अदालतमा मुद्दा दायर भएको छ । सन् २१०४ मा प्राथमिक शिक्षक भर्नाका लागि परीक्षा भएको थियो । यो मुद्दा कलकत्ता हाइकोर्टमै विचाराधिन छ ।

उच्च अदालतका न्यायाधीश राजशेखर मान्थाले सीबीआईलाई उक्त परीक्षाको ओएमआर उत्तरपुस्तिकाबाट अनियमितता नभएको तथ्य फेला नपरेमा परीक्षा रद्द गरिदिने चेतावनी दिइसकेका छन् । त्यसैले सन् २०१४ को ब्याचका प्राथमिक शिक्षकहरुमा चिन्ता बढेको छ ।

सन् २०१४ मा लाखौं उम्मेदवारहरुले परीक्षा दिएका थिए । त्यसको नतिजा सन् २०१५ मा सार्वजनिक भएको थियो र सन् २०१६ मा करिब ६० हजार जनाले शिक्षकको जागिर पाएका थिए ।

गत वर्षको जुन महिनामा न्यायाधीश अभिजित गंगोपाध्याले सन् २०१६ मा भर्ना भएका ४२ हजार ५०० जना प्राथमिक शिक्षकहरुमध्ये ३६ हजार जना शिक्षक बन्न अयोग्य भएको भन्दै उनीहरुलाई सेवाबाट हटाउन आदेश दिएका थिए ।

Related posts:

जनकपुरमा एकघण्टा नबित्दै अंग्रेजीको प्रश्नपत्र आउट

ज्ञानेन्द्र शाह गोरखा जाने, गोरखनाथ र मनकामना दर्शन गर्ने

संस्थागत बिद्यालयहरुमा लागु गर्ने शुल्कको बिवरण पेश गर्न पालिकाको आग्रह

सुनको भाउ अहिले सम्मकै उच्च, कति छ आज ?

२५ करोड नगदसहित काठमाडौंबाट एक जना पक्राउ

आज सुनको मुल्य कति ?

डा. मिश्रालाई स्वास्थ्य सचिव नियुक्त नगरिएकोमा सर्वाेच्चले माग्यो कारण

स्थान तोकी पाठ्यपुस्तक तथा पोशाक खरीद गर्न बाध्य नपार्न पालिकाको अनुरोध

मिथिला माध्यमिकी परिक्रमा आज जनकपुरधाम फर्किंदै

करेन्ट लागेर मूलपानीमा एक जनाको मृत्यु

लोकतन्त्रको विकल्प राजतन्त्र होइन : कमल थापा

एक करोड बीमा गरेर आफैंले पसलमा आगो लगाउने ब्यक्ति पक्राउ

ज्ञानेन्द्र शाहको स्वागतमा को-को उत्रिंदैछन् ? कहाँ-कहाँबाट निकालिंदै छ र्‍याली ?

महोत्तरीमा बस पल्टिँदा १५ जना घाइते

यो वर्ष एसईईमा ५ लाख २२ हजार परीक्षार्थी सहभागी हुने

स्वरोजगार लघुवित्तको एफपीओमा ९६ गुणा आवेदन

ग्यासको भाउ सिलिन्डरमा १२ रुपैयाँ ७५ पैसा बढाउने सहमति, उद्योगीको आन्दोलन फिर्ता

सप्तरीमा बाघको आक्रमणबाट २ जना घाईते

इजरायलले ४२ दिन थप्यो युद्धविरामको अवधि

सुनसरीमा बर्डफ्लुपछि भेटियो स्वाइनफ्लु

मिथिलाको १५ दिने माध्यमिकी ‘परिक्रमा’ आजदेखि सुरु

वडा भित्रका बिद्यालयहरुको तथ्यांक पठाउन जनकपुरधाम उपमहानगरपालिकाको ताकेता

कोशी प्रदेशको सात वर्षमा ९ सरकार, ६ मुख्यमन्त्री, ७५ कानुन निर्माण

मधेशका मन्त्रालयहरुको बजेट रोक्का गर्ने तयारी

जनकपुरधाममा संचालित निजि अस्पतालको अनुगमनलाई मुख्यमन्त्रीबाट निरन्तरता

सुनको भाउ हालसम्मकै उच्च

तोलामा १४ सय बढ्यो सुन

जनकपुरको मुस्कान अस्पतालमा ताल्चा

७५ इन्सपेक्टर डीएसपी बढुवा सिफारिस, को-को परे ? (सूचीसहित)

गृहमन्त्रीलाई कारबाही माग गर्दै कांग्रेस कार्यालयमा प्रदर्शन

नेपाल–भारतमा अपराधिक गतिविधि गर्ने ४ जना पक्राउ

सुनको भाउमा नयाँ किर्तिमान

विपद् जोखिम न्यूनीकरण सम्बन्धी अभिमुखिकरण तथा प्रयोगात्मक अभ्यास

एकैदिन सुनको भाउ तोलामा २३ सय रुपैयाँले बृद्धि, कति पुग्यो सुनको भाउ?

सुनको भाउमा समान्य गिरावट

COC कक्षाका सहभागीहरुलाइ ट्रयाकशूट वितरण

आगोमा जलेर एक जनाको मृत्यु

चिकित्सक लाइसेन्स परीक्षामा ६८ प्रतिशत फेल

चितवनमा युवकलाई कुट्ने प्रहरीमाथि छानबिन गर्न समिति गठन

काठमाण्डौबाट जनकपुर आउँदै गरेको माईक्रो दुर्घटना, १ का्े मृत्यु, १२ घाईते

बीमा रकम हत्याउन भारतीयसँग मिलेर श्रीमानको हत्या

घुर सल्किएर आगलागी हुँदा २ दर्जन जति खसीबीख्रा मरे

माघमा १८ बैंकको ब्याजदर स्थिर, दुईको हेरफेर

लक्ष्मिनिया गाउँपालिकामा एकल महिलाहरुका लागि एक विशेष परियोजना सञ्चालन

मन्त्रालयको स्पष्टीकरण पछि कुलमानले बुझाए कार्यसम्पादन विवरण

Leave a Reply

Your email address will not be published. Required fields are marked *