गणतन्त्रको विरोधमा राप्रपाले आज काठमाडौंमा प्रदर्शन गर्दै, सुरक्षाका लागि ६ हजार प्रहरी खटाईने

२७ चैत, काठमाडौं । गणतन्त्रको विरोधमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज काठमाडौंमा प्रदर्शन गर्दैछ । आज बिहान ११ः३० बजे भृकुटीमण्डपमा भेला भएर शहरका विभिन्न भाग परिक्रमा गर्ने कार्यक्रम छ ।

राप्रपाले सरकारसमक्ष पेश गरेको ४० बुँदे माग पूरा गराउन दबाब दिने उद्देश्यले काठमाडौं केन्द्रित जनप्रदर्शन गर्न लागिएको पार्टी प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए । राप्रपाले गणतन्त्र खारेज गर्नुपर्ने, राजासहितको शासन व्यवस्था हुनुपर्ने, धर्मनिरपेक्षता खारेज गरी नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने लगायतका माग राख्दै आएको छ ।

त्यसैले राप्रपाले ‘अवस्था बदल्न व्यवस्था बदलौं’ भन्ने मुख्य नारासहित प्रदर्शन गर्दैछ । प्रदर्शनको नेतृत्व राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले गर्ने छन् ।

प्रदर्शनको पूर्वसन्ध्यामा राप्रपा सम्बद्ध नेपाल सनातन धर्मसँस्कृति संगठनले सोमबार भृकुटीमण्डपबाट गौशालासम्म पैदलयात्रा गर्दै गणतन्त्रको प्रतिकात्मक पुत्ला जलाएको थियो ।

प्रदर्शनमा सहभागीहरुले निषेधाज्ञा तोड्न सक्ने भएकाले काठमाडौंमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले निषेधाज्ञा तोड्ने गरी काठमाडौंमा प्रदर्शन गर्ने घोषणा गरेपछि सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रदर्शनलाई लक्षित गरी काठमाडौंमा करिब ६ हजार प्रहरी परिचालन गर्ने तयारी छ ।

राप्रपाले अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा गणतन्त्र र धर्मनिरपेक्षताको विरोधमा मंगलबार बिहान साढे ११ बजे भृकुटीमण्डपमा भेला भएर नगरका विभिन्न क्षेत्र परिक्रमा गर्ने जनाएको छ ।

सो प्रदर्शनलाई लक्षित गरी सोमबार काठमाडौं, ललितपुर र भक्तपुरको सुरक्षा समितिको संयुक्त बैठक बसेको थियो । सो बैठकले विशेष सुरक्षा रणनीति बनाएको र सोही रणनीति अनुसार सुरक्षाकर्मी परिचालन गर्ने काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी दीपक थापाले जानकारी दिए ।

राप्रपाले प्रदर्शनका लागि विभिन्न जिल्लाबाट समेत मानिसहरुलाई काठमाडौंमा ओसारेको छ ।

प्रहरीको सूचनाअनुसार सोमबारसम्म २० वटा गाडीमा राप्रपाका मानिसहरु काठमाडौं भित्रिएका छन् । आज पनि केही भित्रिन सक्ने र पहिल्यैदेखि काठमाडौंमा रहेकाहरुसमेत गरेर करिब १० हजार जना प्रदर्शनमा सहभागी हुन सक्ने सुरक्षा अधिकृतहरुको आँकलन छ ।

‘राप्रपाले एक लाख जनालाई प्रदर्शनमा उतार्ने भने पनि करिब १० हजार जना हुन सक्ने हाम्रो आँकलन छ,’ नेपाल प्रहरीका एक अधिकृतले भने, ‘हामीसँग काठमाडौंको प्रहरी फोर्स ६ हजार जनाको छ, तीमध्ये तत्काल केही प्रहरीहरु फिल्डमा हुन्छन् । आवश्यक परे थप फोर्स पनि फिल्डमा खटाउने भनेर तयारी अवस्थामा राखिएको छ ।’

प्रदर्शनमा अप्रिय घटना हुन नदिन पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशत्र प्रहरी र तेस्रो घेरामा सादा पोशाकका विशेष प्रहरीको टोली परिचालन गर्ने गरी तयारी गरिएको छ ।

राप्रपाका नेताहरुले शान्तिपूर्ण तरिकाले निषेधाज्ञा तोड्ने भने पनि निषेधाज्ञा तोड्दा प्रदर्शन शान्तिपूर्ण नहुने भएकाले प्रहरीले प्रदर्शनको रुट तय गरिदिने प्रयास गर्दै आएको छ । त्यसका लागि केही प्रहरी अधिकृतहरुले राप्रपाका नेताहरुसँग समन्वयको प्रयास गरिरहेका छन् ।

राप्रपाले सरकारसमक्ष पेश गरेको ४० बुँदे माग पूरा गराउन दबाब दिने उद्देश्यले काठमाडौं केन्द्रित जनप्रदर्शन गर्न लागिएको पार्टी प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए । राप्रपाले गणतन्त्र खारेज गर्नुपर्ने, राजासहितको शासन व्यवस्था हुनुपर्ने, धर्मनिरपेक्षता खारेज गरी नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने लगायतका माग राख्दै आएको छ ।

प्रदर्शनको पूर्वसन्ध्यामा राप्रपा सम्बद्ध नेपाल सनातन धर्मसँस्कृति संगठनले सोमबार भृकुटीमण्डपबाट गौशालासम्म पैदलयात्रा गर्दै गणतन्त्रको प्रतिकात्मक पुत्ला जलाएको थियो ।

Related posts:

त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बसमा रहेका ६५ यात्रुमध्ये १५ जनाको शव भेटियो
ओलीले पहिलो दिनमै गरे २२ सदस्यीय मन्त्रिपरिषद गठन
प्रहरीले गोली हानेर नियन्त्रणमा लियो डाँका आरोपीलाई
सिमताल पहिरोमा बगाएका २ बसका यात्रुमध्ये अहिले सम्म ५ जनाको शव फेला
अझै फेला परेन त्रिशूलीमा खसेका बस र यात्रुहरु, वाटर ड्रोन मार्फत खोजी गरिंदै
अपडेटः त्रिशूली नदीमा खसेको २ वटा बस मध्ये केही यात्रुहरुको नाम खुल्यो
प्रधानमन्त्री प्रचण्डलाई जनमत, जसपा, राप्रपा र जसपा नेपालले बिश्वासको मत नदिने
रौतहटमा धारिलो हतियार प्रहार गरी एक युवकको हत्या
पानीकाे बहाव बढेपछि सप्तकोशी ब्यारेजका सबै ढोका खोलिए
काठमाण्डौमा बाढीको ताण्डब
जिल्ला नछाड्न सीडीओहरुलाई गृह मन्त्रालयको निर्देशन
मरहा खोलामा गोली हानेर युवकको सिक्री लुट्ने दुईजना पक्राउ
कांग्रेस र एमाले बीच आलोपालो सरकारको नेतृत्व गर्ने समझदारी, राजीनामा दिन प्रधानमन्त्रीलाई कांग्रेसको...
प्रचण्ड नेतृत्वको सरकार संकटमा
धनुषामा जन्ती सवार बस दुर्घटना, १५ जना घाइते
लालीगुराँस सहकारी संस्थाका अध्यक्ष अमरदास सहित ४ जना पक्राउ
दलान नेपालले गरे जेष्ठ नागरिक, एकल महिला तथा पुर्ण रुपमा फरक क्षमता भएकाहरुलाई सम्मान
एसईईमा सहभागी मध्ये करिब ४८ प्रतिशतले मात्र कक्षा ११ पढ्न पाउने, रिजल्ट कसरी हेर्ने ?
बिना दर्ताको बिद्यालय तत्कालै बन्द नगरिए कडा कदम चाल्ने निजी बिद्यालय संघ संगठनको चेतावनी
विराटनगरको एक बस्तीमा पानी पस्दा ५०० भन्दा बढी घर डुबानमा
चलिरहेको पंखा शरीरमा खस्दा एक जनाको मृत्यु
भारतमा चर्को गर्मीका कारण ३०० भन्दा बढीको मृत्यु
बैदेशिक रोजगारीमा जान सक्ने युवाहरुको लागि सचेतनामुलक अभिमुखिकरण
साठी हजार भन्दा बढी नक्कली लाईसेन्स बितरण गरेको आरोपमा सिआईबीले थाल्यो अनुसन्धान
दुग्ध किसानको प्रदर्शन जारी, किसानले अझै ४ अर्ब रुपैयाँभन्दा धेरै भुक्तानी पाउन बाँकी
राईफलले गोली हानी प्रहरीले गरे आत्महत्या
श्रीमतीको हत्या आरोपमा एकजना पक्राउ
आईसीसी टी–२० विश्वकप २०२४ को सुपर(८ मा कुन कुन देश पुगे त ?
बेपत्ता रुबीको हत्या श्रीमानले नै गरेको पुष्टि
नेपाल–भारत सीमामा सुरक्षाकर्मीबाट दुर्व्यवहारका घटना बढ्दै
श्रीमानसँग बिवाद, श्रीमती ६ दिनदेखि बेपत्ता
रोजगारीका लागि बिदेश पठाइदिने भन्दै ३०० जनाभन्दा बढीलाई ठगी गरेको आरोपमा ३ जना पक्राउ
पेडामा नशालु पदार्थ मिसाई बेहोस बनाएर बलात्कार गरेको आरोपीले गरे प्रहरीसमक्ष आत्मसमर्पण
कर्णाली नदीमाथिको झोलुंगे पुलमा फसेका खच्चडको उद्धार सुरु
नवनियुक्त मुख्यमन्त्री सतिश सिंहले १४ सदस्यीय मन्त्रिपरिषद् गठन गरे
जनमतका सतिश सिंहलाई मधेशको मुख्यमन्त्रीमा नियुक्त गर्न प्रदेश प्रमुख समक्ष दावी पेश
जनमत पार्टीले सतिश सिंहलाई मधेश प्रदेशको मुख्यमन्त्रीको उम्मेदवार बनाउने
मधेशका मुख्यमन्त्री यादव आज बिश्वासको मत लिदै
भारतको लोक सभा निर्वाचनको मत गणना हुँदै
मधेशमा नयाँ सरकार गठनबारे छलफल
नापी र मालपोत कार्यालयमा तालाबन्दी गर्न गएकामाथि अश्रुग्याँस प्रहार, ४ जना घाइते
काठमाडौं महानगरपालिकामा २५८ जना नगर प्रहरी जवानको आवेदन माग
चुरे संरक्षणका नाममा करिब १५ अर्ब रुपैयाँ खर्च भएपनि चुरे आसपास खानेपानीको हाहाकार
मधेश प्रदेशमा सबैभन्दा बढी बेरुजु, करीब २ अर्बको बेरुजु
जनकपुरका बिद्यालयहरु पाँच दिनका लागि बन्द रहने
अत्यधिक गर्मीको कारण रौतहटको सामुदायिक तथा संस्थागत विद्यालयमा बिदा
गणतन्त्र दिवसको अवसरमा जनमत पार्टीले नौलो गणतन्त्र आन्दोलन घोषणा गर्दै
तेस्रो पटक म्याद थपका लागि आज सिरोहियालाई अदालतमा पेश गरिने
पोखरीमा डुबेर २ बालकको मृत्यु
जीबी राईको राहदानी रद्द गर्न मिल्दैन: राहदानी विभाग
क्रसर उद्योगमा मेसिनको फित्तामा च्यापिएको अवस्थामा शव फेला, हत्याको आशंका
शैक्षिक सुधारका बिषयमा पालिकाको चासो, सम्बन्धित पक्षसँग छलफल
दोहोरो नागरिकता आरोपमा पक्राउ परेका सिरोहिया धनुषा प्रहरीको हिरासतमा
पशुपतिनाथको मन्दिरमा चढाइएको भेटी गन्ने क्रममा चोरी गर्ने ८ जना पक्राउ
कोशी, मधेश र बाग्मती प्रदेशमा भारी वर्षाको सम्भावना
‘गुणस्तरीय शिक्षाको आधार, ईसीडी शिक्षामा सुधार’ भन्ने नाराका साथ एकल प्रदर्शन
राजेन्द्र महतोको को पार्टीले आन्दोलन गर्ने
आगामी ४ दिनसम्म देशभर अत्यधिक गर्मी बढ्ने, तराई मधेशमा लु चल्ने सम्भावना
ब्रोकर कमिसन घट्यो, यस्तो छ सेयर कारोबारमा लाग्ने नयाँ कमिसन दर
उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले दिए राजीनामा
बैंकको गार्डको हत्या गरेको आरोपमा एक जना पक्राउ
खाजा खान जाम भनेर ललाइफकाई बियरसमेत खुवाएर सामुहिक बलात्कार गर्ने ३ जना पक्राउ
ठूलो संख्यामा प्रहरी निरीक्षक (इन्सपेक्टर)हरूको सरुवा (सूचीसहित)
औषधि विना पनि रक्तचाप नियन्त्रण गर्न सकिन्छ ?
श्रीमान बैदेशिक रोजगारीमा, श्रीमतीको शव होटलको कोठामा झुण्डिएको अवस्थामा फेला
नेपाली नोटमा नयाँ नक्सा राख्ने नेपाल सरकारको निर्णयमा भारतको असन्तुष्टि
नेपाल पत्रकार महासंघको निर्वाचन जेठ १९ मा, सदस्यता शुद्धिकरण बैशाख मसान्तमै हुने
आगलागीमा परी एक दम्पतीको मृत्यु
धनुषाको नगराइनमा सोमबार मृत फेला परेका युवक भारतिय रहेको खुलासा
२५ हजार भन्दा बढी शिक्षकको जागिर गुम्यो, ब्याजसहित तलब फिर्ता गर्नुपर्ने

Leave a Reply

Your email address will not be published. Required fields are marked *