महाभारतकालीन कीचक वध स्थल उत्खनन गर्दा २२०० वर्ष पुरानो भवनको संरचना भेटियो

१८ चैत, झापा । भद्रपुर नगरपालिका-३ पृथ्वीनगरस्थित महाभारतकालीन कीचक वधमा दुई हजार दुई सय वर्ष पुराना पाँचवटा भवनका संरचना भएको पुष्टि भएको छ ।

उक्त स्थानमा पुरातत्व विभागको उत्खननपछि त्यसको पुष्टि भएको हो ।

परातत्वविद् उद्धव आचार्यले उत्खननबाट उत्तरपूर्वमा एउटा बहुतले ठूलो भवन, ठूलो भवनकै केही दक्षिणमा अर्को भवन, सोही भवनकै उत्तरपश्चिम छेउमा सेन्ट्री बस्नेसहितको अर्को भवन, सोही भवनको केही पश्चिम दक्षिण अर्को बहुतले भवन फेला परेको जानकारी दिए ।

उनले चारवटै भवनको दक्षिणमा करिब दुई सय फिटको दूरीमा दुईतले अर्को सुरक्षाकर्मीका प्रमुख र सुरक्षाकर्मी बस्ने भवन गरी पाँच भवनका संरचना फेला परेका बताए ।

पुरातत्वविद् आचार्यले यस स्थलको मूल भवनको उत्खनन अर्को वर्ष पूरा हुने बताउँदै भने, ‘सायद अर्को सालसम्ममा उत्खनन पूरा हुन्छ । अझ गहिराइसम्म उत्खनन गर्दा यस स्थानको ऐतिहासिकता बुद्धकालभन्दा अगाडि जाने सङ्केत पाइएको छ ।’

उनले हाल उत्खनन् गरिएको क्षेत्रमा रुखहरू भएकाले तिनलाई हटाउनुपर्ने, कीचकलाई मारेको मूर्ति स्थानान्तरण गर्नुपर्ने, कीचक वधस्थलभित्र सवारीसाधन प्रवेश रोक्नुपर्ने तथा त्यहाँका सम्पदाको संरक्षण गर्नुपर्नेमा जोड दिए ।

पुरातत्व विभागले कीचक वधमा २०५८ सालमा पहिलोपटक उत्खनन् गरेको थियो । यो पुरातत्वविद् आचार्यकै नेतृत्वमा भएको थियो । यसपटकको उत्खनन सातौँ हो । यसअघि २०३५ सालमा मेची बहुमुखी क्याम्पसका इतिहासका प्राध्यापक घनश्याम खनालको अगुवाइमा उत्खनन् भएको थियो ।

विराट राजाको सेनापति एवं सालो कीचकले सैरन्ध्रीको भेषमा रहेकी द्रोपदीको सतीत्व लुट्ने धृष्टता गर्दा भीमद्वारा मारिएका थिए ।

Related posts:

कोशी प्रदेशका ४ सांसद चढेको गाडी दुर्घटना

बाबुले गरे छोरी र भतिजको हत्या

मर्निङवाकमा निस्किएका दुई महिलाको कारको ठक्करबाट मृत्यु

एकैदिन ३५ सय घट्यो सुन

मरेको खसीको मासु बेचेको आरोपमा पोखराबाट २ जना पक्राउ

उमेरहदमा अड्कियो निजामती विधेयक

उपत्यका विकास प्राधिकरणका सब-इन्जिनियरविरुद्ध साढे ३ करोड भ्रष्टाचार मुद्दा

कर्पोरेसनले भन्यो- चाहिनेजति तेल छ, नआत्तिनू

निजी स्कुलको बसमा आगलागी, विद्यार्थी सकुशल

गुड्दा गुड्दै जमिनमुनि गाडी गायब, भूगर्भविद्‍ले थाले अध्ययन

रौतहटको सुधार केन्द्रमा एक व्यक्तिमाथि निर्घात कुटपिट, प्रहरीले थाल्यो अनुसन्धान

पाटन दरबार क्षेत्रमा सवा करोडमा बन्यो पर्यटक लक्षित ‘कलात्मक अत्याधुनिक शौचालय

धोकापूर्ण सहमति भएको भन्दै विद्यालय कर्मचारी परिषद्ले गर्‍यो नयाँ आन्दोलन घोषणा

अब सवारी लाइसेन्सको अवधि १० वर्ष हुने

इनारमा गाडी खस्दा १२ जनाको मृत्यु

ससुराको हत्या गरी भारतमा लुक्ने ब्यक्ति १५ बर्षपछि प्रहरीकै पोल्ट्रीफार्मबाट पक्राउ

माओवादीबाट निर्वाचित मेयर-उपमेयर नै संलग्न, बागमतीका मेयर थापाविरुद्ध डेढ अर्बको भ्रष्टाचार मुद्दा

१२१ डीएसपीको सरुवा, को कहाँ ? (सूचीसहित)

एकैदिन तोलाको ७५ सय घट्यो सुन

कक्षा १२ को परीक्षा नरोक्ने राष्ट्रिय परीक्षा बोर्डको निर्णय

आज सुन प्रतितोला १ लाख ९१ हजार रुपैयाँ

राजेन्द्र लिङ्देन सिंहदरबारबाट प्रहरी नियन्त्रणमा

पालिकाले गरेको पाठ्यपुस्तक एकरुपतामा केही समुह सक्रिय भई भ्रम फैलाउँदै

उपमहानगरपालिकाको पाठ्यपुस्तक एकरुपताका गर्ने निर्णय स्वागतयोग्य रहेको अभिभावक संघको ठहर

भारतमा नक्सलवादीविरुद्ध सरकारको लडाइँ तीव्र, घाइते सुरक्षाकर्मीको संख्या ३०० प्रतिशतले वृद्धि

अझै बढ्यो सुनको भाउ, तोलाको कति ?

अमेरिकाको हडसन नदीमा हेलिकोप्टर दुर्घटना, ६ जनाको मृत्यु

विद्यालय शिक्षा विधेयकमा ३८ वटा दफामा दफावार छलफल सकियो

सुनको भाउ फेरि उकालो, बढ्यो २ हजार

तिनकुने घटनामा पक्राउ पर्नेको संख्या १४० पुग्यो, पुनः ६ जना पक्राउ

राप्रपाको सभा बल्खुमा हुने

शिक्षक महासंघद्वारा आम शैक्षिक हड्ताल घोषणा

मधेश प्रदेश सभामा २६ गते प्रधानमन्त्रीले सम्बोधन गर्ने

जनकपुर पालिका भित्रका सम्पुर्ण निजी स्कुलले पाठ्यपुस्तकमा एकरुपता गर्ने निर्णय

राजसंस्था पुनःस्थापनाका लागि देशभर संयुक्त आन्दोलन परिचालन समिति गठन गरिने

३ सय किलो गाँजासहित कार चालक पक्राउ

तने बोडीमा देखियो ९२ प्रतिशत विषादी

पियोर इनर्जीको आईपीओ २८ गतेदेखि खुल्ने, कस्तो छ कम्पनी ?

पूर्वराजा ज्ञानेन्द्र अघोषित नजरबन्दमा

तीनकुने घटनामा पक्राउ परेकाहरूलाई आज म्याद थप गरिंदै

परीक्षाको बेला आन्दोलनै आन्दोलन, जिम्मेवार हुन शिक्षा मन्त्रालयको अनुरोध

ओली, देउवा र प्रचण्ड एउटै मञ्चमा

ऊर्जा मन्त्रालयले कुलमानलाई पठायो तीनपन्ने पत्र, लेख्यो पदबाट हटाउनुका १० कारण

विराटनगरको यातायात कार्यालयबाट १२ जना पक्राउ

संस्थागत बिद्यालयहरुलाई पाठ्यपुस्तकको नामावली पेश गर्न ७ दिनको समय थप

Leave a Reply

Your email address will not be published. Required fields are marked *