Post Views: 230
३० फागुन, काठमाडौं । चैत महिनाका लागि पनि अधिकांश वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर घटाएका छन् । बैंकहरूले सार्वजनिक गरेको नयाँ ब्याजदर तालिकाअनुसार फागुनको तुलनामा चैत महिनामा व्यक्तिगत मुद्दतिको औसत ब्याजदर ०.५ प्रतिशत विन्दुले घटेको छ । फागुन महिनामा २० वटै वाणिज्य बैंकहरुको व्यक्तिगत मुद्दतीमा औसत ब्याजदर ७.७५ प्रतिशत रहेकोमा चैत महिनाका लागि भने ७.२५ मा झरेको छ ।
एनआईसी एसिया बैंकले भने फागुनको तुलनामा चैतमा व्यक्तिगत मुद्दती निक्षेपमा ब्याजदर बढाएको छ । अनर्गल प्रचारका कारण सो बैंकबाट केही निक्षेप झिकिएपछि बैंकले तरलताको सहज व्यवस्थापन गर्न ब्याजदर बढाएको देखिन्छ । सो बैंकले चैतदेखि लागू गर्नेगरी व्यक्तिगत मुद्दतीमा दिने ब्याजदर सबैभन्दा धेरै ८..५४८ प्रतिशत छ ।
बैंकहरूले व्यक्तिगत मुद्दतीमा जति ब्याजदर तोकेका छन्, संस्थाहरुलाई त्यसको १ प्रतिशत विन्दु कम हुन्छ । प्रभु र ग्लोबल आईएमईले फागुनकै दरलाई निरन्तरता दिएका छन् भने बाँकी १७ बैंकले घटाएका छन् । बैंकिङ प्रणालीमा अधिक तरलता र कर्जा प्रवाह न्यून भएसँगै बैंकहरुले ब्याजदर घटाउँदै लगेका छन् ।
माघ महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ब्याजदर ९ दशमलव १५ प्रतिशतसम्म थियो । फागुनमा भने सोही प्रकृतिको निक्षेपमा अधिकतम ब्याजदर नै ८.५० प्रतिशतमा झरेको थियो । चैतका लागि एनआईसी एसियाबाहेक सबै बैंकको व्यक्तिगत मुद्दतीको ब्याजदर ७.७५ प्रतिशतभन्दा तल झरेको छ ।
बैंकहरुले गत साउनबाट निक्षेपको ब्याजदरमा गरेको भद्र सहमति खारेज भएपछि आफ्नो स्वच्छ प्रतिस्पर्धात्मक रुपमा तरलता आवश्यकता अनुसार ब्याजदर प्रकाशित गर्न थालेका हुन् । बढी अवधिको मुद्दति निक्षेपमा बढी र छोटो अवधिको मुद्दति निक्षेपमा कम ब्याजदर रहेको छ ।
व्यक्तिगत मुद्दती निक्षेपको अधिकत ब्याजदर घटाउँदै जाँदा बचत र कल निक्षेपको ब्याजदर पनि स्वतः घट्छ । राष्ट्र बैंकले व्यक्तिगत मुद्दती निक्षेपको माथिल्लो सीमा र बचतको न्यूनतम ब्याजदरबीचको अन्तर बढीमा ५ प्रतिशत भन्दा धेरै हुन नहुने व्यवस्था गरेको छ । यसले गर्दा बचतको ब्याजदर पनि घट्न जानेछ । कल निक्षेपमा बचतको न्यूनतम ब्याजदरको ५० प्रतिशत मात्रै ब्याज दिन पाइने व्यवस्था छ । बैंकले लिने सबै प्रकारका निक्षेपको ब्याजदर घटेपछि समग्रमा आधार दर नै घट्न जान्छ र कर्जाको ब्याजदर पनि घट्छ ।
ब्याजदर घट्दै जाँदा निक्षेपकर्ताले मुद्दति निक्षेप नवीकण नगर्ने र बचतमा पैसा राख्दा बैंकहरूको मुद्दति निक्षेपको हिस्सा घटेर बचतको बढ्न लागेको छ । नेपाल बैंकर्स संघका अध्यक्ष तथा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी कर्जा चाहेजति जान नसकेको र अधिकतम तरलता भएकोले ब्याजदर घट्दो क्रममा नै रहेको बताउँछन् । ‘निक्षेप बढीरहेको छ, कर्जा सोअनुसार प्रवाह भइरहेको छैन, यस्तोमा ब्याजदर घट्नै नै देखिन्छ’ उनले भने ।
बैंकहरूले व्यक्तिगत मुद्दतीमा तोकेको अधिकतम ब्याजदर
बैंक |
फागुनको ब्याजदर |
चैतको ब्याजदर |
कृषि विकास |
६.४४३ |
५.६६ |
एभरेष्ट |
८ |
६.५ |
नेपाल |
७.२५ |
७ |
लक्ष्मी सनराइज |
८ |
७.५ |
माछापुच्छ्रे |
८ |
७.७५ |
एनआईसी एसिया |
८ |
८.५४८ |
प्रभु |
७.५ |
७.५ |
स्टान्डर्ड चार्टर्ड |
७.३५ |
७ |
राष्ट्रिय वाणिज्य |
७.३५ |
७ |
नबिल |
७.७५ |
७.२५ |
ग्लोबल आईएमई |
७.६ |
७.६ |
सिद्धार्थ |
८ |
७.५ |
प्राइम कमर्सियल |
७.४ |
७.२५ |
कुमारी |
८.०१ |
७.५१ |
सानिमा |
७.५१ |
७.२५ |
हिमालयन |
८.१५ |
७.५ |
नेपाल एसबीआई |
८.१ |
७.०१ |
नेपाल इन्भेष्टमेन्ट |
८ |
७ |
एनएमबी |
८.५ |
७ |
सिटिजन्स |
८.२५ |
७.७५ |
Related posts:
उपत्यका विकास प्राधिकरणका सब-इन्जिनियरविरुद्ध साढे ३ करोड भ्रष्टाचार मुद्दा
कर्पोरेसनले भन्यो- चाहिनेजति तेल छ, नआत्तिनू
निजी स्कुलको बसमा आगलागी, विद्यार्थी सकुशल
गुड्दा गुड्दै जमिनमुनि गाडी गायब, भूगर्भविद्ले थाले अध्ययन
रौतहटको सुधार केन्द्रमा एक व्यक्तिमाथि निर्घात कुटपिट, प्रहरीले थाल्यो अनुसन्धान
पाटन दरबार क्षेत्रमा सवा करोडमा बन्यो पर्यटक लक्षित ‘कलात्मक अत्याधुनिक शौचालय
धोकापूर्ण सहमति भएको भन्दै विद्यालय कर्मचारी परिषद्ले गर्यो नयाँ आन्दोलन घोषणा
अब सवारी लाइसेन्सको अवधि १० वर्ष हुने
इनारमा गाडी खस्दा १२ जनाको मृत्यु
ससुराको हत्या गरी भारतमा लुक्ने ब्यक्ति १५ बर्षपछि प्रहरीकै पोल्ट्रीफार्मबाट पक्राउ
माओवादीबाट निर्वाचित मेयर-उपमेयर नै संलग्न, बागमतीका मेयर थापाविरुद्ध डेढ अर्बको भ्रष्टाचार मुद्दा
१२१ डीएसपीको सरुवा, को कहाँ ? (सूचीसहित)
एकैदिन तोलाको ७५ सय घट्यो सुन
कक्षा १२ को परीक्षा नरोक्ने राष्ट्रिय परीक्षा बोर्डको निर्णय
आज सुन प्रतितोला १ लाख ९१ हजार रुपैयाँ
राजेन्द्र लिङ्देन सिंहदरबारबाट प्रहरी नियन्त्रणमा
पालिकाले गरेको पाठ्यपुस्तक एकरुपतामा केही समुह सक्रिय भई भ्रम फैलाउँदै
उपमहानगरपालिकाको पाठ्यपुस्तक एकरुपताका गर्ने निर्णय स्वागतयोग्य रहेको अभिभावक संघको ठहर
भारतमा नक्सलवादीविरुद्ध सरकारको लडाइँ तीव्र, घाइते सुरक्षाकर्मीको संख्या ३०० प्रतिशतले वृद्धि
अझै बढ्यो सुनको भाउ, तोलाको कति ?
अमेरिकाको हडसन नदीमा हेलिकोप्टर दुर्घटना, ६ जनाको मृत्यु
विद्यालय शिक्षा विधेयकमा ३८ वटा दफामा दफावार छलफल सकियो
सुनको भाउ फेरि उकालो, बढ्यो २ हजार
तिनकुने घटनामा पक्राउ पर्नेको संख्या १४० पुग्यो, पुनः ६ जना पक्राउ
राप्रपाको सभा बल्खुमा हुने
शिक्षक महासंघद्वारा आम शैक्षिक हड्ताल घोषणा
मधेश प्रदेश सभामा २६ गते प्रधानमन्त्रीले सम्बोधन गर्ने
जनकपुर पालिका भित्रका सम्पुर्ण निजी स्कुलले पाठ्यपुस्तकमा एकरुपता गर्ने निर्णय
राजसंस्था पुनःस्थापनाका लागि देशभर संयुक्त आन्दोलन परिचालन समिति गठन गरिने
३ सय किलो गाँजासहित कार चालक पक्राउ
तने बोडीमा देखियो ९२ प्रतिशत विषादी
पियोर इनर्जीको आईपीओ २८ गतेदेखि खुल्ने, कस्तो छ कम्पनी ?
पूर्वराजा ज्ञानेन्द्र अघोषित नजरबन्दमा
तीनकुने घटनामा पक्राउ परेकाहरूलाई आज म्याद थप गरिंदै
परीक्षाको बेला आन्दोलनै आन्दोलन, जिम्मेवार हुन शिक्षा मन्त्रालयको अनुरोध
ओली, देउवा र प्रचण्ड एउटै मञ्चमा
ऊर्जा मन्त्रालयले कुलमानलाई पठायो तीनपन्ने पत्र, लेख्यो पदबाट हटाउनुका १० कारण
विराटनगरको यातायात कार्यालयबाट १२ जना पक्राउ
संस्थागत बिद्यालयहरुलाई पाठ्यपुस्तकको नामावली पेश गर्न ७ दिनको समय थप
राष्ट्रपति पौडेललाई भेट्न शीतल निवास पुगे प्रचण्ड
ज्ञानेन्द्र शाह संवैधानिक राजा हुन पनि लायक छैनन् : देउवा
जनकपुरधाम उपमहानगरपालिकामा कक्षा ८ को परीक्षा शान्तिपुर्ण रुपमा हुँदै
२०८४ सम्म जनताकै साथमा रहन्छु, प्रधानमन्त्री बन्दिनँ : प्रचण्ड
जनकपुरमा एकघण्टा नबित्दै अंग्रेजीको प्रश्नपत्र आउट
ज्ञानेन्द्र शाह गोरखा जाने, गोरखनाथ र मनकामना दर्शन गर्ने