प्रचण्ड धोखेबाज हुनः देउवा

२१ फागुन, काठमाडौं । नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ताबारे भोलि मात्र निर्णय गर्ने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसलाई छाडेर नेकपा एमालेसँग गठबन्धन गर्ने निर्णय लिएपछि कांग्रेस शीर्ष नेताहरु बालुवाटार पुगेका थिए । गठबन्धनको बैठकका लागि कांग्रेस सभापति शेरबहादुर देउवा सोमबार बिहान ८ बजे पदाधिकारीसहित बालुवाटार जाने तयारीमा थिए । तर बालुवाटारबाट बैठक स्थगितको सूचना आयो ।

लगतै सभापति देउवा र उपसभापति पूर्णबहादुर खड्का मात्र प्रधानमन्त्रीलाई भेट्न पुगे । भेटमा प्रधानमन्त्रीले कांग्रेस र माओवादी गठबन्धनलाई निरन्तरता दिन नसकिने निष्कर्षमा आफू पुगेको सुनाए ।

कांग्रेस नेताहरुले किन भन्ने प्रश्न गरेका थिए । जवाफमा माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले कोशी प्रकरण, महासमिति बैठक लगायतका कारण देखाए ।

लगत्तै देउवाले पदाधिकारीहरुसँग छलफल गरे । देउवा निवास बूढानीलकण्ठमा भएको छलफलमा उपसभापति खड्काले प्रधानमन्त्रीसँग भएको भेटबारे जानकारी गराए । प्रचण्डले किन गठबन्धन फेरे भन्ने विश्लेषण गरे ।

प्रधानमन्त्रीले मन्त्री हेरफेर गर्न चाहेको उनले स्वीकार गरे । तर आफूहरुले कांग्रेसका मन्त्री २ वर्षका लागि पठाएको हो भनेपछि गम्भीर रुपमा यो विषय कहिल्यै नउठाएको बताए । कोशी प्रदेशमा केदार कार्कीले एमालेसँग मिलेर सरकार बनाएपछि अठ्यारो परेको भनेर भनेको, तर डा. शेखर कोइरालाले बालुवाटारमा सहमति गरेसँगै ठीकै छ भनेर चित्त बुझाएको उनले बताए ।

पार्टीको महासमिति बैठकमा भएका छलफल पनि बहाना मात्र भएको कांग्रेस नेताहरुको निष्कर्ष छ । ‘हामीले छलफल गरेपछि यो विषय पनि टुंगिसकेको थियो,’ खड्काले नेताहरुलाई भने, ‘हामी नियमित सम्वादमै छौं । मन्त्री वा अरु कुनै कारण गठबन्धनलाई निरन्तरता दिन नसक्ने अवस्था आयो भनेर कहिल्यै भन्नु भएन ।’

आज सोमबार बिहान बोलाएर कांग्रेससँगको गठबन्धनलाई निरन्तरता दिन नसक्ने भयो भनेको उनले सुनाए ।

कांग्रेस सभापति देउवाले पनि गठबन्धनलाई बलियो बनाउन आफू हरसम्भव प्रयास गरेको बताए । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पटकपटक भेट्न प्रस्ताव गर्दा समेत गठबन्धन तलमाथि होला कि भनेर आफूले टार्दै आएको आएको भन्दै उनले भने, ‘यसले (प्रचण्डले) धोका दियो ।’

प्रधानमन्त्री प्रचण्डले अहिले गरेका तर्कहरु बहाना मात्र भएको भन्दै उनले भने, ‘अहिले नभए २/४ महिनापछि पनि धोका नै दिने रहेछ । धोकेबाज रहेछ ।’

बैठकमा मन्त्रीहरुको राजीनामा र सरकारलाई दिएको समर्थन फिर्ताबारे छलफल भएको थियो । तर प्रधानमन्त्रीले गठबन्धनको औपचारिक बैठक पनि नराखेको र मन्त्रीहरुको राजीनामा पनि नमागेकाले यसबारे हतारमा निर्णय नगर्ने सहमति भएको एक नेताले बताए ।

‘चुनाव अगाडि भएको गठबन्धनप्रति हामी अहिले पनि प्रतिबद्ध छौं । १० पुस २०७९ मा भत्किँदा पनि हामीले जोडेका थियौं,’ ती नेता भन्छन्, ‘प्रधानमन्त्री आफैं अर्को बाटो हिँड्नु भएकाले उहाँलाई नै यो कोर्स पुरा गर्न दिउँ भन्ने भएको छ ।’

Related posts:

कोशी प्रदेशका ४ सांसद चढेको गाडी दुर्घटना

बाबुले गरे छोरी र भतिजको हत्या

मर्निङवाकमा निस्किएका दुई महिलाको कारको ठक्करबाट मृत्यु

एकैदिन ३५ सय घट्यो सुन

मरेको खसीको मासु बेचेको आरोपमा पोखराबाट २ जना पक्राउ

उमेरहदमा अड्कियो निजामती विधेयक

उपत्यका विकास प्राधिकरणका सब-इन्जिनियरविरुद्ध साढे ३ करोड भ्रष्टाचार मुद्दा

कर्पोरेसनले भन्यो- चाहिनेजति तेल छ, नआत्तिनू

निजी स्कुलको बसमा आगलागी, विद्यार्थी सकुशल

गुड्दा गुड्दै जमिनमुनि गाडी गायब, भूगर्भविद्‍ले थाले अध्ययन

रौतहटको सुधार केन्द्रमा एक व्यक्तिमाथि निर्घात कुटपिट, प्रहरीले थाल्यो अनुसन्धान

पाटन दरबार क्षेत्रमा सवा करोडमा बन्यो पर्यटक लक्षित ‘कलात्मक अत्याधुनिक शौचालय

धोकापूर्ण सहमति भएको भन्दै विद्यालय कर्मचारी परिषद्ले गर्‍यो नयाँ आन्दोलन घोषणा

अब सवारी लाइसेन्सको अवधि १० वर्ष हुने

इनारमा गाडी खस्दा १२ जनाको मृत्यु

ससुराको हत्या गरी भारतमा लुक्ने ब्यक्ति १५ बर्षपछि प्रहरीकै पोल्ट्रीफार्मबाट पक्राउ

माओवादीबाट निर्वाचित मेयर-उपमेयर नै संलग्न, बागमतीका मेयर थापाविरुद्ध डेढ अर्बको भ्रष्टाचार मुद्दा

१२१ डीएसपीको सरुवा, को कहाँ ? (सूचीसहित)

एकैदिन तोलाको ७५ सय घट्यो सुन

कक्षा १२ को परीक्षा नरोक्ने राष्ट्रिय परीक्षा बोर्डको निर्णय

आज सुन प्रतितोला १ लाख ९१ हजार रुपैयाँ

राजेन्द्र लिङ्देन सिंहदरबारबाट प्रहरी नियन्त्रणमा

पालिकाले गरेको पाठ्यपुस्तक एकरुपतामा केही समुह सक्रिय भई भ्रम फैलाउँदै

उपमहानगरपालिकाको पाठ्यपुस्तक एकरुपताका गर्ने निर्णय स्वागतयोग्य रहेको अभिभावक संघको ठहर

भारतमा नक्सलवादीविरुद्ध सरकारको लडाइँ तीव्र, घाइते सुरक्षाकर्मीको संख्या ३०० प्रतिशतले वृद्धि

अझै बढ्यो सुनको भाउ, तोलाको कति ?

अमेरिकाको हडसन नदीमा हेलिकोप्टर दुर्घटना, ६ जनाको मृत्यु

विद्यालय शिक्षा विधेयकमा ३८ वटा दफामा दफावार छलफल सकियो

सुनको भाउ फेरि उकालो, बढ्यो २ हजार

तिनकुने घटनामा पक्राउ पर्नेको संख्या १४० पुग्यो, पुनः ६ जना पक्राउ

राप्रपाको सभा बल्खुमा हुने

शिक्षक महासंघद्वारा आम शैक्षिक हड्ताल घोषणा

मधेश प्रदेश सभामा २६ गते प्रधानमन्त्रीले सम्बोधन गर्ने

जनकपुर पालिका भित्रका सम्पुर्ण निजी स्कुलले पाठ्यपुस्तकमा एकरुपता गर्ने निर्णय

राजसंस्था पुनःस्थापनाका लागि देशभर संयुक्त आन्दोलन परिचालन समिति गठन गरिने

३ सय किलो गाँजासहित कार चालक पक्राउ

तने बोडीमा देखियो ९२ प्रतिशत विषादी

पियोर इनर्जीको आईपीओ २८ गतेदेखि खुल्ने, कस्तो छ कम्पनी ?

पूर्वराजा ज्ञानेन्द्र अघोषित नजरबन्दमा

तीनकुने घटनामा पक्राउ परेकाहरूलाई आज म्याद थप गरिंदै

परीक्षाको बेला आन्दोलनै आन्दोलन, जिम्मेवार हुन शिक्षा मन्त्रालयको अनुरोध

ओली, देउवा र प्रचण्ड एउटै मञ्चमा

ऊर्जा मन्त्रालयले कुलमानलाई पठायो तीनपन्ने पत्र, लेख्यो पदबाट हटाउनुका १० कारण

विराटनगरको यातायात कार्यालयबाट १२ जना पक्राउ

संस्थागत बिद्यालयहरुलाई पाठ्यपुस्तकको नामावली पेश गर्न ७ दिनको समय थप

Leave a Reply

Your email address will not be published. Required fields are marked *