२४ माघ, जनकपुरधाम । सरस्वती पूजाको दिन बिद्यार्थीहरुलाई बिद्यालयमा उपस्थित हुँदा बिद्यालय पोशाकमै आउन आग्रह गरिएको छ ।
पूजाको नाममा छाडापन र विकृति बढेको भन्दै प्याबसन र एनप्याबसनले विद्यार्थीहरुलाई विद्यालयकै पोशाकमा उपस्थिति गराउन बिद्यालय तथा अभिभावकहरुसँग आग्रह गरेको छ ।
जनकपुरधामसहित प्याबसन एनप्याब्सन अन्तर्गतका सदस्य विद्यालयहरुलाई सरस्वती पूजाको दिन आफ्नै विद्यालयको पोशाकमा उपस्थित हुनुपर्ने भनेर बिज्ञप्ति जारी गरेर नै आग्रह गरिएको छ ।
पश्चिमी सँस्कृति भ्यालेन्टाइन डे (प्रेम दिवस) पनि सोही दिन नै परेपछि हुन सक्ने उत्श्रृँखल गतिविधिलाई नियन्त्रणको लागि प्याबसन एनप्याबसनले सो नियम लागू गर्न आग्रह गरेको हो ।