९ माघ, जनकपुरधाम । जनकपुरधामको एक निजी बिद्यालयमा बिपद जोखिम तथा न्यूनिकरण सम्बन्धी अभिमूखिकरण तथा प्रयोगात्मक अभ्यास गराईएको छ ।
दलान नेपाल तथा विद्यालयको सहकार्यमा बिपद जोखिम तथा न्यूनिकरण सम्बन्धी अभिमूखिकरण तथा प्रयोगात्मक अभ्यास कार्यक्रम ऐरे ईन्टरनेशनल बोर्डिङ्ग स्कूलको प्राङ्गणमा सम्पन्न भएको हो । उक्त कार्यक्रममा कक्षा ७ देखि कक्षा १० सम्मका छात्र–छात्राहरु सहभागी भई प्रयोगात्मक अभ्यास समेत गरेका छन ।
छात्र–छात्राहरुलाई भुकम्प, बाढी–पहिरो, भू–स्खलन तथा आगो नियन्त्रण सम्बन्धी जनचेतना मूलक कार्यक्रमको बिषयमा अभिमुखीकरण दिदै आगो र भुकम्पका बिषयमा प्रयोगात्मक अभ्यास समेत गराईएको दलान नेपालका निर्देशक धर्मानन्द ठाकुरले बताएका छन ।
दलान नेपालद्वारा आयोजिक उक्त कार्यक्रममा बिद्यालयका बिद्यार्थी लगायत शिक्षक शिक्षकाहरु समेत सहभागी भएका थिए ।