२८ पुष, जनकपुरधाम । २६ औँ स्थापना दिवसको अवसरमा शुक्रबार जनकपुरधाममा राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल( एन प्यावसन)ले विभिन्न कार्यक्रमहरु गरी आफ्नो स्थापना दिवस मनाएको छ ।
स्थापना दिवसको अवसरमा एनप्यावसनका केन्द्रिय अध्यक्ष पाण्डव हमालको उपस्थितीमा शुक्रबार जानकी बृद्धाश्रम जनकपुरधाममा फलफुल तथा खाद्यान्न, बालआश्रममा शैक्षिक सामगी तथा खेलकुदका सामानहरु वितरण गर्नुका साथै मानवसेवा आश्रममा रहेको व्यक्तिहरुलाई भोजन गराइएको छ । सद्गुरु कविर बालवात्सल्यका बालबालिकाहरुका लागि शैक्षिक सामग्री तथा खेलकुदका सामानहरु वितरण गदै एन प्यावसनका धनुषा अध्यक्ष आशिष झाले आश्रममा रहेका सम्पुर्ण बालबालिकाहरुलाई यहाँका निजी विद्यालयहरुले पढाईरहेको जानकारी गराउदै स्थापना दिवस, जन्म दिन लगायतका समयमा आश्रममा सहयोग गर्न उनले आग्रह गरे । मावनसेवा आश्रममा सहभागीहरुलाई भोजन गराउँदै एनप्याब्सनका केन्द्रिय अध्यक्ष हमालले स्थापना दिवसका अवसरमा धनुषा शाखाले गरेको कामबाट आफु अत्यन्त खुशी रहेको बताए ।
२६ औँ स्थापना दिवसका अवसरमा देशभरी विभिन्न कार्यक्रमहरु भएको जानकारी दिदै उनले असहाय, अशक्तहरुको संरक्षण गरिरहेका मानवसेवा आश्रम प्रति कृतज्ञता व्यक्त गर ।
सो कार्यक्रममा हिसानका धनुषा अध्यक्ष संजिव ठाकुर, प्याबसन धनुषाका पुर्व अध्यक्ष तथा सल्लाहकार विश्वलाल सिँह, एनप्यावसनका जनकपुर नगर अध्यक्ष दिपक ठाकुर लगायतकाले मन्तव्य राखेका थिए ।
त्यस्तै, सो अवसरमा साँझ जानकी मंदिरमा दिप प्रज्जवलन समेत गरिएको एन प्यावसनका नगर अध्यक्ष ठाकुरले जानकारी दिए ।
सो कार्यक्रममा एन प्याव्सनका केन्द्रिय अध्यक्ष, महासचिवका साथै केन्द्रिय उपाध्यक्ष ब्रजेन्द्र मिश्र, केन्द्रिय सदस्य चन्द्र नारायण मण्डल, निवर्तमान अध्यक्ष अवधेश तिवारी, जिल्ला उपाध्यक्ष अनिल अग्रवाल, जिल्ला सचिव डि.के. चौधरी लगायतका निजी विद्यालयका संस्थापक तथा व्यवस्थापकहरुको सहभागिता रहेको थियो ।