२० पुष, जनकपुरधाम । सामुदायिक परिवार कल्याण संघले धनुषाका बालबालिकालाई औषधी उपचार बापत करिब ३ लाख रुपैया सहयोग गरेको छ ।
प्लान ईन्टरनेशनल नेपालको साझेदारीमा सामुदायिक परिवार कल्याण संघद्धारा संचालित स्पोन्सरसिप परियोजना अन्तर्गत उक्त रकम अति बिपन्न बालबालिकालाई सहयोग गरेको हो ।
३ मार्च २०२२ बाट शुरु भएको उक्त परियोजना हाल धनुषा जिल्लाको बिदेह, जनकनन्दनी, शहिदनगर, कमला र सबैला नगरपालिकामा संचालनमा रहेको छ । जस अन्तर्गत संघले बिदेह नगरपालिकामा १ लाख ६८ हजार ८० रुपियाँ, जनकनन्दनीमा ४१ हजार ५ सय ४१, शहिदनगरमा ५२ हजार ६ सय १३, सबैलामा १५ हजार र कमलामा २० हजार गरी कुल २ लाख ९७ हजार २ सय ३४ रुपियाँ आर्थिक सहयोग गरेको हो ।
स्पोन्सरसिप परियोजना अन्तर्गत रहेका प्रत्याभुत बालबालिकाको उपचारमा कठिनाई भएको, उपचार गर्न असक्षम रहेको तथा अति गरिब तथा बिपन्न बालबालिकाको उपचार वापत लागेको खर्चका लागि संघले आर्थिक सहयोग गरेको हो ।