१९ पुष, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका द्वारा शिक्षा शाखा प्रमुख मेहीलाल यादव सङ्ग सोधिएको स्पष्टीकरणको जवाफ पेश गरेको छ ।
उनले पेश गरेको जवाफमा उजुरी सम्बन्धमा सबुत प्रमाण जुटाई प्रमाणित भएमा कारबाही गर्न चुनौती दिएका छन । उनले पेश गरेको स्पष्टिकरणमा म दोषी भए स–प्रमाण मलाई नभएमा झुठा उजुरीकर्तालाई ताकत र ल्याकत हुनेले कानुन बमोजिमको कारबाही गरेर देखाउन चुनौति दिएका छन ।
हेर्नुहोस पेश गरेको स्पष्टीकरण पत्र
यस अघि जनकपुरधाम उपमहानगरपालिकाले शिक्षा शाखा प्रमुख अन्जु पाण्डे र मेहीलाल यादव सङ्ग बुधबार स्पष्टीकरण माग गरेका थिए ।
हिमाली ई.बोर्डिङ स्कुलका संस्थापक दिपेन्द्र साहलाई मंगलबार पाण्डे र यादवले दुव्र्यबहार गरेको उजुरी उपमहानगरपालिकामा परेपछि दुबै संग उपमहानगरपालिकाले २४ घण्टे स्पष्टीकरण माग गरेको थियो । मंगलबार दुबैले साहलाई सबै स्कुल ईलिगल हुन, सबैलाई जेलमा कोच्छु भनी अभद्र ब्यबहार गरेको भन्दै हिसान धनुषा, प्याबसन तथा एनप्याबसनले पाण्डे र यादबलाई कारबाहीको माग गर्दै उपमहानगरपालिकामा बुधबार उजुरी पेश गरेको थियो । साथै, त्यस उजुरीमा ५ हजार आर्थिक रकमको चलखेल पनि गरेको आरोप लगाईएको थियो ।
सोही उजुरीका आधारमा उपमहानगरपालिकाले दुवै सँग के कसो हो? प्रचलित कानुन बमोजिम कडा कारबाही किन नगर्ने? सो नगर्नुपर्ने कुनै मनासिब माफिकको कारण भए ब्योहोरा खोली २४ घण्टा भित्र अनिवार्य रुपमा आफै उपस्थित भई स्पष्टीकरण पेश गर्न भनी पत्र काटेको थियो ।
दुबैमाथि कारबाही नभए चरणबद्ध आन्दोलन गर्ने भनी तिनै सँस्थाले यस अघि जारी गरेको संयुक्त बिज्ञप्ति मार्फत जनाएको थियो । सोही बिज्ञप्ति र उजुरीलाई आधार मान्दै उपमहानगरपालिकाले कारबाही प्रक्रिया अगाडि बढाएको हो ।