१२ पुष, जनकपुरधाम । महोत्तरीको मटिहानी नगरपालिका वडा नं. १ मा १० जना किसानलाई नगदे बाली च्याउ खेतीको तालिम दिईएको छ । ।
मटिहानी नगरपालिका वडा नं. १ को सहयोग तथा दलान नेपालको सहजीकरणमा स्थानीय गरिब, महिला, तथा विपन्न १० जना किसानहरुलाई आय आर्जनमा सहयोग पुग्ने उद्धेश्यले दलान नेपालले च्याउ खेतीको तालिम दिएको हो । च्याउको बिषेशता तथा यसबाट स्वास्थ्यको लागी हुने लाभहरुको बिषयमा जानकारी गराउँदै तराईमा यसको सम्भावनाका बिषयमा प्रकाश पार्दै सानो लगानीमा राम्रो आम्दानी गर्न सकिने तालिमका प्रशिक्षक हृदय नारायण ठाकुरले बताए ।
३० बर्षको कृषिमा अनुभव रहेको रिटायर्ड बाली संरक्षण अधिकृत हृदय नारायण ठाकुर ले तालिम दिदैँ च्याउलाई ब्यबसायिक रुपमा गर्न सके यसबाट राम्रो आय आर्जन हुने भन्दै किसानहरुलाई खेती तर्फ आकर्षित हुन हौसला दिए । ठाकुरले प्रदेशका सबै जिल्लामा बृहत रुपमा च्याउ खेती गर्न सकिए मधेशको आर्थिक अवस्थामा सुधार हुनुको साथै मधेशका उपभोक्ताहरुको स्वस्थयको लागि पनि फलदायी साबित हुने दावी गरे । तालिममा थोरै कम समय र कम लगानीमा धेरै आम्दानी दिन सक्ने एक मात्र च्याउ खेती हो भन्ने बिषयमा किसानहरुलाई उत्प्रेरणा समेत दिईएको थियो ।
दलान नेपालले बातावरण सँरक्षण, कृषि, जिविकोपार्जन, प्रकोप ब्यवस्थापन, शिक्षा , स्वास्थ्य, बालसँरक्षण, महिला, बालवालिका, तथा युवाहरुको लागी काम गरी रहेको सँस्थाका अध्यक्ष राम दुलार पासवानले बताए ।