३ पुष, जनकपुरधाम । धनुषाको शहिदनगरमा युवा संजालको क्षमता अभिबृद्धि सम्बन्धि तालिम सम्पन्न भएको छ ।
प्लान ईन्टरनेशनल नेपालको साझेदारीमा सामुदायिक परिवार कल्याण संघद्धारा संचालित गल्र्स स्ट्याण्डिङ्ग स्ट्रोङ्ग परियोजना अन्तर्गत उक्त तालिम शहिदनगरको वडा नं. ३ मा दिईएको थियो । च्याम्पियन अफ चेन्ज का सहभागीबाट २१ जना र प्रत्याभुत परिवार बाट ९ जना गरी कुल ३० सहभागी छनौट गरी युवा संजालको क्षमता अभिबृद्धि सम्बन्धि तालिम दिईएको हो ।
यस तालिमको मुख्य उद्येश्य बालबालिका तथा युवाहरुमा सकारात्मक सोचको विकास र जीवनशैलीमा सुधार गर्नु रहेको कार्यक्रमका संयोजक यमलाल शशाँकरले बताए ।
मंसीर २८ देखि पुष १ गतेसम्म तालिम संचालन भएको थियो भने अर्को यस्तै तालिम बिदेह नगरपालिकामा २ गते देखि संचालनमा छ । त्यस्तै, जनकनन्दनीमा पुष ५ गते देखि संचालनमा आउने बताईएको छ ।