१ पष, जनकपुरधाम । महोतरीको महटिहानी वडा नं. १ मा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।
मटिहानी नगरपालिका वडा नं. १ को आर्थिक तथा दलान नेपालको प्राविधिक सहयोगमा ३०० आँप, लिची र कागतीका उन्नत जातका फलफुलको बिरुवा लगाईएको हो । उक्त बिरुवाहरु वडाका स्कुल, स्वास्थ्य चौकी तथा पोखरीका डिलहरुमा लगाईएको हो । बातावरण संरक्षण, माटोको संबद्र्धन तथा जलवायु परिवर्तनबाट हुन सक्ने हानीबाट बचाउने उद्येश्यले बृक्षारोपण गरिएको संस्थाका कार्यकारी निर्देशक धर्मानन्द ठाकुरले बताए ।
वडाध्यक्ष शिवशंकर रायका अनुसार बृक्षारोपणका लागि १२ जना स्वंयसेवक दलान नेपालले परिचालन गरेको र बिरुवाहरुको घेरबार तथा सुरक्षाको जिम्मा वडा कार्यालयको रहेको बताईएको छ ।
दलान नेपालको आगामी योजना मटिहानीकै वडा नंं १ मा स्वंय सेवक रुपमा १० जना गरिब तथा बिपन्न परिवारका स्थानियलाई च्याउ खेती सम्बन्धि तालिम दिने योजना रहेको छ र साथै धनुषा एवं महोतरीको केही बिद्यालयमा बिपदको समयमा कसरी बच्न सकिने बिषयमा बिद्यालयका बालबालिका तथा शिक्षकहरुलाई अभिमुखीकरण तथा प्रयोगात्मक अभ्यास गराउने योजना रहेको दलान नेपालका अध्यक्ष राम दुलार पासवानले बताए ।