टिकटक प्रतिबन्धको निर्णय फिर्ता हुन सक्छ : प्रचण्ड

१८ मंसिर, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएर नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रता संकुचित पार्ने चाहना नरहेको बताएका छन् ।

सम्पादकहरुसँग सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा भएको छलफलमा उनले टिकटक बाहेक अरु सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने योजना नभएको बताए ।

‘टिकटक बन्द भयो, अरु सामाजिक सञ्जाल पनि बन्द होलान् कि भन्ने आशंका हो, त्यसो नगरौं’ उनले भने, ‘सरकार नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रताको हकमा स्पष्ट र प्रतिवद्ध छ । त्यसलाई संकुचन गर्ने कुनै उद्देश्य छैन, सरकारले त्यो सोच्न पनि सक्दैन ।’

उनले सरकारको मात्रै चाहनाले टिकटकमाथि रोक लगाउने निर्णय नभएको बताए । उनका अनुसार, सर्वपक्षीय भेलामा प्रमुख विपक्षी दलका नेता ‘टिकटक कहिलेदेखि बन्द गर्नुहुन्छ ?’ भनेर सोधिरहेका हुन्थे ।

सत्तारुढ दलकै नेताहरुले समेत पारिवारिक बेमेल, झगडा, मनोमालिन्य लगायतका समस्या देखाउदै टिकटकबारे सोच्नेपर्ने बेला आएको भन्दै निर्णय लिन सुझाव दिएका थिए ।

‘यसो मै पनि घरमा गएर हेर्छु, नातिनातिनीको चाल त्यस्तो छ, जतिखेर पनि टिकटक । सबै टिकटकमा झुण्डिएको देख्छु’ उनले भने, ‘त्यसैले विचार गरिकनै टिकटकमाथि रोक लगाइएको हो ।’

उनले टिकटकमाथि लगाइएको बन्देजका कारण नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रता संकुचित हुनसक्छ भन्ने भएमा अब निर्माण हुने नयाँ कानुनबाट त्यसलाई सम्बोधन गर्न सकिने बताए । त्यो कानुनमा नियमनको व्यवस्था गर्ने र प्रतिबन्धको निर्णय फिर्ता लिन सकिने उनको भनाइ थियो ।

हालै सरकारले सञ्चार क्षेत्रसँग सम्बन्धित केही विधेयकको मस्यौदा बनाउन सैद्धान्तिक स्वीकृति दिएको थियो । स्वीकृति पाएकोमा सामाजिक सञ्जाल सञ्चालन तथा नियमन गर्ने विषयसँग सम्बन्धित विधेयक पनि परेको छ । प्रधानमन्त्री प्रचण्डले यही विधेयकलाई संकेत गर्दै कानुन अनुसार बन्देज हटाउन सकिने संकेत गरेका हुन् ।

टिकटक प्रतिबन्धविरुद्ध परेको रिटमा सर्वोच्च अदालतमा लिखित जवाफ पठाउँदै प्रधानमन्त्री प्रचण्डले नेपाली समाजमा टिकटकले रोग र महामारी फैलाएको टिप्पणी गरेका थिए ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नियमन सम्भव नभएकाले टिकटकमाथि प्रतिबन्ध नै लगाइएको दाबी गरेको थियो ।

सरकारले टिकटक प्रतिबन्धको निर्णय गर्दा कुनै कानुनी आधार लिएको छैन । सरकारको निर्णयमा भनिएको छ, ‘सामाजिक सञ्जालको रुपमा प्रयोग भइरहेको टिकटकका माध्यमबाट सामाजिक सद्भाव एवं सामाजिक वातावरणमा नकारात्मक असर परिरहेकोले नेपालमा टिकटकको प्रयोगमा तत्काल रोक लगाउने र यससम्बन्धी व्यवस्था सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मिलाउने ।’

मंगलबारदेखि सर्वोच्च अदालतमा टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारी निर्णय विरुद्ध करिव एक दर्जन रिट निवेदनमा एकसाथ सुनुवाइ हुँदैछ ।

Related posts:

कोशी प्रदेशका ४ सांसद चढेको गाडी दुर्घटना

बाबुले गरे छोरी र भतिजको हत्या

मर्निङवाकमा निस्किएका दुई महिलाको कारको ठक्करबाट मृत्यु

एकैदिन ३५ सय घट्यो सुन

मरेको खसीको मासु बेचेको आरोपमा पोखराबाट २ जना पक्राउ

उमेरहदमा अड्कियो निजामती विधेयक

उपत्यका विकास प्राधिकरणका सब-इन्जिनियरविरुद्ध साढे ३ करोड भ्रष्टाचार मुद्दा

कर्पोरेसनले भन्यो- चाहिनेजति तेल छ, नआत्तिनू

निजी स्कुलको बसमा आगलागी, विद्यार्थी सकुशल

गुड्दा गुड्दै जमिनमुनि गाडी गायब, भूगर्भविद्‍ले थाले अध्ययन

रौतहटको सुधार केन्द्रमा एक व्यक्तिमाथि निर्घात कुटपिट, प्रहरीले थाल्यो अनुसन्धान

पाटन दरबार क्षेत्रमा सवा करोडमा बन्यो पर्यटक लक्षित ‘कलात्मक अत्याधुनिक शौचालय

धोकापूर्ण सहमति भएको भन्दै विद्यालय कर्मचारी परिषद्ले गर्‍यो नयाँ आन्दोलन घोषणा

अब सवारी लाइसेन्सको अवधि १० वर्ष हुने

इनारमा गाडी खस्दा १२ जनाको मृत्यु

ससुराको हत्या गरी भारतमा लुक्ने ब्यक्ति १५ बर्षपछि प्रहरीकै पोल्ट्रीफार्मबाट पक्राउ

माओवादीबाट निर्वाचित मेयर-उपमेयर नै संलग्न, बागमतीका मेयर थापाविरुद्ध डेढ अर्बको भ्रष्टाचार मुद्दा

१२१ डीएसपीको सरुवा, को कहाँ ? (सूचीसहित)

एकैदिन तोलाको ७५ सय घट्यो सुन

कक्षा १२ को परीक्षा नरोक्ने राष्ट्रिय परीक्षा बोर्डको निर्णय

आज सुन प्रतितोला १ लाख ९१ हजार रुपैयाँ

राजेन्द्र लिङ्देन सिंहदरबारबाट प्रहरी नियन्त्रणमा

पालिकाले गरेको पाठ्यपुस्तक एकरुपतामा केही समुह सक्रिय भई भ्रम फैलाउँदै

उपमहानगरपालिकाको पाठ्यपुस्तक एकरुपताका गर्ने निर्णय स्वागतयोग्य रहेको अभिभावक संघको ठहर

भारतमा नक्सलवादीविरुद्ध सरकारको लडाइँ तीव्र, घाइते सुरक्षाकर्मीको संख्या ३०० प्रतिशतले वृद्धि

अझै बढ्यो सुनको भाउ, तोलाको कति ?

अमेरिकाको हडसन नदीमा हेलिकोप्टर दुर्घटना, ६ जनाको मृत्यु

विद्यालय शिक्षा विधेयकमा ३८ वटा दफामा दफावार छलफल सकियो

सुनको भाउ फेरि उकालो, बढ्यो २ हजार

तिनकुने घटनामा पक्राउ पर्नेको संख्या १४० पुग्यो, पुनः ६ जना पक्राउ

राप्रपाको सभा बल्खुमा हुने

शिक्षक महासंघद्वारा आम शैक्षिक हड्ताल घोषणा

मधेश प्रदेश सभामा २६ गते प्रधानमन्त्रीले सम्बोधन गर्ने

जनकपुर पालिका भित्रका सम्पुर्ण निजी स्कुलले पाठ्यपुस्तकमा एकरुपता गर्ने निर्णय

राजसंस्था पुनःस्थापनाका लागि देशभर संयुक्त आन्दोलन परिचालन समिति गठन गरिने

३ सय किलो गाँजासहित कार चालक पक्राउ

तने बोडीमा देखियो ९२ प्रतिशत विषादी

पियोर इनर्जीको आईपीओ २८ गतेदेखि खुल्ने, कस्तो छ कम्पनी ?

पूर्वराजा ज्ञानेन्द्र अघोषित नजरबन्दमा

तीनकुने घटनामा पक्राउ परेकाहरूलाई आज म्याद थप गरिंदै

परीक्षाको बेला आन्दोलनै आन्दोलन, जिम्मेवार हुन शिक्षा मन्त्रालयको अनुरोध

ओली, देउवा र प्रचण्ड एउटै मञ्चमा

ऊर्जा मन्त्रालयले कुलमानलाई पठायो तीनपन्ने पत्र, लेख्यो पदबाट हटाउनुका १० कारण

विराटनगरको यातायात कार्यालयबाट १२ जना पक्राउ

संस्थागत बिद्यालयहरुलाई पाठ्यपुस्तकको नामावली पेश गर्न ७ दिनको समय थप

Tagged

Leave a Reply

Your email address will not be published. Required fields are marked *