१७ मंसीर, जनकपुरधाम । भारतको बिहारमा पर्ने दुर्गास्थानमा करीब पौने ४ करोड अर्थात ३ करोड ७५ लाख महादेव निर्माण गरी पूजा गरिएको छ ।
दुर्गा स्थान नजिकैको कालिदास क्याम्पसमा गरिएको उक्त भब्य धार्मिक अनुष्ठान मैथिल ब्राम्हण समुदायद्धारा जगत कल्याणका निम्ति आयोजना गरिएको आयोजकको भनाई छ ।
यस अघि पनि करौडौ महादेवको निर्माण गरी यस्ता महापूजा कार्यक्रम हुँदै आएकोमा यस पटकको पूजामा भने बिगतका भन्दा बढी महादेव निर्माण गरिएको दर्शनार्थीहरुले बताएका छन । यस अघि नेपालको जनकपुर स्थित बारह बिग्हा र भारतकै सौराठ सभामा आयोजन गरिएको थियो । तर यो महापूजा बिगतमा भए भन्दा पनि ठूलो रहेको बतार्ईएको छ । यस पूजामा नेपाल भारतका बिभिन्न स्थानका ब्राम्हणहरुको उल्लेख्य रुपमा उपस्थित रहेको थियो भने उनीहरुले करौडो महादेव तथा शिवलिङ निर्माण गरी पूजा पाठ समेत गरेका छन । सो धार्मिक कार्यमा सहभागी हुन नेपाल भारतका गाउँ गाउँ तथा शहरहरुबाट बिभिन्न श्रद्धालुहरु पुगेका थिए भने धेरैले महादेव निर्माण गरी पूजा समेत गरेका थिए । यो पूजन लाई अहिले सम्मकै सबैभन्दा बढी पार्थी बनाई पूजा गरिएको बिश्वास गरिएको छ । पुजामा सहभागीहरु छुट्टा छुट्टै रुपमा आ आफ्नो पंडालमा सामुहिक रुपमा पूजा गरेका छन । आ आफ्नो स्थानिय ठाउँको नामबाटै निर्मित पंडालमा पूजा गरेका छन । र यस्ता पंडालहरु सयौको संख्यामा रहेका थिए ।
पूजामा लाखौ श्रद्धालुको सहभागी रहेको थियो भने आयोजकले एकदमै ब्यवस्थित तरीकाबाट सो पूजाको अनुष्ठान सम्पन्न गराएका छन ।