उच्च ओहोदामा बसेका सबैको सम्पत्ति छानबिन गर्ने कानुन बनाउन प्रस्ताव

१६ मंसिर, बुटवल । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले २०४६ सालपछि उच्च ओहोदामा बसेका सबैको सम्पत्ति छानबिन गर्ने कानुन बनाउन प्रस्ताव गरेका छन् ।

नेपाली कांग्रेसको पहिलो लुम्बिनी प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै उनले छानबिन गर्दा अनियमित तरिकाले कमाएको भेटिए सम्पत्ति जफत गर्ने कानुन बनाउनुपर्ने बताए ।

महामन्त्री थापाले प्रदेश सरकार महंगो भएको र ठीक ढंगले काम नगरेको जनस्तरमा गुनासो आएको बताए । प्रदेशदेखि संघसम्म धेरै मन्त्रालय हुँदा जनस्तरमा प्रदेशप्रति नकारात्मक टिप्पणी भएको भन्दै उनले कम खर्चमा पनि चलाउन सकिने बताए ।

विगतमा १४ अञ्चल र ५ विकास क्षेत्र हुँदा हुने खर्चमै ७ प्रदेश र ७५३ स्थानीय सरकार चलाउन सकिने थापाको भनाइ छ ।

‘लोभले गर्दा तलदेखि माथिसम्म सबैलाई मन्त्री बन्नुपरेको छ’, थापाले भने, ‘मन्त्रालय घटाउनुपर्छ, संघमा ८ देखि १० मन्त्रालय भए पुग्छ । यत्रो ठूलो कर्मचारीतन्त्र छ, यही कर्मचारी र प्रहरीले संघ र प्रदेश चल्छ ।’

लुम्बिनीका मुख्यमन्त्री गठबन्धनमा भागवण्डा मिलाउन प्रदेशको मन्त्रालय थप गर्ने प्रस्ताव लिएर काठमाडौं गइरहेको आफूले सुनेको भन्दै थापाले प्रदेश सरकार कम खर्चमा चलाउन सक्छु भनेर भन्न सक्नुपर्ने बताए ।

आफ्नो क्षेत्रमा टुक्रे वजेट पार्न मरिहत्ते गर्ने प्रवृत्तिले संघका मन्त्रीहरु र वडा अध्यक्षबीच फरक छुट्याउन कठिन हुन थालेको थापाको टिप्पणी छ ।

महामन्त्री थापाले चुनाव अघिको गठबन्धनले लोकतन्त्रलाई विकृत बनाएको बताउंदै आउदो च्ुनावमा कांग्रेस एक्लै चुनाव लड्नु्पर्ने धारणा राखे । समानुपातिक निर्वाचन प्रणालीले पनि विकृति ल्याएको भन्दै उनले निर्वाचन प्रणाली बदल्नुपर्ने बताए ।

निर्वाचनसम्बन्धी नयाँ विधेयक संसदमा ल्याउने तयारी भइरहेको भन्दै उनले निर्वाचन प्रणाली बदल्न त्यहाँ काम गर्न जरुरी रहेको बताए ।

पार्टीको संसदीय समितिले सांसदको टिकट बांड्ने परिपाटीले पार्टीमा गुटबन्दी मौलाएको भन्दै महामन्त्री थापाले सम्बन्धित क्षेत्र, पालिका र वडाबाटै टिकट वितरण गरेमा पार्टी बलियो हुने तर्क गरे ।

Related posts:

ज्ञानेन्द्र शाह गोरखा जाने, गोरखनाथ र मनकामना दर्शन गर्ने

संस्थागत बिद्यालयहरुमा लागु गर्ने शुल्कको बिवरण पेश गर्न पालिकाको आग्रह

सुनको भाउ अहिले सम्मकै उच्च, कति छ आज ?

२५ करोड नगदसहित काठमाडौंबाट एक जना पक्राउ

आज सुनको मुल्य कति ?

डा. मिश्रालाई स्वास्थ्य सचिव नियुक्त नगरिएकोमा सर्वाेच्चले माग्यो कारण

स्थान तोकी पाठ्यपुस्तक तथा पोशाक खरीद गर्न बाध्य नपार्न पालिकाको अनुरोध

मिथिला माध्यमिकी परिक्रमा आज जनकपुरधाम फर्किंदै

करेन्ट लागेर मूलपानीमा एक जनाको मृत्यु

लोकतन्त्रको विकल्प राजतन्त्र होइन : कमल थापा

एक करोड बीमा गरेर आफैंले पसलमा आगो लगाउने ब्यक्ति पक्राउ

ज्ञानेन्द्र शाहको स्वागतमा को-को उत्रिंदैछन् ? कहाँ-कहाँबाट निकालिंदै छ र्‍याली ?

महोत्तरीमा बस पल्टिँदा १५ जना घाइते

यो वर्ष एसईईमा ५ लाख २२ हजार परीक्षार्थी सहभागी हुने

स्वरोजगार लघुवित्तको एफपीओमा ९६ गुणा आवेदन

ग्यासको भाउ सिलिन्डरमा १२ रुपैयाँ ७५ पैसा बढाउने सहमति, उद्योगीको आन्दोलन फिर्ता

सप्तरीमा बाघको आक्रमणबाट २ जना घाईते

इजरायलले ४२ दिन थप्यो युद्धविरामको अवधि

सुनसरीमा बर्डफ्लुपछि भेटियो स्वाइनफ्लु

मिथिलाको १५ दिने माध्यमिकी ‘परिक्रमा’ आजदेखि सुरु

वडा भित्रका बिद्यालयहरुको तथ्यांक पठाउन जनकपुरधाम उपमहानगरपालिकाको ताकेता

कोशी प्रदेशको सात वर्षमा ९ सरकार, ६ मुख्यमन्त्री, ७५ कानुन निर्माण

मधेशका मन्त्रालयहरुको बजेट रोक्का गर्ने तयारी

जनकपुरधाममा संचालित निजि अस्पतालको अनुगमनलाई मुख्यमन्त्रीबाट निरन्तरता

सुनको भाउ हालसम्मकै उच्च

तोलामा १४ सय बढ्यो सुन

जनकपुरको मुस्कान अस्पतालमा ताल्चा

७५ इन्सपेक्टर डीएसपी बढुवा सिफारिस, को-को परे ? (सूचीसहित)

गृहमन्त्रीलाई कारबाही माग गर्दै कांग्रेस कार्यालयमा प्रदर्शन

नेपाल–भारतमा अपराधिक गतिविधि गर्ने ४ जना पक्राउ

सुनको भाउमा नयाँ किर्तिमान

विपद् जोखिम न्यूनीकरण सम्बन्धी अभिमुखिकरण तथा प्रयोगात्मक अभ्यास

एकैदिन सुनको भाउ तोलामा २३ सय रुपैयाँले बृद्धि, कति पुग्यो सुनको भाउ?

सुनको भाउमा समान्य गिरावट

COC कक्षाका सहभागीहरुलाइ ट्रयाकशूट वितरण

आगोमा जलेर एक जनाको मृत्यु

चिकित्सक लाइसेन्स परीक्षामा ६८ प्रतिशत फेल

चितवनमा युवकलाई कुट्ने प्रहरीमाथि छानबिन गर्न समिति गठन

काठमाण्डौबाट जनकपुर आउँदै गरेको माईक्रो दुर्घटना, १ का्े मृत्यु, १२ घाईते

बीमा रकम हत्याउन भारतीयसँग मिलेर श्रीमानको हत्या

घुर सल्किएर आगलागी हुँदा २ दर्जन जति खसीबीख्रा मरे

माघमा १८ बैंकको ब्याजदर स्थिर, दुईको हेरफेर

लक्ष्मिनिया गाउँपालिकामा एकल महिलाहरुका लागि एक विशेष परियोजना सञ्चालन

मन्त्रालयको स्पष्टीकरण पछि कुलमानले बुझाए कार्यसम्पादन विवरण

पूर्वपश्चिम राजमार्ग विस्तारका क्रममा भेटियो चार वटा सिलिन्डर बम

Leave a Reply

Your email address will not be published. Required fields are marked *