१३ मंसीर, जनकपुरधाम । विगत चार दशकदेखि एक अर्कासँग सहकार्य गर्दै राजनीतिक यात्रामा लागेका नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधि र रामसरोज यादव बीचको राजनितिक सम्बन्ध चिसिएको छ । धनुषा निर्वाचन क्षेत्र नम्बर ३ मा ठेकेदार संजय गुप्ता र जीवनाथ चौधरीमध्ये कसलाई महासमिति सदस्य बनाउने विषयमा दुबै जना वीच सहमति हुन नसक्दा उनीहरुको सम्बन्धमा चिसोपन बढ्दै गएको हो ।
निधिले ठेकेदार गुप्तालाई समर्थन गरेपछि यादवले ग्रासरुटका कार्यकर्तालाई सदस्य बनाउने अडान लिएका थिए । यता यसै अडानका कारण निधिले नगराइन नगरपालिकाका मेयर विनय यादवको घरमा बैठक बोलाएका थिए । उता यादवले पनि बौहर्वामा बैठक गरेका थिए। २०७४ को प्रतिनिधिसभामा निधिले संजय साहलाई जेल मुक्त गराउन पहल थालेपछि चौधरी र निधिबीच दूरी बढेको जानकारहरु बताउँछन । निधि र जीवनाथ चौधरीबीच सम्बन्ध प्रगाढ़ रहे पनि यस अघिका निर्वाचनमा निधिको हारले पनि दुबैको सम्बन्ध थप चिसिएको हो ।
०७४ को निर्वाचनमा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) का नेता राजेन्द्र महतोबाट पराजित भएका निधिले मधेश प्रदेशमा काँग्रेसले मुख्यमन्त्रीमा दाबी गर्ने अडान लिएका थिए तर नेपाली काङ्ग्रेस का तत्कालीन संसदीय दलका नेता यादव चौधरीलाई लिएर भौतिक पूर्वाधार विकास मन्त्री बन्दा निधिसंग उनी दुवैको सम्बन्धमा थप दूरी उत्पन्न हुन पुगेको थियो । निधिमा देखिएको नाताबाद र कृपावादको बिरुद्धमा यादव र चौधरी दुवै लाग्दा निधिको सचिवालयले दुबैलाई निधिको विरोधीका रुपमा प्रस्तुत गर्न थालिसकेका छन । निधि र यादव तथा चौधरी बीचमा दूरी ल्याउन सचिवालयको समेत महत्वपूर्ण योगदान रहेको कांग्रेसका विज्ञहरुको भनाइ छ।
नेता निधिमा स्थानीय कार्यकताहरु समेत नरहेको आमजनमानसको भनाइ छ । धनुषा निर्वाचन क्षेत्र नम्वर ३ का अधिकांश नेता कार्यकर्ताहरु अन्य पार्टीमा गइसकेका छन्। बाँकी पनि उनीहरुबाट असन्तुष्ट भएकाले ती असन्तुष्टि सम्बोधन गर्न निधिलाई हम्मे हम्मे परेको छ । नेता निधिलाई काठमाण्डुमा गएर भेट्ने र उनको कुरामा सहमति जनाउनेलाई मात्रै नेता मान्ने र ग्रासरुटका नेताहरुलाई बाईपास गरी आयातित नेताहरुलाई प्राथमिकता दिने समस्या रहेको नेता कार्यकर्ताको भनाइ छ।
११ जना केन्द्रीय महासमिति सदस्यका लागि आयात नगरी स्थानीय ग्रासरुटका नेतालाई अवसर दिनुपर्ने यादव समर्थित नेता कार्यकर्ताहरुको माग छ भने नेता निधि भने ठेकेदार गुप्ताको नाम अगाडि सारेपछि विवाद बढेको थियो। अहिलेसम्म केन्द्रीय महासमिति सदस्यको लागि रामबाबु यादव, जीवनाथ चौधरी र संजय गुप्ताको नाम अगाडि आएको छ। निर्वाचन समितिका अनुसार केन्द्रीय महासमितिमा ११ जनालाई चयन गरिने छ, जसमा प्रत्यक्ष तर्फ दुई महिलासहित ७ जना र समानुपातिकतर्फ ४ जना रहने छन्। उनीहरुले बुधवार बिहान १० बजे देखि दिउँसो दुई बजेसम्म मनोनयन दर्ता गराउने बुधबार नै अढाई बजे प्रथम नामावली प्रकाशन गर्ने, तीन बजे मनोनयन पत्रमाथि दाबी बिरोध गर्ने र ४ बजे मनोनयन फिर्ता लिने समय निर्धारण गरेको छ। त्यस्तै ५ बजे उम्मेदवार को अन्तिम नामावली प्रकाशन गर्ने र १५ गते ९ बजे देखि ४ बजे सम्म मतदानको समय तोकिएको छ।
यद्यपि प्रत्यक्ष तर्फ प्रफुल्ल घिमिरे र मधेसी तर्फ जिवनाथ चौधरी मजबुत आवस्थामा रहेको बुझिएको छ।