वेयरहाउजिङको आईपीओ खुल्यो

IPO

१० मंसिर, काठमाडौं । सर्वसाधारणका लागि नेपाल वेयरहाउजिङ कम्पनीको प्राथमिक सेयर (आईपीओ) मा आवेदन खुलेको छ । मंसिर १३ गतेसम्म कम्पनीको आईपीओमा आवेदन दिन सकिने बिक्री प्रवन्धक हिमालयन क्यापिटलले जनाएको छ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा आवेदन दिने मिति २४ मंसिरसम्म थप हुनेछ । कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।

कम्पनीले यसअघि पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरेको आईपीओ बाँडफाँटपश्चात सर्वसाधारणका लागि निष्कासन गरेको हो ।

नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा जारी पूँजी ६८ करोड ७५ लाख रुपैयाँको २० प्रतिशतले हुने १३ करोड ७५ लाख रुपैयाँको १३ लाख ७५ हजार कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो । जसमध्ये कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १० प्रतिशत बाँडफाँट गरिसकेको छ ।

अब ११ करोड ४१ लाख २५ हजार रुपैयाँ बराबरको ११ लाख ४१ हजार २५० कित्ता सेयरका लागि कम्पनीले सर्वसाधारणबाट आवेदन माग गरेको हो ।
इच्छुक सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र सीडीएस एण्ड क्लियरिङ लिमिटेडको ‘मेरो सेयर’ अनलाइन प्रयोग आवेदन दिन सक्नेछन् ।

कम्पनीको मुख्य बिजनेस :

किसानका अन्नबाली, उद्योग तथा मिलहरुका खाद्यान्न सामाग्री लामो समयसम्म भण्डारण गर्नका लागि आधुनिक प्रविधियुक्त गोदामको सेवा यस कम्पनीले प्रदान गर्दछ । त्यस्तै आधुनिक प्रविधिबाट खाद्यान्नको सफाई तथा केलाई गर्ने, खाद्यान्नहरुको प्रयोगशालामा गुणस्तर परीक्षण गर्ने, खाद्यान्नको तापमान नियन्त्रण गर्नेजस्ता कार्य कम्पनीले गर्दछ । यसरी लामो समयसम्म कृषि तथा औद्योगिक उत्पादन भण्डारण गरिएपछि ती उत्पादनले उचित मूल्य पाउने छ ।

काठमाडौंको सिनामंगलमा यसको रजिस्टार कार्यालाय सञ्चालनमा छ भने मुख्य शाखा सुनसरीको गढी गाउँपालिकामा अवस्थित छ । त्यस्तै कपिलबस्तु र पर्सा जिल्लामा पनि शाखा कार्यालयहरु सञ्चालनमा रहेको विवरणपत्रमा उल्लेख छ ।

सुनसरीमा १५ हजार, कपिलवस्तुमा १५ हजार र पर्सा जिल्लामा २५ हजार मेट्रिकटन गरी कुल ५५ हजार मेट्रिक टन क्षमताको वेयरहाउजिङ सञ्चालन गरिएको कम्पनीले जनाएको छ । कम्पनी रजिस्टार कार्यालयबाट कम्पनीले २०७५ चैत ३ गते कारोबारको अनुमति पाएको छ ।

कम्पनीले भण्डारण गरेको उत्पादनको परिमाण तथा मूल्यका आधारमा वित्तीय संस्थाबाट किसान तथा उद्योगीलाई कर्जा प्रवाहमा सहजीकरण गर्ने, बजार निर्माणमा सहजीकरण गर्ने तथा ढुवानीका क्रममा समेत गुणस्तरमा नोक्सान नपर्नेगरी आधुनिक प्रविधियुक्त ट्रकमार्फत सेवा प्रदान गर्ने कम्पनीको लक्ष्य छ । उत्पादनको भण्डारण, बजारीकरण, ढुवानी, वित्तीय सहजीकरणजस्ता सेवा प्रदान गर्दा कम्पनीले लिने शुल्क नै मुख्य आम्दानी हुनेछ ।

कम्पनीको वित्तीय स्थिति :

आईपीओ निष्कासनका लागि गराएको रेटिङमा इन्फोमेरिक्स क्रेडिट रेटिङले कम्पनीलाई ‘आईआरएन डबल बी माइनस इस्यूअर रेटिङ’ प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

सञ्चित नोक्सानीमा रहेको कम्पनीले चालु आर्थिक वर्षबाट भने नाफामा जाने प्रक्षेपण गरेको छ । गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरण अनुसार असार मसान्तसम्म कम्पनीको सञ्चित नोक्सान ७ करोड ९४ लाख रुपैयाँ बराबर छ । कम्पनी चालु आर्थिक वर्ष २०८०/८१ मा पनि सञ्चित नोक्सानी कायम रहेन प्रक्षेपण गरेको छ । चालु वर्षको असार मसान्तसम्म सञ्चित नोक्सानी ४ करोड ९५ लाख रुपैयाँ रहने अनुमान छ ।

गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ८७ पैसा ऋणात्मक छ । त्यस्तै प्रतिसेयर नेटवर्थ ८५ रुपैयाँ ५५ पैसा छ । परियोजनाबाट साधारण लगानी फिर्ता हुने अवधि ९.२९ वर्ष रहने अनुमान छ ।

कम्पनीका सञ्चालक तथा व्यवस्थापक :

नेपाल वेयरहाउजिङ कम्पनीका अध्यक्ष आनन्दकुमार अग्रवाल हुन् । कुल १ लाख कित्ता सेयर होल्ड गरेका उनी निम्बस होल्डिङ्स प्रालिका प्रवन्ध निर्देशक पनि हुन् । त्यस्तै अन्य सञ्चालकहरुमा दिपप्रकाश पाण्डे, सतिशचन्द श्रेष्ठ र तेन्जिङ छोफेल लामा छन् । कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) जयमुकुन्द खनाल हुन् । व्यवस्थापकीय टिममा निश्चित अर्याल (चिफ बिजनेस अफिसर), मुकुन्द भुसाल (चिफ फाइनान्सियल अफिसर), कमल पौड्याल (आईटी हेड) छन् ।

Related posts:

कोशी प्रदेशका ४ सांसद चढेको गाडी दुर्घटना

बाबुले गरे छोरी र भतिजको हत्या

मर्निङवाकमा निस्किएका दुई महिलाको कारको ठक्करबाट मृत्यु

एकैदिन ३५ सय घट्यो सुन

मरेको खसीको मासु बेचेको आरोपमा पोखराबाट २ जना पक्राउ

उमेरहदमा अड्कियो निजामती विधेयक

उपत्यका विकास प्राधिकरणका सब-इन्जिनियरविरुद्ध साढे ३ करोड भ्रष्टाचार मुद्दा

कर्पोरेसनले भन्यो- चाहिनेजति तेल छ, नआत्तिनू

निजी स्कुलको बसमा आगलागी, विद्यार्थी सकुशल

गुड्दा गुड्दै जमिनमुनि गाडी गायब, भूगर्भविद्‍ले थाले अध्ययन

रौतहटको सुधार केन्द्रमा एक व्यक्तिमाथि निर्घात कुटपिट, प्रहरीले थाल्यो अनुसन्धान

पाटन दरबार क्षेत्रमा सवा करोडमा बन्यो पर्यटक लक्षित ‘कलात्मक अत्याधुनिक शौचालय

धोकापूर्ण सहमति भएको भन्दै विद्यालय कर्मचारी परिषद्ले गर्‍यो नयाँ आन्दोलन घोषणा

अब सवारी लाइसेन्सको अवधि १० वर्ष हुने

इनारमा गाडी खस्दा १२ जनाको मृत्यु

ससुराको हत्या गरी भारतमा लुक्ने ब्यक्ति १५ बर्षपछि प्रहरीकै पोल्ट्रीफार्मबाट पक्राउ

माओवादीबाट निर्वाचित मेयर-उपमेयर नै संलग्न, बागमतीका मेयर थापाविरुद्ध डेढ अर्बको भ्रष्टाचार मुद्दा

१२१ डीएसपीको सरुवा, को कहाँ ? (सूचीसहित)

एकैदिन तोलाको ७५ सय घट्यो सुन

कक्षा १२ को परीक्षा नरोक्ने राष्ट्रिय परीक्षा बोर्डको निर्णय

आज सुन प्रतितोला १ लाख ९१ हजार रुपैयाँ

राजेन्द्र लिङ्देन सिंहदरबारबाट प्रहरी नियन्त्रणमा

पालिकाले गरेको पाठ्यपुस्तक एकरुपतामा केही समुह सक्रिय भई भ्रम फैलाउँदै

उपमहानगरपालिकाको पाठ्यपुस्तक एकरुपताका गर्ने निर्णय स्वागतयोग्य रहेको अभिभावक संघको ठहर

भारतमा नक्सलवादीविरुद्ध सरकारको लडाइँ तीव्र, घाइते सुरक्षाकर्मीको संख्या ३०० प्रतिशतले वृद्धि

अझै बढ्यो सुनको भाउ, तोलाको कति ?

अमेरिकाको हडसन नदीमा हेलिकोप्टर दुर्घटना, ६ जनाको मृत्यु

विद्यालय शिक्षा विधेयकमा ३८ वटा दफामा दफावार छलफल सकियो

सुनको भाउ फेरि उकालो, बढ्यो २ हजार

तिनकुने घटनामा पक्राउ पर्नेको संख्या १४० पुग्यो, पुनः ६ जना पक्राउ

राप्रपाको सभा बल्खुमा हुने

शिक्षक महासंघद्वारा आम शैक्षिक हड्ताल घोषणा

मधेश प्रदेश सभामा २६ गते प्रधानमन्त्रीले सम्बोधन गर्ने

जनकपुर पालिका भित्रका सम्पुर्ण निजी स्कुलले पाठ्यपुस्तकमा एकरुपता गर्ने निर्णय

राजसंस्था पुनःस्थापनाका लागि देशभर संयुक्त आन्दोलन परिचालन समिति गठन गरिने

३ सय किलो गाँजासहित कार चालक पक्राउ

तने बोडीमा देखियो ९२ प्रतिशत विषादी

पियोर इनर्जीको आईपीओ २८ गतेदेखि खुल्ने, कस्तो छ कम्पनी ?

पूर्वराजा ज्ञानेन्द्र अघोषित नजरबन्दमा

तीनकुने घटनामा पक्राउ परेकाहरूलाई आज म्याद थप गरिंदै

परीक्षाको बेला आन्दोलनै आन्दोलन, जिम्मेवार हुन शिक्षा मन्त्रालयको अनुरोध

ओली, देउवा र प्रचण्ड एउटै मञ्चमा

ऊर्जा मन्त्रालयले कुलमानलाई पठायो तीनपन्ने पत्र, लेख्यो पदबाट हटाउनुका १० कारण

विराटनगरको यातायात कार्यालयबाट १२ जना पक्राउ

संस्थागत बिद्यालयहरुलाई पाठ्यपुस्तकको नामावली पेश गर्न ७ दिनको समय थप

Leave a Reply

Your email address will not be published. Required fields are marked *