Post Views: 109
७ मंसिर, काठमाडौं । नेकपा एमालेको युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानले आज काठमाडौंमा गर्ने प्रदर्शनलाई लक्षित गरी काठमाडौं उपत्यकामा विशेष सुरक्षा प्रबन्ध मिलाइएको छ ।
प्रदर्शनमा घुसपैठ हुन सक्ने र अपि्रय घटना हुन सक्ने सम्भावनालाई विश्लेषण गर्दै काठमाडौं उपत्यकामा एकीकृत विशेष सुरक्षा योजना लागू गरिएको छ ।
सुरक्षाकर्मीहरुलाई परिचालन गर्न उपत्यका प्रहरी कार्यालयले डिआईजी लालमणि आचार्यको नेतृत्वमा कमाण्ड सेन्टर खडा गरेको छ । कमाण्ड सेन्टरमा नेपाली सेनाको सैनिक गुप्तचर महानिर्देशनालय (डीजीएमआई) का एक जना अधिकृतसहित सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको टोली रहनेछन् ।
आज बिहानैदेखि काठमाडौंका चोक-चोकमा हतियारसहितका सुरक्षाकर्मीहरु परिचालन गरिएको छ । प्रदर्शनकारी बसेका स्थानमा पनि सादा पोशाकसहितका सुरक्षाकर्मी खटिएका छन् ।
युवा संघले तिनकुनेमा र प्रसाईं समूहले बल्खु क्षेत्रमा केन्दि्रत भएर प्रदर्शन गर्दैछन् । त्यसअघि विभिन्न स्थानबाट जुलुस निस्किने छ । प्रसाईं समूहले भक्तपुरको सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालय अगाडिको चौर, गोंगबु चोक, स्वयम्भु, कलंकी, जावलाखेल, सातदोबाटो, कीर्तिपुरको त्रिभुवन विश्वविद्यालय प्रवेशद्वार र चाबहिल चोकबाट र्याली निकाल्ने जनाएको छ । यसैगरी युवा संघको जुलुस भक्तपुरको सल्लाघारीबाट तिनकुने आउने छ ।
यी जुलुसहरुलेे रिङगरोड भित्रका विभिन्न रुट प्रयोग गर्ने भएकाले काठमाडौं उपत्यकामा विशेष निगरानी र सतर्कता अपनाइएको छ । जुलुसमा सादा पोशाकका सुरक्षाकर्मीहरु पनि रहनेछन् र उनीहरुले सूक्ष्म निगरानी गर्नेछन् । साथै सीसीटीभी फुटेजहरुबाट पनि जुलुसको निगरानीको व्यवस्था गरिएको छ । बल्खु र तिनकुने क्षेत्र वरपर ड्रोनबाट पनि निगरानी गर्ने तयारी छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले बानेश्वर-माइतीघर खण्ड, राष्ट्रपति कार्यालय, प्रधानमन्त्री निवास लगायत क्षेत्रका वरपर निषेधाज्ञा जारी गरिएको छ । यसैगरी ललितपुर प्रशासनले पनि पुल्चोकस्थित मन्त्री निवास र संयुक्त राष्ट्रसंघको कार्यालय वरपरको क्षेत्रमा पनि निषेधाज्ञा जारी गरेको छ ।
प्रदर्शनको कारण आज उपत्यकाको ट्राफिक व्यवस्थापन प्रभावित हुने निश्चित छ । यसैगरी ट्राफिक प्रहरीको एफएमले पनि सडकको अवस्थाबारे निरन्तर जानकारी दिने व्यवस्था मिलाएको जनाएको छ । बसबाट विद्यार्थी ओसार्ने कतिपय विद्यालयहरुले सूचना जारी गरेर आज विद्यालयहरु बन्द गरेका छन् ।
Related posts:
ज्ञानेन्द्र शाह गोरखा जाने, गोरखनाथ र मनकामना दर्शन गर्ने
संस्थागत बिद्यालयहरुमा लागु गर्ने शुल्कको बिवरण पेश गर्न पालिकाको आग्रह
सुनको भाउ अहिले सम्मकै उच्च, कति छ आज ?
२५ करोड नगदसहित काठमाडौंबाट एक जना पक्राउ
डा. मिश्रालाई स्वास्थ्य सचिव नियुक्त नगरिएकोमा सर्वाेच्चले माग्यो कारण
स्थान तोकी पाठ्यपुस्तक तथा पोशाक खरीद गर्न बाध्य नपार्न पालिकाको अनुरोध
मिथिला माध्यमिकी परिक्रमा आज जनकपुरधाम फर्किंदै
करेन्ट लागेर मूलपानीमा एक जनाको मृत्यु
लोकतन्त्रको विकल्प राजतन्त्र होइन : कमल थापा
एक करोड बीमा गरेर आफैंले पसलमा आगो लगाउने ब्यक्ति पक्राउ
ज्ञानेन्द्र शाहको स्वागतमा को-को उत्रिंदैछन् ? कहाँ-कहाँबाट निकालिंदै छ र्याली ?
महोत्तरीमा बस पल्टिँदा १५ जना घाइते
यो वर्ष एसईईमा ५ लाख २२ हजार परीक्षार्थी सहभागी हुने
स्वरोजगार लघुवित्तको एफपीओमा ९६ गुणा आवेदन
ग्यासको भाउ सिलिन्डरमा १२ रुपैयाँ ७५ पैसा बढाउने सहमति, उद्योगीको आन्दोलन फिर्ता
सप्तरीमा बाघको आक्रमणबाट २ जना घाईते
इजरायलले ४२ दिन थप्यो युद्धविरामको अवधि
सुनसरीमा बर्डफ्लुपछि भेटियो स्वाइनफ्लु
मिथिलाको १५ दिने माध्यमिकी ‘परिक्रमा’ आजदेखि सुरु
वडा भित्रका बिद्यालयहरुको तथ्यांक पठाउन जनकपुरधाम उपमहानगरपालिकाको ताकेता
कोशी प्रदेशको सात वर्षमा ९ सरकार, ६ मुख्यमन्त्री, ७५ कानुन निर्माण
मधेशका मन्त्रालयहरुको बजेट रोक्का गर्ने तयारी
जनकपुरधाममा संचालित निजि अस्पतालको अनुगमनलाई मुख्यमन्त्रीबाट निरन्तरता
जनकपुरको मुस्कान अस्पतालमा ताल्चा
७५ इन्सपेक्टर डीएसपी बढुवा सिफारिस, को-को परे ? (सूचीसहित)
गृहमन्त्रीलाई कारबाही माग गर्दै कांग्रेस कार्यालयमा प्रदर्शन
नेपाल–भारतमा अपराधिक गतिविधि गर्ने ४ जना पक्राउ
सुनको भाउमा नयाँ किर्तिमान
विपद् जोखिम न्यूनीकरण सम्बन्धी अभिमुखिकरण तथा प्रयोगात्मक अभ्यास
एकैदिन सुनको भाउ तोलामा २३ सय रुपैयाँले बृद्धि, कति पुग्यो सुनको भाउ?
सुनको भाउमा समान्य गिरावट
COC कक्षाका सहभागीहरुलाइ ट्रयाकशूट वितरण
आगोमा जलेर एक जनाको मृत्यु
चिकित्सक लाइसेन्स परीक्षामा ६८ प्रतिशत फेल
चितवनमा युवकलाई कुट्ने प्रहरीमाथि छानबिन गर्न समिति गठन
काठमाण्डौबाट जनकपुर आउँदै गरेको माईक्रो दुर्घटना, १ का्े मृत्यु, १२ घाईते
बीमा रकम हत्याउन भारतीयसँग मिलेर श्रीमानको हत्या
घुर सल्किएर आगलागी हुँदा २ दर्जन जति खसीबीख्रा मरे
माघमा १८ बैंकको ब्याजदर स्थिर, दुईको हेरफेर
लक्ष्मिनिया गाउँपालिकामा एकल महिलाहरुका लागि एक विशेष परियोजना सञ्चालन
मन्त्रालयको स्पष्टीकरण पछि कुलमानले बुझाए कार्यसम्पादन विवरण
पूर्वपश्चिम राजमार्ग विस्तारका क्रममा भेटियो चार वटा सिलिन्डर बम