Post Views: 769
४ मंसिर, जनकपुरधाम । आज जनकपुरधामसहित देशैभर उदाउँदो सूर्यलाई अर्घय दिएर छठपर्व सम्पन्न भएको छ । पारिवार एवं सन्तानको सुख समृद्धिको कामना गर्दै अत्यन्त श्रद्धापूर्वक मनाइने छठपर्वमा आज बिहानै उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिइएको छ ।
यसअघि हिजो साँझ अस्ताउँदो सूर्यलाई अर्घय दिईएको थियो । जनकपुरधाम सहित नेपाल भारतका बिभिन्न स्थानका पोखरी तलाउ तथा नदीहरुमा बनाइएको छठ घाटमा हिजो बिहानैदेखि छठको पूजा सामग्री लिएर भक्तजनहरु बसेका थिए । हिजो ब्रतालुहरुले साँझपख अस्ताउँदै गरेका सुर्यलाई अर्घय दिए भने आज बिहान उदाउँदै गरेको सुर्यलाई अर्घ दिए पश्चात छठ घाटमै छठी माताको कथा सुनेर यस पर्वको समापन गरेका छन ।
चार दिनसम्म मनाइँने छठ पर्वको पहिलो दिन ब्रतालुहरु नुहाएर अरबा अरबाईन भोजन गर्ने गर्दछन् भने दोश्रो दिन साँझ प्रसादको रुपमा चामल, सक्खर र दुध मिलाएर बनाएको खीर ग्रहण ग्रहण गरी खरना गर्दछन् । त्यस्तै तेश्रो दिन साँझ घाटमा पूजा सामग्री सहित अस्ताउँदो सूर्यदेव अर्थात दिनानाथको अर्घ्य दिन्छन भने भोलिपल्ट चौथो दिन बिहान उँदाउँदो सूर्यको अर्घ्य दिएपछि छठपर्व विधिवत रुपमा समापन हुन्छ ।
छठ पर्वमा बाँसको ढाकी, डग्री, माटोको कोसिया कुरबार, हाती लगायतको सामग्रीहरु चढाईन्छ । त्यस्तै प्रसादको रुपमा ठकुवा, भुसुवा, केरा, खाजा, उखु, हल्दी, अदुवा एवं विविध प्रकारको मिठाई तथा फलफुल सूर्य देवता अर्थात दिनानाथलाई चढाउने गरिन्छ । अर्घ दिने ब्रतालु ४८ घन्टासम्म पानी पनि नखाई उपबास बस्ने गर्दछन् । छठ पर्वमा सूर्य भगवान अर्थात दिनानाथलाई अर्घ दिन तयार गरिने परिकारहरु अत्यन्तै नियम निष्ठापूर्वक गर्नुपर्ने भएकाले छठलाई निष्ठा र कठोर पर्वको रुपमा मानिन्छ ।
यसका लागि आदिदेव सूर्य भगवानलाई अर्घ दिन मिथिलाञ्चलको नदी, तलाउ , पोखरी, ईनार लगायतको जलाशयको किनारमा घाट बनाएर विशेष रुपले सिंगारिएको थियो । खास गरी जनकपुरधामको धार्मिक तथा ऐतिहासिंक पोखरी तलाउ गंगासागर, धनुसागर, अंगराजसर, दशरथ तलाउ लगायतको पोखरीहरुलाई नवदुल्ही झै सजाइएर झकिझकाउ बनाइएको थियो । घाटहरुमा पारम्परिक छठको लोकगितहरु पनि बजाउने गरिन्छ ।
उदाउँसो सूर्यलाई अर्घको रुपमा चढाइएको पूजा सामग्री एवं प्रसाद छठ घाटमा समेत वितरण गर्ने प्रचलन छ भने घरमा लगेर प्रसादको रुपमा सबैले ग्रहण गर्दछन् । छठ पर्व नहुनेहरुलाई छठ पर्व गर्नेहरुले निम्ता दिएर, बोलाएर खुवाउनुको साथै घरमा समेत पूर्याईदिने मिथिलाञ्चलमा प्रचलन छ ।
Related posts:
पालिकाले गरेको पाठ्यपुस्तक एकरुपतामा केही समुह सक्रिय भई भ्रम फैलाउँदै
उपमहानगरपालिकाको पाठ्यपुस्तक एकरुपताका गर्ने निर्णय स्वागतयोग्य रहेको अभिभावक संघको ठहर
भारतमा नक्सलवादीविरुद्ध सरकारको लडाइँ तीव्र, घाइते सुरक्षाकर्मीको संख्या ३०० प्रतिशतले वृद्धि
अझै बढ्यो सुनको भाउ, तोलाको कति ?
अमेरिकाको हडसन नदीमा हेलिकोप्टर दुर्घटना, ६ जनाको मृत्यु
विद्यालय शिक्षा विधेयकमा ३८ वटा दफामा दफावार छलफल सकियो
सुनको भाउ फेरि उकालो, बढ्यो २ हजार
तिनकुने घटनामा पक्राउ पर्नेको संख्या १४० पुग्यो, पुनः ६ जना पक्राउ
राप्रपाको सभा बल्खुमा हुने
शिक्षक महासंघद्वारा आम शैक्षिक हड्ताल घोषणा
मधेश प्रदेश सभामा २६ गते प्रधानमन्त्रीले सम्बोधन गर्ने
जनकपुर पालिका भित्रका सम्पुर्ण निजी स्कुलले पाठ्यपुस्तकमा एकरुपता गर्ने निर्णय
राजसंस्था पुनःस्थापनाका लागि देशभर संयुक्त आन्दोलन परिचालन समिति गठन गरिने
३ सय किलो गाँजासहित कार चालक पक्राउ
तने बोडीमा देखियो ९२ प्रतिशत विषादी
पियोर इनर्जीको आईपीओ २८ गतेदेखि खुल्ने, कस्तो छ कम्पनी ?
पूर्वराजा ज्ञानेन्द्र अघोषित नजरबन्दमा
तीनकुने घटनामा पक्राउ परेकाहरूलाई आज म्याद थप गरिंदै
परीक्षाको बेला आन्दोलनै आन्दोलन, जिम्मेवार हुन शिक्षा मन्त्रालयको अनुरोध
ओली, देउवा र प्रचण्ड एउटै मञ्चमा
ऊर्जा मन्त्रालयले कुलमानलाई पठायो तीनपन्ने पत्र, लेख्यो पदबाट हटाउनुका १० कारण
विराटनगरको यातायात कार्यालयबाट १२ जना पक्राउ
संस्थागत बिद्यालयहरुलाई पाठ्यपुस्तकको नामावली पेश गर्न ७ दिनको समय थप
राष्ट्रपति पौडेललाई भेट्न शीतल निवास पुगे प्रचण्ड
ज्ञानेन्द्र शाह संवैधानिक राजा हुन पनि लायक छैनन् : देउवा
जनकपुरधाम उपमहानगरपालिकामा कक्षा ८ को परीक्षा शान्तिपुर्ण रुपमा हुँदै
२०८४ सम्म जनताकै साथमा रहन्छु, प्रधानमन्त्री बन्दिनँ : प्रचण्ड
जनकपुरमा एकघण्टा नबित्दै अंग्रेजीको प्रश्नपत्र आउट
ज्ञानेन्द्र शाह गोरखा जाने, गोरखनाथ र मनकामना दर्शन गर्ने
संस्थागत बिद्यालयहरुमा लागु गर्ने शुल्कको बिवरण पेश गर्न पालिकाको आग्रह
सुनको भाउ अहिले सम्मकै उच्च, कति छ आज ?
२५ करोड नगदसहित काठमाडौंबाट एक जना पक्राउ
डा. मिश्रालाई स्वास्थ्य सचिव नियुक्त नगरिएकोमा सर्वाेच्चले माग्यो कारण
स्थान तोकी पाठ्यपुस्तक तथा पोशाक खरीद गर्न बाध्य नपार्न पालिकाको अनुरोध
मिथिला माध्यमिकी परिक्रमा आज जनकपुरधाम फर्किंदै
करेन्ट लागेर मूलपानीमा एक जनाको मृत्यु
लोकतन्त्रको विकल्प राजतन्त्र होइन : कमल थापा
एक करोड बीमा गरेर आफैंले पसलमा आगो लगाउने ब्यक्ति पक्राउ
ज्ञानेन्द्र शाहको स्वागतमा को-को उत्रिंदैछन् ? कहाँ-कहाँबाट निकालिंदै छ र्याली ?
महोत्तरीमा बस पल्टिँदा १५ जना घाइते
यो वर्ष एसईईमा ५ लाख २२ हजार परीक्षार्थी सहभागी हुने
स्वरोजगार लघुवित्तको एफपीओमा ९६ गुणा आवेदन
ग्यासको भाउ सिलिन्डरमा १२ रुपैयाँ ७५ पैसा बढाउने सहमति, उद्योगीको आन्दोलन फिर्ता
सप्तरीमा बाघको आक्रमणबाट २ जना घाईते