१४ कातिक, जनकपुरधाम । बारामा स्कुल संचालकमाथि गोली प्रहार गरी हत्या गर्ने दोषीलाई अबिलम्ब पक्राउ गरी कारवाही गर्न प्याबसन तथा एन प्याबसनले जोडदार माग गरेको छ ।
जनकपुरधाम प्याबसनका अध्यक्ष रबिन्द्र चौधरी र जनकपुर नगर कमिटी एन प्याबसनका अध्यक्ष दिपक ठाकुरद्धारा जारी संयुक्त प्रेस बिज्ञप्तिमा सोे कुरा उल्लेख छ ।
बिज्ञप्ति मार्फत बाल एकता माविका संचालक माथि दिनदहाडै भएको गोली काण्डले सम्पुर्ण बिद्यालय जगत नै आतंकित रहेको भन्दै अबिलम्ब दोषीलाई पक्राउ गरी कारवाहीको दायरामा ल्याउन आग्रह गरिएको छ । यस्ता घटनाहरु नरोकिएसम्म अराजकतामा कमी नआउने भएकोले ततकालै राज्यका सम्बन्धित संयन्त्रले आवश्यक कदम चाल्नमा जोड दिईएको छ ।
सो बिज्ञप्ति मार्फत बिद्यालयमा संचालक तथा प्रधानाध्यापक रुपेश सर्राफलाई श्रद्धान्जली समेत दिईएको छ ।
बिज्ञप्ति हेर्नुहोस