२८ असोज, जनकपुरधाम । एन प्याब्सन जनकपुरधाम नगर कमिटि द्धारा जनकपुरको निजी बिद्यालयहरुमा निमको रुख रोप्दै बृक्षारोपण कार्यक्रम गरिएको छ ।
दशैको शुरुमै घटस्थापनको अवसर पारेर मानव जिवनका लागि अत्यन्तै उपयोगी बिरुवा मध्येको एक निमको रुख रोपेर बृक्षारोपण गरिएको हो ।
यस बृक्षारेपणलाई अभियानकै रुपमा अगाडि बढाउदै नगरका हरेक बिधालयमा निमको वृक्ष रोपिने अध्यक्ष ठाकुरले बताए । बाताबरणमैत्री को रुपमा रहेको निमको वृक्ष बाताबरण सन्तुलनमा महत्वपुर्ण भुमिका खेल्ने भएकोले यसलाई हरेक घर घरमा पनि रोपिनु पर्ने उनले बताए ।
निमको वृक्षले अक्सिजन शुद्धि गर्नमा अुलनिय भुमिका राख्ने र यस बृक्षबाट अन्य धेरै प्रकारका लाभ लिन सकिने भएकोले पनि यसलाइ संरक्षण गर्नुपर्नेमा समेत जोड दिए । दशैको प्रारम्भ सँगै थालनी भएको यस अभियानलाइ सरकारी कार्यालयहरुमा समेत पुर्याउने लक्ष्य रहेको अध्यक्ष ठाकुरले जानकारी दिएका छन ।
नगर कमिटिका अध्यक्ष दिपक ठाकुरको सभापतित्व र आयोजना तथा एन प्याबसन धनुषाका अध्यक्ष आशिष् झा को प्रमुख आथित्यमा आज नगरका बिभिन्न बिधालयहरुमा बृक्षारोपण कार्यक्रम गरिएको हो ।