Post Views: 176
२२ असोज, काठमाडौं । प्यालेस्टाइनको विद्रोही सेनाको आक्रमणमा परेर १२ जना थाई नागरिकको मृत्यु भएको छ ।
११ जना थाई नागरिक अपहरणमा परेको रोयटर्सले जनाएको छ । थाइल्याण्डका डेपुटी परराष्ट्र मन्त्री जाकाफोङ साङमाग्नलेलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाए अनुसार ८ जना थाइ नागरिक घाइते भएका छन् ।
यस्तै इजरायल र प्यालेस्टाइनको सीमा क्षेत्रमा ४ अमेरिकी नागरिक मारिएको सिएनएनले जनाएको छ । स्टेट अफ सेक्रेटरी एन्टोनी ब्लिकेनलाई उदृत गर्दै सिएनएनले जनाए अनुसार हराएका र हताहती भएकाहरुको संख्या खोजी भइरहेको छ ।
‘धेरै अमेरिकन मारिएको विवरण आएका छन् । त्यसलाई पुष्टि गर्न लागिरहेका छौं, एन्टोनीले सिएनएनसँग भनेका छन्, ‘हराइरहेका खबर पनि छन्, तिनीहरुलाई पनि पुष्टि गर्न लागिरहेका छौं ।’
इजरायलस्थित अमेरिकी दूतावासले सूचना जारी गर्दै आवश्यक सहयोगका लागि ‘क्राइसिस इनटेक फर्म’ भर्न आग्रह गरिएको छ । अमेरिकी नागरिकको हताहतीको संख्या निश्चित गर्न लागिरहेको राष्ट्रिय सुरक्षा काउन्सिलले जनाएको छ ।
युक्रेनका दुई नागरिक मारिएका छन् । मृतक दुबै महिला रहेको लामो समयदेखि इजरायलमा बसोबास गर्दै आएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । उनीहरुको मृत्युको कारण विस्तृतमा युक्रेनी परराष्ट्र मन्त्रालयलले नखुलाएको द टाइम्स अफ इजरायलले जनाएको छ ।
इजरायल–प्यालेस्टाइन युद्धका क्रममा भारतका २७ नागरिकलाई इजरायलबाट इजिप्ट पुर्याइएको छ ।
राज्यसभा सदस्य वानवेइरी खारलुखी, उनकी पत्नि, छोरीसहित भारतीय नागरिकलाई सुरक्षित रुपमा सीमा कटाइएको छ ।
२७ जना नै मेघालयका रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । इजरायलमा १८ हजार बढी भारतीय नागरिक छन् । त्यस मध्ये धेरै जना केयर गिभरको रोजगारीमा छन् ।
इजरायली सैनिक सेवामा रहेका बेलायती एक नागरिकको मृत्यु भएको बीबीसीले जनाएको छ ।
इजरायलको सुरक्षा फौजमा रहेका बेलायती नागरिक नाथानेल योङको हमासले गरेको आक्रमणमा मृत्यु भएको छ । बेलायती एक नागरिक हराइरहेको बीबीसीले लेखेको छ ।
फ्रान्सको एक महिलाको मृत्यु भएको रोयटर्सले जनाएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । आइतबारसम्म फ्रेन्च नागरिकको हताहतीको पूर्ण जानकारी संकलन भइसकेको छैन ।
घाइते बेलारुसका दुई जना नागरिकको अवस्था गम्भिर रहेको दी टाइम्स अफ इजरायलले उल्लेख गरेको छ । हमासले दुई मेक्सिकनलाई नियन्त्रणमा लिएको छ ।
जर्मन–इजरायली एक नागरिक हमासको नियन्त्रणमा रहेको अन्तराष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् । कम्बोडियाका एक विद्यार्थीको मृत्य भएको छ ।
Related posts:
जनकपुरमा एकघण्टा नबित्दै अंग्रेजीको प्रश्नपत्र आउट
ज्ञानेन्द्र शाह गोरखा जाने, गोरखनाथ र मनकामना दर्शन गर्ने
संस्थागत बिद्यालयहरुमा लागु गर्ने शुल्कको बिवरण पेश गर्न पालिकाको आग्रह
सुनको भाउ अहिले सम्मकै उच्च, कति छ आज ?
२५ करोड नगदसहित काठमाडौंबाट एक जना पक्राउ
डा. मिश्रालाई स्वास्थ्य सचिव नियुक्त नगरिएकोमा सर्वाेच्चले माग्यो कारण
स्थान तोकी पाठ्यपुस्तक तथा पोशाक खरीद गर्न बाध्य नपार्न पालिकाको अनुरोध
मिथिला माध्यमिकी परिक्रमा आज जनकपुरधाम फर्किंदै
करेन्ट लागेर मूलपानीमा एक जनाको मृत्यु
लोकतन्त्रको विकल्प राजतन्त्र होइन : कमल थापा
एक करोड बीमा गरेर आफैंले पसलमा आगो लगाउने ब्यक्ति पक्राउ
ज्ञानेन्द्र शाहको स्वागतमा को-को उत्रिंदैछन् ? कहाँ-कहाँबाट निकालिंदै छ र्याली ?
महोत्तरीमा बस पल्टिँदा १५ जना घाइते
यो वर्ष एसईईमा ५ लाख २२ हजार परीक्षार्थी सहभागी हुने
स्वरोजगार लघुवित्तको एफपीओमा ९६ गुणा आवेदन
ग्यासको भाउ सिलिन्डरमा १२ रुपैयाँ ७५ पैसा बढाउने सहमति, उद्योगीको आन्दोलन फिर्ता
सप्तरीमा बाघको आक्रमणबाट २ जना घाईते
इजरायलले ४२ दिन थप्यो युद्धविरामको अवधि
सुनसरीमा बर्डफ्लुपछि भेटियो स्वाइनफ्लु
मिथिलाको १५ दिने माध्यमिकी ‘परिक्रमा’ आजदेखि सुरु
वडा भित्रका बिद्यालयहरुको तथ्यांक पठाउन जनकपुरधाम उपमहानगरपालिकाको ताकेता
कोशी प्रदेशको सात वर्षमा ९ सरकार, ६ मुख्यमन्त्री, ७५ कानुन निर्माण
मधेशका मन्त्रालयहरुको बजेट रोक्का गर्ने तयारी
जनकपुरधाममा संचालित निजि अस्पतालको अनुगमनलाई मुख्यमन्त्रीबाट निरन्तरता
जनकपुरको मुस्कान अस्पतालमा ताल्चा
७५ इन्सपेक्टर डीएसपी बढुवा सिफारिस, को-को परे ? (सूचीसहित)
गृहमन्त्रीलाई कारबाही माग गर्दै कांग्रेस कार्यालयमा प्रदर्शन
नेपाल–भारतमा अपराधिक गतिविधि गर्ने ४ जना पक्राउ
सुनको भाउमा नयाँ किर्तिमान
विपद् जोखिम न्यूनीकरण सम्बन्धी अभिमुखिकरण तथा प्रयोगात्मक अभ्यास
एकैदिन सुनको भाउ तोलामा २३ सय रुपैयाँले बृद्धि, कति पुग्यो सुनको भाउ?
सुनको भाउमा समान्य गिरावट
COC कक्षाका सहभागीहरुलाइ ट्रयाकशूट वितरण
आगोमा जलेर एक जनाको मृत्यु
चिकित्सक लाइसेन्स परीक्षामा ६८ प्रतिशत फेल
चितवनमा युवकलाई कुट्ने प्रहरीमाथि छानबिन गर्न समिति गठन
काठमाण्डौबाट जनकपुर आउँदै गरेको माईक्रो दुर्घटना, १ का्े मृत्यु, १२ घाईते
बीमा रकम हत्याउन भारतीयसँग मिलेर श्रीमानको हत्या
घुर सल्किएर आगलागी हुँदा २ दर्जन जति खसीबीख्रा मरे
माघमा १८ बैंकको ब्याजदर स्थिर, दुईको हेरफेर
लक्ष्मिनिया गाउँपालिकामा एकल महिलाहरुका लागि एक विशेष परियोजना सञ्चालन
मन्त्रालयको स्पष्टीकरण पछि कुलमानले बुझाए कार्यसम्पादन विवरण