हमासले इजरायलमा गरेको आक्रमणमा परी कम्तिमा १० जना नेपालीको मृत्यु

२१ असोज, काठमाडौं । प्यालेस्टायनी कट्टरपन्थी समूह हमासले इजरायलमा गरेको आक्रमणमा परी कम्तिमा १० जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ । तीन जना घाइते भएका छन् ।

५० वर्षअघि भएको योम किपर युद्ध सुरु भएको दिन (६ अक्टोबर)को भोलिपल्ट हिजो शनिबार हमासले इजरायलमाथि ठूलो आक्रमण गरेको थियो । इजरायली अधिकारीहरुका अनुसार यो आक्रमणमा परी मारिनेको संख्या ६०० नाघेको छ । सयौं मानिस घाइते भएका छन् ।

आक्रमणमा नेपालीहरु पनि परेका थिए । उनीहरुमध्ये १० जनाको मृत्यु भएको पुष्टि इजरायलस्थित नेपाली राजदूत कान्ता रिजालले गरिन् ।

राजदूत रिजालले अनलाइनखबरलाई बताएअनुसार मृत्यु हुनेमा घोडाघोडी–४ कैलालीका नारायण न्यौपाने, जयपृथ्वी–६ बझाङका गणेशकुमार नेपाली, बाउनिया–३ कैलालीका आशिष चौधरी, लेकाम–५ दार्चुलाका दिपेशराज विष्ट, सपही–६, धनुषाका आनन्द साह र मधुवान–१, सुनसरीका राजेशकुमार स्वर्णकार छन् ।

यस्तै पाँचनली–डोटीका राजन फुलारा, लामिखाल–८ डोटीका पदम थापा, सारदा–३ सल्यानका प्रवेश भण्डारी र मालिकार्जुन–४ दार्चुलाका लोकेन्द्र सिंह धामीको पनि मृत्यु भएको छ ।

सारदा–२ सल्यानका विधान सेजुवाल, दगिशरण–३ दाङका प्रविण डाँगी घाइते भएका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । दुबैको खट्टामा गम्भीर चोट लागेको छ ।

गोरखा–८ गोरखाका हिमाञ्चल कट्टेलको पनि स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने टीकापुर–९ कैलालीका धनबहादुर चौधरी उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । त्रिवेणी–१ सल्यानका प्रमोद केसी फार्म हाउस मामिकको घरमा सुरक्षित छन् भने भजनी त्रिशक्ति–४ कैलालीका वीरेन्द्र चौधरी इजरायलको सुरक्षा पोष्टमा सुरक्षित अवस्थामा छन् ।

राजदूत रिजालले  भनिन्, ‘मृतक १० जनाको शव नेपाल पठाउन व्यवस्थापन मिलाइरहेका छौं । बाँकी घाइते र बंकरमा सुरक्षितहरुलाई पनि चाँडोभन्दा चाँडो उद्दार गर्न प्रयासरत छौं ।’

आइतबार विहान मात्र परराष्ट्रमन्त्री एनपी साउदले संसदलाई दिएको जानकारीअनुसार इजरायलमा ४ हजार ५०० नेपाली केयर गिभरका रूपमा कार्यरत छन् । २६५ जना विद्यार्थी इजरायल सरकारको ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत गएका थिए । जसमा कृषि विश्वविद्यालयबाट ११९, त्रिभुवन विश्वविद्यालयबाट ९७ र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना गएका थिए ।

उनीहरुमध्ये १७ जना गाजा क्षेत्र नजिक दक्षिणी इजरायलको किबुज अलुमिम भन्ने क्षेत्रमा भएको आक्रमण्ममा परेको भन्दै परराष्ट्र मन्त्री साउदले भनेका थिए, ‘१२ जनामध्ये केही सम्पर्कमा नरहेको र केही हताहत भएको हुनसक्ने हुँदा स्थिति यकिन गर्न सम्पूर्ण संयन्त्र परिचालन गरिएको छ ।’

आइबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा बसेको बैठकले परराष्ट्रमन्त्री साउदको संयोजकत्वमा समन्वय संयन्त्र गठन भएको छ । समन्वय संयन्त्रले नेपालीहरूको अवस्था पहिचान गर्ने र उद्दारसम्बन्धी निर्णय गर्ने लगायतका सम्पूर्ण कायहरु गर्नेछ ।

‘संयन्त्रले घटनाको निरन्तर अनुगमन, वस्तु स्थितिको समग्र मूल्यांकन गरेर नेपालीहरूको अवस्था पहिचान गर्ने, उद्धार गर्नुपर्ने अवस्थामा आवश्यक निर्णय लिने, समन्वय तथा सहयोगका सम्पूर्ण कार्यहरू गर्नेछ’, प्रधानमन्त्रीको अध्यक्षतामा बसेको बैठकको निर्णमा उल्लेख गरिएको छ ।

संयन्त्र गठन भएलगत्तै परराष्ट्रमन्त्री साउदले नेपालस्थित इजरायली राजदूतसँग भेट गरेका छन् भने इजरायली सरकारका अधिकारीसँग टेलिफोन संवाद गरेका छन् । ‘इजरायली सरकारसँग कुराकानी भइसकेको छ । उहाँहरूले नेपालीहरू फर्किनका लागि विमानस्थलको सहजिकरण गर्ने, भिडन्त भएको क्षेत्रभन्दा बाहेकका विमानस्थलबाट नेपाल ल्याउने कुरामा उनीहरूलाई नेपालको दूतावाससँग कुराकानी गरेर सहयोग गरिदिने बताएका छन्’, मन्त्री साउदले भने ।

नेपालीलाई सुरक्षित राख्नका लागि कोशिष भइरहेको भन्दै उनले अघि भने, ‘थप क्षति नहोस् भनेर हामीले अनुरोध गरेका छौँ । त्यस्तो भएको खण्डमा दूतावाससँग सहकार्य गरेर ल्याउने भनेको छ ।’

इच्छुकलाई फिर्ता ल्याउनका लागि विमानस्थल खुला रहेको र अप्ठ्यारो भए दूतावासले समन्वय गर्ने उनले बताए । ‘घटना भएको स्थलमा धेरै ठूलो हताहती भएको देखिन्छ । तर द्वन्द्व सीमित ठाउँमा भएको छ’ उनले भने, ‘त्यहाँ रहेकाहरु नेपाल आउन चाहन्छन् वा चाहाँदैनन्, त्यसअनुसार आवश्यक कदम चाल्छौँ ।’

मन्त्री साउदले त्यस क्षेत्रमा रहेका नेपालीहरूको अवस्था बुझ्न एवम उनीहरूको सुरक्षाको प्रत्याभूति गर्न परराष्ट्र मन्त्रालयले आफ्नो संयन्त्र एवम सम्पर्क परिचालन गरेको जानकारी दिए ।

परराष्ट्र मन्त्रालयले नेपाली दूतावासलाई नेपालीको उद्धार गर्न, त्यहाँको वस्तुस्थितिको जानकारी गराई सुरक्षित रूपमा रहन इजरायल सरकारले जारी गरेको सुरक्षा निर्देशन तथा नियम पालना गर्नका लागि नेपालीलाई जानकारी गराउन निर्देशन दिएको छ । नेपाली दूतावासले इजरायलमा रहेका नेपालीलाई आवश्यक जानकारी सम्प्रेषण गर्ने, इजरायल सरकारसँग समन्वय गरी आवश्यक उद्धार र घाइते नेपाली नागरिकको उपचारका लागि पहल गरेको मन्त्री साउदले बताए ।

मन्त्री साउदले इजरायलमा रहेका नेपालीको स्थिति पहिचान गर्न नेपालीलाई सुरक्षित तवरले रहने प्रवन्ध गर्न उद्धार तथा सहयोग गर्न आवश्यक समन्वय र सहजिकरणको काम भइरहेको बताए ।

Related posts:

चितवनमा युवकलाई कुट्ने प्रहरीमाथि छानबिन गर्न समिति गठन

काठमाण्डौबाट जनकपुर आउँदै गरेको माईक्रो दुर्घटना, १ का्े मृत्यु, १२ घाईते

बीमा रकम हत्याउन भारतीयसँग मिलेर श्रीमानको हत्या

घुर सल्किएर आगलागी हुँदा २ दर्जन जति खसीबीख्रा मरे

माघमा १८ बैंकको ब्याजदर स्थिर, दुईको हेरफेर

लक्ष्मिनिया गाउँपालिकामा एकल महिलाहरुका लागि एक विशेष परियोजना सञ्चालन

मन्त्रालयको स्पष्टीकरण पछि कुलमानले बुझाए कार्यसम्पादन विवरण

पूर्वपश्चिम राजमार्ग विस्तारका क्रममा भेटियो चार वटा सिलिन्डर बम

चीनमा भूकम्पबाट १२६ जनाको मृत्यु

आज बिहानको भूकम्पमा परी चीनमा ३२ जनाको मृत्यु, ३८ जना घाइते

मधेशको कृषि मन्त्रालयका तत्कालीन सचिवसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

पाँचदिन अघि बेपत्ता भएका इँटा व्यवसायीको शव गाडेको अवस्थामा फेला

सशस्त्र प्रहरीमा एक हजार भन्दा धेरै जनाका लागि भर्ना खुल्यो

विद्यार्थीले घरमा गरेको कामको मूल्याङ्न गरेर नम्बर दिने निर्णय

स्वास्थ्य चौकीबाट ३ सेट कम्युटर र प्रिन्टर चोरी

एमालेबाट निष्कासनमा परेका नेता भीम रावलले पार्टी घोषणा गर्ने

आज बिहान भएको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ६४ पुग्यो

कर्मचारी सचेत नहुँदा अधिकांश पालिकाका वेबसाइट ह्याक

एन प्याबसनको आग्रहमा संस्थागत बिद्यालयहरुले आज तुलसी पूजन दिवस मनाउँदै

गोली चल्दा २ पत्रकारसहित ३ जनाको मृत्यु

एन प्याबसन जनकपुरले भोली बिद्यालयहरुमा बिबिध कार्यक्रम गरी तुलसी पूजन मनाउने

ललितपुरमा एक किशोरको हत्या, ३ जना पक्राउ

नक्कली बुवा बनेर बहुविवाह गराएको आरोपमा एक जना पक्राउ

टिकटक बनाउने क्रममा लडेर शिक्षिका र विद्यार्थीको मृत्यु

सुदूरपश्चिमले जनकपुरलाई दियो १८५ रनको लक्ष्य

विद्युत प्राधिकरणमा खुल्यो १ हजार ८३ जनालाई रोजगारी

दुर्गामन्दिर परिसरमा अन्दाजी ६० वर्षीय पुरुषको शव फेला

डुंगा दुर्घटना हुँदा १३ जनाको मृत्यु

स्रोत नखुलेको ६८ लाख नगदसहित ४ जना पक्राउ

नेपालमा बैंक लुटपाटमा संलग्न भारतीय लुटेरा पक्राउ

सुदूरपश्चिम र जनकपुरले क्वालिफायर खेल्ने, कर्णाली र चितवनले एलिमिनेटर खेल्ने

विराटनगरले काठमान्डुलाई दियो ११८ रनको लक्ष्य

सुदूरपश्चिम द्धारा जनकपुर सामु १२४ रनको लक्ष्य प्रस्तुत

स्कारपियो दुर्घटना हुँदा ८ जनाको मृत्यु

झ्यालमा बाँधिएको अवस्थामा एक कर्मचारीको शव फेला

दलान नेपालद्धारा लक्ष्मीनिया गाउँपालिकामा १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान

अयोध्याबाट नेपाल आइपुगे ५०० जन्ती, आज धनुषयज्ञ (भिडियो सहित)

विवाहपञ्चमी महोत्सवको दोस्रो दिन आज फूलबारी लिला मनाइँदै (भिडियो सहित)

जनकपुरमा विवाहपञ्चमी महोत्सव सुरु, आज नगरदर्शन

विराटनगर किंग्सलाई ८ विकेटले हराउँदै जनकपुर बोल्ट्सको विजयी सुरुवात

कुशवाहाको हत्याका मुख्य आरोपी नेपाली सेनाका भगौडा

तिस दिनभित्र माग सम्बोधन हुने शर्तमा भोलीदेखि निजी बिद्यालयहरु खुल्ने

सुनको मूल्य करीब १६ हजारले घट्यो

पालिकाको आग्रहलाई बेवास्ता गर्दै संस्थागत बिद्यालयहरु बन्द राख्ने निर्णय, खोलाईदिन जनकपुरवासीसँग अपि...

बिद्यालय नखोले कारबाही गर्ने पालिकाको चेतावनी, बन्द यथाबत राख्ने संगठनको अडान कायमै

यात्रुबाहक बसमा आक्रमण हुँदा ४१ जनाको मृत्यु

आईपीओ निष्कासन नहुँदा ७७ कम्पनी पाइपलाइनमा (कम्पनीको नाम र शेयर संख्या सहित)

अधिकांश सिमेन्ट उद्योगहरू संकटमा, नेपालमा ६० सिमेन्ट उद्योग रहेकामा ४५ वटाले उत्पादन रोके

बिहिबार देखि धनुषाभरिका बिद्यालय बन्द गर्नेछौः एनप्याबसन

चेक बाउन्स मुद्दामा २ वर्ष कैद सजाय पाएका फरार गुन्डा नाइके लामा पक्राउ

भोली सोमबारदेखि सम्पुर्ण संस्थागत बिद्यालयहरु अनिश्चितकालका लागि बन्द गरिने

दक्ष युवा परियोजनाको डोनर्स भिजिट सफलतापूर्वक सम्पन्न

विश्वकै छैटौं प्रदूषित सहर काठमाडौं

मधेश प्रदेशका सम्पुर्ण निजी बिद्यालय संघर्षको बाटो रोज्न बाध्य हुने एनप्याबसनको चेतावनी

ट्यांकरको टायर पड्किएर एक जनाको मृत्यु, ५ घाइते

सम्पुर्ण संस्थागत बिद्यालयहरु अनिश्चितकालका लागि बन्द गर्ने निजी बिद्यालयका संघ संगठनको चेतावनी

सुनको मुल्य ओरालो लाग्दै

उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न

छात्रबृति पाएका बिद्यार्थीहरुबाट लिईएको शुल्क कुनै पनि हालतमा फिर्ता गर्दैनौः निजी बिद्यालय

काठमाण्डौ विमानस्थलबाट ५ किलो सुनसहित ३ जना पक्राउ

अमेरिकामा राष्ट्रपति छनौटका लागि आज मतदान हुँदै

काठमाडौंमा बिहानैदेखि वर्षा, हवाइ उडान पनि प्रभावित

अहिलेसम्म मन्त्रीहरुले सम्पत्ति विवरण सार्वजनिक गर्न बेवास्ता गर्दै

यस्तो छ भाईटिकाको शुभ साईत

साफ वुमन्स च्याम्पियनसिपमा भारतलाई ट्राइब्रेकरमा हराउँदै नेपाल फाइनलमा प्रवेश

धारिलो हतियार प्रहारबाट एक जनाको हत्या

१७ जिल्लाको सीडीओ हेरफेर (सूचीसहित)

रवि लामिछानेलाई अनुसन्धानका लागि ७ दिन म्याद थप

पोखरा पुगेर घुमघामको फोटो नहाल्न रास्वपाको कार्यकर्तालाई चेतावनी

मितेरी सहकारी प्रकरणमा प्रहरीले ईन्टरपोलको सहयोग लिने

Leave a Reply

Your email address will not be published. Required fields are marked *